ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

  POSTED ON : आश्विन ३०, २०७८ (१२:०० PM)

ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

पर्सा । वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बाराको जितपुरसिमरा–२३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको हो । मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Top