थप ४ सय ५५ जनामा कोरोना संक्रमण, ८ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन २८, २०७८ (५:२१ PM)

थप ४ सय ५५ जनामा कोरोना संक्रमण, ८ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएके छ ।

पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


Top