21st June | 2021 | Monday | 1:27:07 PM

लुम्बिनी : राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता जेठ ४ मा

हिमालय टाइम्स   POSTED ON : बैशाख २८, २०७८ (५:३९ PM)

लुम्बिनी : राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता जेठ ४ मा

काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको  आगामी जेठ १७ गते  हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ ।  कार्यक्रमानुसार जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावीविरोधको उजूरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजूरीमाथि छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयनपत्र र उजूरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम  छ ।


Views: 38