थप ४१६ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : कार्तिक २९, २०७८ (५:०७ PM)

थप ४१६ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोे हो ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २७० जना निको भएका छन् । योसँगै नेपालमा ७ लाख ९८ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेका छन् ।



Top