अज्ञात समूहद्धारा सहकारी संस्थाको जिपमा आगजनी

सत्यराज सिंह   POSTED ON : श्रावण ११, २०७८ (२:५६ PM)

अज्ञात समूहद्धारा सहकारी संस्थाको जिपमा आगजनी

बझाङ । बझाङमा गएराति अज्ञात समूहले सहकारी संस्थाको जिपमा आगजनी गरेका छन् ।

 जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताउनुभयो । गाउँमै पार्किङ गरी राखेको म १ च ७८३  नम्बरको जीपमा गए राति आगजनी भएको छ । वडाध्यक्ष सिंहका अनुसार जीपको अगाडीको सिसा फूटाएर पार्किङ गरेको ठाँउबाट २० मिटर अगाडी ल्याएर आगजानी गरिएको छ । 

आईतवार राति करिब १२ बजे तिर जिपमा आगजनी भएको बझाङ प्रहरीले जनाएको छ ।  आगजनीबाट जिपको अगाडीको सिट र पछाडिको पूरै भाग जलेर क्षति भएको छ । जीपमा आगजानी कसले र किन गरेको हो भन्ने बारेमा खोज अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताउनुभयो ।


Top