15th June | 2021 | Tuesday | 9:55:24 AM

वाङ्मय शताब्दी पुरुषलाई दीर्घायुको कामना

हिमालय टाइम्स   POSTED ON : बैशाख ३०, २०७८ (२:०९ PM)

वाङ्मय शताब्दी पुरुषलाई दीर्घायुको कामना

ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा  सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।  महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर  उहाँलाई शुभकामना अर्पण गर्नुभयो । 

 नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो जन्मदिन मनाइएको जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रमा सङ्कट परेका बेला साधारण तरिकाले अघि बढ्नु उपयुक्त हुनेछ ।” 

   बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा विसं १९७७ आजकै दिन जोशी ललितपुरमा जन्मिनुभएको थियो । जोशीलाई फोनमार्फत पनि शुभकामना आइरहेको छ । आजका दिनसम्म कुनै रोगले समातिनसकेकामा आफूलाई भाग्यमानी सम्झने गरेको उहाँले बताउनुभयो । जोशीले नेपाली भाषा, कला र  संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आउनुभएको छ । जीवनमा तीन पटक मदन पुरस्कार, विभूषण, पदकलगायत पुरस्कार पाइसक्नु भएका जोशीले केही समय पहिले आफ्नो मुहाराङ्कित रु १० को हुलाक टिकट प्रकाशन हुँदा ज्यादै सन्तोष लागेको बताउनुभयो ।


Views: 57