विजयादशमी टीकाको साइत बिहान १० बजेर २ मिनेटमा

  POSTED ON : आश्विन २९, २०७८ (८:४३ AM)

विजयादशमी टीकाको साइत बिहान १० बजेर २ मिनेटमा

काठमाडौं । वडादर्सैको मुख्य दिन आज विजयादशमी रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइने प्रचलन रहेको छ ।  

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ः१९ बजे रहेको जनाएको छ । टीका ग्रहण गर्न उत्तम साइत भने १० बजेर २ मिनेट उत्तम रहेको जनाएको छ छ । यद्यपी बिहान ८ः१९ बजे देवी विसर्जन गरेपछिको पूरै समय टीकाको लागि शुभ रहेका नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले शुक्रबार मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । 

 

Top