16th May | 2021 | Sunday | 2:48:34 AM

राष्ट्रपतिद्वारा संवैधानिक परिषद सम्बन्धीसहित ७ अध्यादेश जारी

हिमालय टाइम्स   POSTED ON : बैशाख २१, २०७८ (४:५१ PM)

राष्ट्रपतिद्वारा संवैधानिक परिषद सम्बन्धीसहित ७ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद  सम्बन्धीसहित ७ वटा अध्यादेश जारी गर्नुभएको छ ।

मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गर्नुभएको हो ।

रसंवैधानिक परिषद् अध्यादेश जारी भएको यो दोस्रो पटक हो । नेकपा रहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा त्यस सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि विवाद बढेको थियो ।

सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।

मंगलबार जारी अन्य अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



Views: 107