एकैदिन ५,०८७ जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (४:५२ PM)

एकैदिन ५,०८७ जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

काठमाडौं । देशभर एकैदिन पाँच हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा तीन संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको छ ।

आज ३०६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल  १८ हजार २३ सक्रिय संक्रमित छन् ।


Top