लागूऔषध ओसारपसारमा युवतीको प्रयोग बढ्दो

शुभाकर विश्वकर्मा   POSTED ON : मंसिर १३, २०७८ (५:२६ PM)

लागूऔषध ओसारपसारमा युवतीको प्रयोग बढ्दो

 नेपालगञ्ज । बाँकेमा प्रतिबन्धित लागूऔषध ओसारपोसारमा युवतीको प्रयोग बढ्दै गएको छ । गैरकानुनी व्यवसाय समेत लागूऔषध ओसारपोसारमा पुरुष भन्दा युवतीहरुको प्रयोग बढ्दै गएको हो ।  

बाँके लागूऔषध दुव्र्यसनी, ओसारपोसार र सेवनका दृष्टिले उच्च जोखिम क्षेत्र मानिन्छ ।  भारतसँग सीमा समेत जोडिएको बाँकेमा सीमा क्षेत्रबाट लागूऔषध भित्रिने गरेको छ । बाँकेभित्रै मात्र होइन यहाँबाट पहाडि जिल्लाहरुमा समेत ओसारपोसार हुने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

बाँके प्रहरीले जनाएअनुसार लागूऔषध ओसारपोसारको ट्रान्जिट भने नेपाल भारत सीमा नाका रुपैडिया रहेको छ । त्यहाँबाट दैनिकजसो विभिन्न भेषमा युवतीहरुले नेपाल भित्¥याउने गरेका छन् । सीमा क्षेत्रका प्रहरी नायब निरीक्षक (सइ) मिनबहादुर बिष्टले  १७ देखि २२ वर्ष उमेर समूहकी युवतीहरु लागूऔषध ओसारपसारमा बढी प्रयोग हुने गरेको  बताउनुभयो ।  उहाँका अनुसार माध्यमिक तह पूरा गरेका र अध्ययन गर्दै गरेका युवतीहरु यसको कूलतमा फस्दै गएका छन् । पछिल्लो समय नेपाल–भारत सीमाबाट चरेस ल्याउन युवती बढी प्रयोग हुने गरेको उहाँले जानकारी दिनु भएको हो ।  युवतीले पनि सहजै लागूऔषध नेपाल भिœयाउन सक्ने हुँदा पनि उनीहरु यस कार्यमा प्रयोग हुन थालेको प्रहरीको ठम्याइ छ ।  ‘पछिल्लो समय युवती बढी प्रयोग भएको पाइएको छ,’ बिष्टले भने, ‘पैसाको प्रलोभनमा युवतीहरु प्रयोग भइरहेका छन् ।’ पुरुषभन्दा महिलालाई सजिलो हुने हुँदा पनि लागूऔषध कारोबारीले उनीहरुलाई प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । कतिपय युवतीहरु सुरक्षाकर्मीको डरले उतै सेवन गरेर आउने गरेका छन् ।

थोरै पैसाको प्रलोभनमा बेरोजगार युवतीहरु नकारात्मक बाटोमा हिँडेको प्रहरीले जनाएको छ । ‘पुरुष सुरक्षाकर्मीले महिलालाई खोजतलास गर्न मिल्दैन,’ उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय महिलाहरु यस ओसारपसारमा प्रयोग हुन थालेपछि महिला सुरक्षाकर्मीहरु पनि बढाएका छौं ।’ अहिले नेपाल–भारत सीमा क्षेत्र चारजना महिला सुरक्षाकर्मी थपिएका छन् । महिला सुरक्षाकर्मी सीमा क्षेत्रमा खटिएपछि महिलाहरुलाई खोजतलास गर्न सजिलो भएको प्रहरीले जनाएको छ । नेपाल–भारत खुला सीमा कारण बाँकेमा लागूऔषधको कारोबार बढ्दो छ । सीमामा सुरक्षाकर्मीहरु परिचालन भए पनि चोरबाटोबाट लागूऔषध कारोबारीले लागूऔषध भिœयाउने गरेका छन् ।

बर्सेनि लागू पदार्थ दुव्यर्सनमा संलग्न हुने व्यक्तिहरुको संख्या बढ्दा पनि सरकारको आँखा विशेषरूपले त्यस क्षेत्रमा पर्न नसकेको लागु पदार्थ दुव्र्यसनको क्षेत्रमा काम गर्नेहरु बताउँछन् । यस्तै विद्यालय स्तरमा किशोरकिशोरीहरु समेत लागूऔषध दुव्यर्सनमा फसेका छन् । 






Top