थप ६७२ जनामा कोरोना संक्रमण, ८ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७८ (४:५२ PM)

थप ६७२ जनामा कोरोना संक्रमण, ८ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ८ जना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ । 

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् ।


Top