थप ३१७ जनामा कोरोना संक्रमण, ६ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : कार्तिक २५, २०७८ (४:५७ PM)

थप ३१७ जनामा कोरोना संक्रमण, ६ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ

पछिल्लो २४ घण्टामा थप २७९ जना निको भएका छन् । योसँगै नेपालमा ७ लाख ९७ हजार ५९ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेका छन् ।


Top