तारा नमस्ते फाउन्डेसनद्वारा गोरखाका विद्यालयमा स्टेसनरी तथा आर्थिक सहयोग

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (११:४५ AM)

तारा नमस्ते फाउन्डेसनद्वारा गोरखाका विद्यालयमा स्टेसनरी तथा आर्थिक सहयोग

गोरखा । तारा नमस्ते फाउन्डेसनले गोरखाका विद्यालयमा स्टेसनरी तथा आर्थिक सहयोग गरेको छ । गोरखा घ्यालथोकमा रहेको गण्डकी गाउपालिका-७ को प्रजाज्योति आधारभूत विद्यालयका ७८ जना विद्यार्थीलाई एकसय दर्जन कापी, एकसय पाकेट शिशाकलम, एकसय थान विद्यार्थी पोसाक, ८० वटा स्कुल झोला र विद्यार्थीको खाजाको लागि एक लाख २९ हजार ४८० रुपैयाँ सहयोग गरेको हो । साथै फाउन्डेसनले वडा न.८ को पातलदेवी आधारभूत विद्यालयमा रहेका ५५ जना विद्यार्थीलाई पनि विद्यार्थी पोसाक र झोला सहयोग गरेको छ । 

फाउन्डेसनले करिब पाँच लाख बराबर सहयोग गरेको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक अध्यक्ष मंगलमान महर्जन, उपाध्यक्ष उज्ज्वलराज गौतम, सचिव अशेष खनाल, कार्य समिति सदस्य ईश्वर श्रेष्ठ, अबिनाश शर्मालगायतले फाउन्डेसनको सहयोगले विद्यार्थीलाई धेरै राहत पुगेको बताउनुभयो । 

प्रजाज्योति आधारभूत विद्यालयमा सम्पूर्ण विद्यार्थीहरू चेपाङबासी रहेको र धेरेजसो विद्यार्थीहरू घरमा खाना नखाई विद्यालय आउने र विद्यालयमा खाजा दिने भएमा विद्यार्थीहरू समयमा नै विद्यालय आउने विद्यालय प्राध्यापक निर्मला अर्यालले बताउनुभयो ।


Top