काठमाडौं उपत्यकामा थप २ हजार २ सय १९ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : माघ १, २०७८ (६:३७ PM)

काठमाडौं उपत्यकामा थप २ हजार २ सय १९ जनामा कोरोना संक्रमण

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

जसअनुसार काठमाडौंमा १५९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

 पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा चार जनाको मृत्यु भएको छ ।


Top