हत्या आरोपित श्रीमान पक्राउ

श्याम घिमिरे   POSTED ON : आश्विन २८, २०७८ (५:२७ PM)

हत्या आरोपित श्रीमान पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा आफ्नै श्रीमानले श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।  गुल्मी जिल्लाको ईस्मा गाउँपालिका वडानम्बर,२ हल्दीटारा घर भई हाल अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडानं. ८ मा घर भाडा गरी बस्ने ४३ वर्षिय लाल बहादुर कुमालले आफ्नै ३० वर्षिय श्रीमती सिता कुमाललाई बुधवार दिउँसो कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनुभएको छ । 

कुटपिटमा संलग्न कुमाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


Top