13th April | 2021 | Tuesday | 7:05:22 PM

एकपटक हेरेर नपुग्ने फिल्म ‘धूम २’

  POSTED ON : भदौ ७, २०७४ (१०:२४ AM)

एकपटक हेरेर नपुग्ने फिल्म ‘धूम २’

जयकिशन बस्नेत/कलाकार तथा निर्माता
काठमाडौं । आजभन्दा आठ वर्षअघि प्रदर्शनमा आएको चलचित्र हो ‘धूम’ । यो चलचित्रले नेपाली चलचित्रक्षेत्रमा राम्रो रेकर्ड राख्न सफल भयो । जय किशन बस्नेतले निर्माण गरेको यो चलचित्रमा त्यो बेलाका स्टार रमित ढुंगाना, विराज भट्ट तथा जय किशनको अभिनय रहेको थियो त्यसकारणले पनि दर्शकले धेरै रुचाएको चलचित्र बनेको थियो ।
त्यसै चलचित्रको नामको सिक्वेलको रूपमा आउँदो साताबाट ‘धूम २’ चलचित्र प्रदर्शनमा आउँदैछ । जय किशनले नै निर्माण गरेको ‘धूम २’ सिक्वेल चलचित्र भने होइन । जयकिशनका अनुसार नामको ब्राण्डलाई मात्र सापटी लिएका हुन् । चलचित्र पूर्णरूपमा मनोरञ्जनात्मक छ । चलचित्रमा जय किशन र नवनायिका सृजना भट्टराईको मुख्य भूमिका छ । यसैबीच निर्माता तथा कलाकार जय किशन बस्नेतले हिमालय टाइम्ससँग आफ्नो चलचित्र र आफूबीच भएका केही कुरा शेयर गरेका छन् ।


मनोरञ्जनको ग्यारेन्टी के छ ?


मैले ‘धूम २’ मा मनोरञ्जनको १ सय प्रतिशत ग्यारेन्टी भनेको छु । यो स्लोगन त्यतिकै राखेको भने होइन । दर्शकले जय किशनले बनाएको फिल्म भनिसकेपछि मनोरञ्जन हुन्छ भन्ने बुझ्नु हुन्छ । त्यसैले त्यो ब्राण्डलाई मैले ‘मेन्टेन’ गर्नुपर्छ । फेरि दर्शक चलचित्र हलसम्म पुगेपछि सकेसम्म धेरै मनोरञ्जन चाहानुहुन्छ त्यसैले मैले त्यो कुरालाई मध्यनजर गरेको हुँ । दर्शकले खर्च गरेको टिकटको पैसा खेरजान दिनेछैन त्यो कुरामा ढुक्क छु । फेरि मनोरञ्जन भनेर ‘स्याड’ सिन नभएको भनेको चाहिँ होइन । चलचित्रमा यस्तो सिन पनि आउनेछ, जुन कुराले दर्शकको आँखामा आँशु झर्न सक्छ ।


‘धूम’ को सिक्वेल होइन ‘धूम २’ ?


यो चलचित्र मैले आजभन्दा ८ वर्षअघि निर्माण गरेको चलचित्र ‘धूम’ को सिक्वेल भने होइन । मैले त्यो नामको ब्राण्डलाई मात्र प्रयोग गरेको हुँ । धूमसँग कुनै पनि कथा मिल्दैन । यसमा पूर्णतया फरक कथा छ । समानता भनेको एउटै कुरा छ त्यो हो मनोरञ्जन, किनकी त्यो पहिलाको चलचित्रमा पूर्णतया मनोरञ्जन थियो र अहिलेको ‘धूम २’ मा पनि पूर्ण मनोरञ्जन छ ।


भल्गर सिन राखेको छैन ?


मैले बनाएका चलचित्र त्यस्तो भल्गर हुँदैन । दर्शकलाई जानकारी नै छ मैले महिलालाई अप्ठ्यारो बनाउने सिन कल्यिै हालेको छैन । धूम चलचित्रमा दुई नायिका हुनुहुन्थ्यो रेजिना उप्रेती र सञ्चिता गुरुङ, त्यो बेला स्विमिङ गर्ने सिन थियो तर मैले ‘स्विमिङ कस्टुम’ लगाउन दिइन । मलाई लाग्दैन कि चलचित्रमा भल्गर हुँदमा दर्शकले मन पराउनुहुन्छ । अहिलेको कुरा गर्दा दर्शकले पूर्णतया मनोरञ्जन पाउनुहुनेछ । सपरिवार बसेर हेर्न मिल्ने चलचित्र छ । फिल्म चल्छ भन्दैमा जस्तो पायो त्यस्तो सिन राखेर हुँदैन । घरमा बसेर साथै सबैसँग बसेर हेर्न मिल्ने फिल्म हुनुपर्छ त्यसैले मैले कहिल्यै त्यस्ता नराम्रो कुरामा ध्यान दिइन् ।


आवारा र भट्टीको मायाप्रेमका विषयमा भनिदिनु न ।


यो चलचित्रको कुरा गर्दा मेरो भूमिका भनेको एक आवारा केटा बनेको छु । नायिका सिर्जना बस्नेत एक भट्टीवाली बन्नुभएको छ । उहाँ र मेरो चलचित्रमा मायाप्रेम बस्छ र पछि त्यही कुराले अलिक फरक मोड लिन्छ । चलचित्रमा हामी दुईजनाबाहेक चार वर्ष र भर्खर जन्मेको बालबालिका हुनुहुन्छ उहाँहरूको भूमिका झन् विशेष छ । चलचित्रमा बच्चाहरूले बढी हसाउँछन् । त्यसैले ‘धूम २’ एकपटक हेरेर नपुग्ने चलचित्र हो भन्न चाहान्छु ।


फिल्मले कत्ति कमाउने आशा राख्नु भएको छ ?


नेपाली फिल्म बनाएर धेरै फाइदा हुन्छ भन्ने हुँदैन । फेरि हामीले फाइदाका लागि फिल्म बनाउने होइन । मेरो नजरमा यो एक नशा हो त्यसैले एकपछि अर्को फिल्म निर्माण गरिरहेको हुन्छु । यही फिल्ममा लगानी गर्नुभन्दा अन्य कुनै व्यावसायमा लगानी गर्ने हो भने यताभन्दा दोब्बर आम्दानी आउँछ होला तर नशा रहेछ छोड्दै सकिँदैन ।
अर्को कुरा मलाई कम बजेटमा फिल्म बनाएर धेरै बनाउँछ भन्ने जुन आरोप छ त्यसलाई खण्डन गर्छु । मैले धेरैअघि बनाएको ‘राजु राजा राम’ कै कुरा गर्नुस् शिव श्रेष्ठ, भुवन केसी र राजेश हमाललाई लिएर पहिलोपटक बनाएको फिल्म हो । जसमा नायिकाहरू जल शाह, झरना थापा, रेजिना उप्रेती हुनुहुन्छ । आफंै दोहोरो भूमिका थिए । त्यो बेलामा ९० लाख लगानी लागेको थियो त्यो फिल्म बनाउँदा । त्यसपछि ‘बारुद’ फिल्म बनाए निखिल उप्रेती, राजेन्द्र खड्गी, रमित ढुंगानालगायत कलाकार थिए । एउटै फिल्ममा ६ जना नायकसम्म राखेको छु । कलाकारलाई पैसा बढी गइरहेको हुन्छ । मैले ढुक्कसँग भन्न सक्छु फिल्महरूमा एकमात्र कम बजेटमा बनेको फिल्म छ त्यो हो ‘दुई दुना पाँच’ । यो फिल्ममा नजिकका साथीभाइलाई राखेर बनाएको थिएँ । आम्दानी भने राम्रो गरेको थियो ।


सेन्सर बोर्डका सदस्य किन रुनुभयो ?


मैले ‘धूम २’ लाई सेन्सर गर्ने क्रममा सेन्सर बोर्डका सदस्यहरू रुनुभयो । दैनिकजसो फिल्म हेर्ने उहाँहरूलाई त चलचित्रले छोयो भने दर्शकलाई नछुने त कुरै भएन । उहाँहरू हाँस्ने सिनमा पनि निकै हाँस्नु भएको थियो । सबैकुरा मन पराउनुभएको थियो । चलचित्रमा आठवटा द्वन्द्वको दृश्य छ । एनबि महर्जनले एक्शनमा निकै मिहिनेत गर्नुभएको छ । गीतसंगीतको पाटोमा टंक बुढाथोकी हुनुहुन्छ । सबैकुरा मिलेको भएर मनोरञ्जनको १ सय प्रतिशत ग्यारेन्टी दिएको हुँ ।


सम्वाद भल्गर होइन र ?


मैले चलचित्रमा राख्ने केही सम्वाद बोल्दा अर्कै सुनिने गरिन्छ त्यो मान्छु तर त्यो कुरालाई भल्गर भन्न मिल्दैन । ‘चिनी चियापत्ति’ भन्ने शब्द कसरी भल्गर भयो ? यसलाई सिधा तरिकाले बुझ्दिनु प¥यो ? फेरि मैले मनोरञ्जन सम्वाद राखेको हुन्छु नकारात्मक हिसाबले होइन । अहिले यस्ता सम्वाद राखेको छैन ।

प्रस्तुतीः गोपिकृष्ण चापागाईं


Views: 590