थप २५५ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (५:३० PM)

थप २५५ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना संक्रमण देखिएकोे हो ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ८६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।

सोही अवद्यिमा २५६ जना संक्रमणमुक्त भएका छन् । योसंगै नेपालमा हालसम्म ८ लाख २ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ जना रहेका छन् ।


Top