आजको राशीफल

✍️ ज्योतिषाचार्य रोदना घिमिरे   POSTED ON : श्रावण १२, २०७८ (५:५७ AM)

आजको राशीफल

आज मिति २०७८ साल श्रावण १२ गते चौथी तिथि श्रावण कृष्ण पक्ष : सूर्योदय ५ः२५, सूर्यास्त १८ : ५४ मंगलचौथी व्रत ।


मेष : नयाँ नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ ।

वृष : पठनपाठनका काममा खासै रुचि नहुन सक्छ ।

मिथुन : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।

कर्कट : वस्त्र अलंकारका सामानहरू प्राप्त हुनसक्छ ।

सिंह : नाता, कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

कन्या : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

तुला : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।

वृश्चिक : नसोचेको ठाउँमा धन खर्च हुन सक्छ ।

धनु : आर्थिक संकटका कारण काम अपूरो हुन सक्छ ।

मकर : स्वास्थ्यमा समस्या उत्पन्न हुँदा मानसिक तनाव बढ्न सक्छ ।

कुम्भ : विशिष्ट व्यक्तित्वहरूसँग भेट्ने मौका मिल्न सक्छ ।

मीन : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ । 


Top