थप ३६५ जनामा कोरोना संक्रमण, चार संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन २७, २०७८ (५:२८ PM)

थप ३६५ जनामा कोरोना संक्रमण, चार संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोे हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३ हजार ८७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ 

सोही अवधिमा ६०९ जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेका छन् ।


Top