थप ४,६३६ जनामा कोरोना संक्रमण, चार संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : माघ १, २०७८ (४:३८ PM)

थप ४,६३६ जनामा कोरोना संक्रमण, चार संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो ।
पछिल्लो २४ घण्टामा चार संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधीमा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।


Top