थप १५८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (५:०७ PM)

थप १५८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ ।

 पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३४२ जना निको भएका छन् । योसँगै नेपालमा ८ लाख २ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ जना रहेका छन् ।


Top