थप १,२८२ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन ११, २०७८ (४:४५ PM)

थप १,२८२ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १,२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ

 पछिल्लो २४ घण्टामा १ हजार २६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

योसँगै हालसम्म नेपालमा ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् ।


Top