थप ३३२ जनामा कोरोना संक्रमण, चार संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर ८, २०७८ (५:३३ PM)

थप ३३२ जनामा कोरोना संक्रमण, चार संक्रमितको मृत्यु

काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ५९० पीसीआर र २ हजार ३३० जनाको एन्टीजेन परीक्षणका क्रममा ३३२ जनामा संक्रमण पुष्टि भएकोे हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार पुगेको छ। 

पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार १२२ पुगेको छ। 

कुल संक्रमितमध्ये ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्। 



Top