21st June | 2021 | Monday | 1:25:02 PM

सङ्कटका सारथि काँग्रेस अछामका युवा !

एकेन्द्र खत्री   POSTED ON : जेठ २८, २०७८ (२:२१ PM)

सङ्कटका सारथि काँग्रेस अछामका युवा !

अछाम । विश्वव्यापी कोरोना महामारीको दोस्रो लहरले यति बेला समग्र नेपालीहरूको दैनिकी, जीवनशैली खलबलिएको छ । कोरोनाको दोस्रो लहर पहिलो लहरभन्दा खतरनाक बनिरहँदा धेरैले ज्यानसमेत गुमाइरहेका छन् । 

बिरामीको बढ्दो चापले अस्पतालहरूसमेत आत्तिएका छन् । सरकारले शीघ्रता, बेग्रताका साथ महामारी नियन्त्रणको पहलकदमी लिइरहेको छैन । बरु यही सङ्कटको घडीमा सक्तासंर्घषको वितण्डा मच्चाइहरेको छ । यता अछाममा भने नेपाली काँग्रेस सङ्क्रमण नियन्त्रणमा सक्रिय बनेको छ । 

काँग्रेस अछाम यो विपत्तिमा कोरोना सङ्क्रमितको रेखदेख र सङ्क्रमण नियन्त्रणका लागि पहलकदमी लिइरहेको छ । काँग्रेस अछाम अहिले विभिन्न राहत, उद्धारका कार्यमा व्यस्त छ । महामारीको रूपमा फैलन सक्ने कोरोना भाइरस नियन्त्रणका लागि युद्ध स्तरमा काम गर्दै छन्, अछामका काँग्रेस युवाहरू । अछामका स्थानीय सरकार सँग पर्याप्त समय भएर पनि तयारी गरेनन् । सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापक रूपले बढाइ युद्ध स्तरमा काम गर्न काँग्रेस अछामका युवाले सरकारलाई अपिल गरिहरेका छन् । युवाहरू स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोनाविरुद्धको सङ्घर्षमा सफलता दिलाउन स्वास्थ्यकर्मी रहेर सहकार्य गर्छन् । अछाममा अक्सिजन अभावमा पनि काँग्रेस अछामले अक्सिजनको ब्याबस्था ग¥यो ।

  देश बाहिरबाट अप्ठ्यारोमा परेर घर फर्केका नागरिकलाई सुरक्षित रूपले क्वारेनटाइनमा राख्ने काम गरे । बन्दाबन्दीमा ज्यालादारी श्रमिकहरूमा राहत नपुग्दा जीवन कष्टकर बनेकोतर्फ ध्यानाकर्षण गराउँदै बेरोजगार र महामारीले समस्यामा परेका लाई रहाहात बिवतरण गर्ने काममा काँग्रेस अछामका युवा सक्रिय छन् । काँग्रेस अछामका युवाहरूले कोरोना सङ्क्रमित बिरामीहरूलाई खाना खुवाउने अभियान पनि उत्तिकै प्रभावकारी बन्यो । सङ्कटलाई कसरी पार लगाउने भन्ने बारेमा युवाहरू अग्रपंतिमा छन्  । सत्ता केन्द्रित राजनीति सरकार रमाइरहेका बेला कोरोना महामारी नियन्त्रणमा पनि ध्यान जान जरुरी छ । कोरोना महामारीलाई नियन्त्रण गर्न युवाको ठुलो जिम्मेवारी छ ।


Views: 37