मुगु बस दुर्घटना : बाँकेमा थप चारको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

शुभाकर विश्वकर्मा   POSTED ON : आश्विन २६, २०७८ (१०:१२ PM)

मुगु बस दुर्घटना : बाँकेमा थप चारको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

नेपालगन्ज । मुगु बस दुर्घटनामा परी घाइते भएर नेपालगन्ज ल्याइएका चार जनाको  मृत्यु भएको छ । यो सँगै उक्त दुर्घटनामा  मृत्यु हुनेको संख्या ३२ पुगेको छ । यसअघि २८ जनाको मृत्यु भइसकेको थियो ।  चार जना मध्ये एक जनाको मेडिकल कलेज कोहलपुर र तीन जनाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा मुगु छायाँनाथ रारा नगरपालिका– १ का १८ का चन्द्र प्रकाश भाम, वडा नम्बर– ७ का १२ वर्षीय आदित्यविक्रम शाही र वडा नम्बर ८ का २८ वर्षीय टोपबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चार शाखाले जनाएको छ । एक जनाको परिचय खुलेको छ । 

 नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपुरमा १० जना घाइतेको उपचार भइरहेको छ । 

 सोरु गाउँपालिका ८ लक्कीजंग शाही, छायानाथ रारा नगरपालिका ७ का सैलेन्द्र शाही, छायानाथ  रारा कै सम्झना रावल र  २३ वर्षीय सुगराज मल्ल रहेका छन् । एक जनाको परिचय अझै खुलेको छैन । यस्तै कोहलपुर ल्याइएका मध्ये मुगुको छायानाथ रारा नगरपालिका ११ की  रिता सावदको अवस्था गम्भीर छ । उनको ढाड र टाउकोमा गम्भीर चोट छ । 

 उहाँकी ११ वर्षीया छोरा सुस्मिता सावदको समेत उपचार भइरहेको छ । यस्तै दशविगाहामा  दुई बाउ छोराको समेत सँगै उपचार भइरहेको छ । दशै मनाउन घर गएका तीन परिवार मध्ये आमा कमला रावलको मृत्यु भइसकेको आफन्तले बताउनु भएको छ ।   अहिले कोहलपुरमा  ३१ वर्षीया प्रेम बहादुर रावल र ६ वर्षीय छोरा लक्की जंग रावल उपचार भइरहेको उहाँहरुको अवस्था सामान्य छ ।

Top