15th June | 2021 | Tuesday | 9:07:38 AM

धादिङमा सक्रिय संक्रमितको संख्या ७ सय ८० पुग्यो

बाबुराम श्रेष्ठ   POSTED ON : बैशाख २८, २०७८ (७:४५ PM)

धादिङमा सक्रिय संक्रमितको संख्या ७ सय ८० पुग्यो

धादिङ ।  धादिङमा सक्रिय केशको संख्या ७ सय ८० पुगेको छ । संक्रमित मध्ये ५ सय ५७ जना जिल्ला भित्र र २ सय २३ जना जिल्ला बाहिरका गरि कुल सक्रिय केशको संख्या ७  सय  ८० रहेको स्वास्थ्य  कार्यालय धादिङका सिआइसिटिका सहर्जकर्ता उन्नती  महर्जनले जानकारी  दिनु भयो । यस्तै धादिङमा मङ्गलबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  थप पुष्टि हुनेहरुमा  गजुरी गाउँपालिकाका ४ जना,  बेनिघाट रोराङ्ग गाउँपालिकाका २ जना, गङगाजमुना गाउँपालिकाका १ जना गरि जिल्ला  भित्रका ७ जना र जिल्ला  बहिरका  १४ जना रहेको  महर्जनले  जानकारी दिनु भयो । यस्तै कोरोनाका कारण  निको हुनेको संख्या  भने ७ रहेको छ । यस्तै  आज गङगाजमुना गाउँपालिकाका १०, थाक्रे गाउँपालिकाको ९ जना गरि कुल १९ जनाको स्वाब संकलन गरिएको छ ।


Views: 94