लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि गृहको परिपत्र

  POSTED ON : श्रावण ७, २०७८ (११:०० AM)

लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि गृहको परिपत्र

काठमाडौं । लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि गृह मन्त्रालयले परिपत्र जारी गरेको छ । ७७ जिल्लाका सिडिओ कार्यालयलाई परिपत्र गरको हो ।  विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायका परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षार्थीको आवागमनलाई ध्यानमा राखेर सवारी सञ्चालनका लागि सहजीकरण गरिदिन परिपत्र जारी गरेको मन्त्रालयले बताएको छ र जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरी सहजीकरण गर्न निर्देशन दिइएको छ ।  

साउन ४ मा मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको हो ।

Views: 89

Top