15th June | 2021 | Tuesday | 8:41:14 AM

जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द

हिमालय टाइम्स   POSTED ON : बैशाख २८, २०७८ (६:५८ PM)

जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । सरकारले थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने जनाएको हो ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छन् । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

सो प्रतिवन्ध लम्ब्याएर सरकारले १७ जेठमा पु¥याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।


Views: 82