उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि सकियो छठ

हिमालय टाइम्स   POSTED ON : कार्तिक २५, २०७८ (८:२६ AM)

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि सकियो छठ

जनकपुरधाम । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएर पर्व सम्पन्न भएको हो ।

यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने मधेसवासीको महान चाड छठको उल्लास सकिएको छ ।

बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले आज बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् । योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको छ ।

विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पारिन्छ । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पात सहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखुलगायतका फुलफूल पनि सूर्य भगवान र छठी चढाइने गरिन्छ । 


Top