कार्ययोजना यथाशीघ्र कार्यान्यवनमा लैजान विकास समितिको निर्देशन

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (४:२९ PM)

कार्ययोजना यथाशीघ्र कार्यान्यवनमा लैजान विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा स्थान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ । 

शुक्रवार सिंहदरवारमा बसेको समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठाउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको हो । बैठकपछि समितिकी सभापति कल्याणीकुमारी खड्काले खानेपानी मन्त्रालयका जिम्मेवार निकायहरुबाट काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा बिस्तारका लागि भइरहेका कार्यहरु अन्य निकायहरुबाट आवश्यक समन्वय नभइ क्षति पु¥याउने कार्य भइरहेकोले तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पु¥याइएको क्षतीको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिनुभयो । उहाँले यस्तो समस्या दोहोरिन नदिनका लागि विधेयक संसदमा पेश गर्न पनि सरकारलाई निर्देशन दिनुभयो । समितिले नेपालमा खानेपानीको मुहान सुक्दै गइरहेको अध्ययनले देखाएकोले मुहान संरक्षणको कार्ययोजना बनाइ कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ ।

सभापति खड्काले भन्नुभयो, ‘नवनियुक्त नेपाल सरकारका खानेपानी मन्त्री मान्य उमाकान्त चौधरीलाई समितिमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरियो । हालै मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठान्तरण गर्नेगरी बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिन्छ । नेपाल सरकार खानेपानी मन्त्रालयका जिम्मेवार निकायहरुबाट काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा बिस्तारका लागि भइरहेका कार्यहरु अन्य निकायहरुबाट आवश्यक समन्वय नभइ क्षति पु¥याउने कार्य भइरहेकोले यसरी तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पु¥याइएको कामको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन र यस्तो समस्या दोहोरिन नदिनका लागि यूटिलिटी करिडोर विधेयकको मस्यौदा ८१ संसदमा पेश गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलाई निर्देशन गर्दछ । नेपालमा गरिएका विभिन्न अध्ययनहरुले केही दशक यता पानीका मुहानहरु सुक्दै गइरहेको देखिएको छ ।’ 

उहाँले भन्नुभयो–यसरी पानीका मुहानहरु सुक्दै जाँदा पानी उपभोगमा प्रत्यक्ष रुपमा नकारात्मक असर पुग्ने मात्र नभइ जैविक विविधता र पर्यावरणमा समेत नकारात्मक असर पुग्ने हुँदा अहिले भइरहेको र भविष्यमा झनै बढ्ने तापमान वृद्धि र वर्षातको फेरबदलले प्रत्यक्ष असर पार्ने पानीको मुहान सुक्नुको कारण रहस्य पत्ता लगाइ अहिलेदेखि नै मुहान संरक्षणको कार्ययोजना बनाइ कार्यान्वयनमा लैजान समिति नेपाल सरकार खानेपानी मन्त्रालयलाई निर्देशन गर्दछ । हालैको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेको अवस्थामा काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएकोले त्यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन समिति नेपाल सरकार खानेपानी मन्त्रालयलाई निर्देशन दिन्छ ।’

सभापति खड्काले बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेकोले काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएको भन्दै त्यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन खानेपानी मन्त्रालयलाई निर्देशन दिनुभयो ।


Top