थप १,४७६ जनामा कोरोना संक्रमण, ९ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (५:०१ PM)

थप १,४७६ जनामा कोरोना संक्रमण, ९ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १,४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना संक्रमण देखिएकोे हो ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ७ लाख ५८ हजार ५०४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


Top