16th May | 2021 | Sunday | 1:52:55 AM

बैतडीमा जिप दुर्घटनाः ४ जनाको मृत्यु, ६ जना गम्भीर

देवेन्द्र खड्का   POSTED ON : बैशाख २१, २०७८ (४:४० PM)

बैतडीमा जिप दुर्घटनाः ४ जनाको मृत्यु, ६ जना गम्भीर

महेन्द्रनगर । बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै ज्यान गएको छ ।

 जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ का  वडा सदस्य गोविन्द सिंह भण्डारीको शव पोष्टमार्टमका लागि सदरमुकाम गोठलापानी लैजाँदै गरेको से १ ज १८३ नम्बरको बोलेरो जिप पञ्चेश्वर गाउँपालिका–६ स्थित गणमेश्वर मन्दिर नजिकै दुर्घटना हुँदा ४ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परि पञ्चेश्वर गाउँपालिका–६ का अन्दाजी ५० वर्षिय जित भण्डारी, ३० वर्षिय डम्मर सिंह भण्डारी,२७ वर्षिय हिक्मत भण्डारी र ४० वर्षिय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले बताउनु भयो । 

 ‘वडा सदस्य गोविन्द भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजादै गरेको जिप दुर्घटना हुँदा उक्त जिपमा सवार १० जना मध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।’ प्रहरी निरीक्षक खड्काले भन्नुभयो, ‘बाकीँ ६ जना गम्भीर घाइते भएका छन् ।’ उहाँका अनुसार गाडी ब्याक गरेर मोड्ने बेला दुर्घटना भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रवक्ता खड्काले जानकारी दिए । वडा सदस्य भण्डारीको सोमबार चट्याङ लागेर मृत्यु भएको थियो । 

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनु भयो । 


Views: 73