फोटोमा सुनसान काठमाडौं

हिमालय टाइम्स   POSTED ON : आश्विन २८, २०७८ (५:१३ PM)

 फोटोमा सुनसान काठमाडौं

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । 

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । काठमाडौंमा मानिसहरुको खचाखच हुने न्यूरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् । दशैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ । 


Top

इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं
सूचना बिभाग दर्ता न : ४६३/०७४-७५

निर्देशक

उज्ज्वल शर्मा

सम्पादक

सन्दीप पौड्याल