21st June | 2021 | Monday | 1:32:56 PM

कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु

डम्मर बुढा मगर   POSTED ON : बैशाख २८, २०७८ (८:५२ PM)

कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु

बागलुङ  । कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिकका एक पुरुष र ढोरपाटन नगरपालिकाकी एक महिला गरि दुई जनाको मृत्यु भएको हो ।

ढोरपाटन नगरपालिका वडा नम्बर ४ की ६६ वर्षीया महिलाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो भने बागलुङ नगरपालिकाका ७७ वर्षीया पुरुषको मंगलबार साँझ होम आईसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए ।

६६ वर्षीया महिलाको मंगलबार बिहान साढे दश बजे मृत्यु भएपनि उनको पिसिआर रिपोर्ट साँझ मात्रै आएको हो घिमिरेको भनाई छ । बागलुङका ७७ वर्षीय पुरुष २२ गते हर्नेआको अप्रेसन गरेर फर्किएका थिए । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । 

६६ वर्षीया महिलामा कोरोना सँग मिल्दाजुल्दा लक्षण र स्वासप्रस्वासमा समस्या आएपछि बुर्तिबाङबाट सोमबार धौलागिरी अस्पतालमा आएकी उनलाई अस्पतालले भर्ना गर्दागर्दै मृत्यु भएको  घिमिरेले जानकारी दिए । मृत्यु हुनुपूर्व परीक्षणका लागि स्वाव संकलन भएको थियो ।

बागलुङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिकाका ७७ वर्षीया पुरुषको उनको शव परिवारलेनै व्यवस्थापन गर्ने छ । योसँगै बागलुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

Views: 95