17th April | 2021 | Saturday | 11:51:01 PM

हस्तकला व्यवसायमा युवा आकर्षण बढ्दैछ

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७६ (११:३४ AM)

हस्तकला व्यवसायमा युवा आकर्षण बढ्दैछ

निर्यात व्यापारमा हस्तकला व्यवसायको महवपूर्ण योगदान रहेको छ । व्यापारघाटा न्यूनीकरणका साथै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको विकास, नेपाली मौलिक कला संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा पु-याई पर्यटन प्रवद्र्धनमा नेपाली हस्तकलाले महवपूर्ण भूमिका खेल्दै आएको छ । तर, पछिल्लो समय नेपाली हस्तकलाको निर्यातले अपेक्षाअनुसार गति लिन सकेको छैन । कालीगढ, प्रविधि र पुँजी अभावलगायतका कारण माग अनुसारको उत्पादन हुन नसकेकै कारण अपेक्षाअनुसार निर्यात बढ्न नसकेको नेपाल हस्तकला महासंघले जनाएको छ । त्यतिमात्र नभई मूल्य र गुणस्तरमा अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धा अर्को चुनौतीका रूपमा रहेको छ । 

विविध समस्या र चुनौतीका बाबजुद पनि वार्षिकरूपमा करिब २० अर्ब रुपैयाँबराबरको हस्तकलाको कारोबार हुँदै आएको छ । जसको आधा हिस्ता आन्तरिक बजारमै खपत हुने गरेको छ । प्रस्तुत छ, यिनै विविध विषयमा नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गरेको कुराकानी :

हस्तकला व्यवसायको वर्तमान अवस्था कस्तो छ ?

पछिल्लो समय परम्परागत हस्तकलाको तुलनामा आधुनिक हस्तकला सामग्रीको माग र कारोबार बढ्दो क्रममा छ । पश्मिना, हातेकागज, फेल्टलगायत सामग्रीको कारोबार बढेको छ । अन्यको तुलनमा फेल्टजन्य सामग्रीको माग बढेको देखिएको छ । परम्परागत विधातर्फ मूर्तिहरू धेरैजसो चीनतर्फ निर्यात हुने क्रम जारी नै छ । चाँदीजन्य सामग्रीको पनि अहिले माग बढेको छ ।

हस्तकला निर्यात अपेक्षाअनुसार बढ्न नसक्नुको कारण के होला ?

निर्यात बढेको चाहिँ देखिँदैन तर माग भने धेरै छ । हामीले मागअनुसारको मूर्ति दिन नसकेपछि नेपालबाट कालीगढ लगेर आफ्नै देशमा मूर्ति बनाउने क्रम देखिएको छ । माग बढी भएकाले मेसिनबाट मूर्ति बनाउने पनि गरेका छन् । कालीगढ व्यवसायी एकताबद्ध भएर काम गर्न सकेमा बढीभन्दा बढी उत्पादन गर्न सकिन्छ । कामको चाप पनि छ, बजार पनि छ । अहिले अधिकांश युवा जनशक्ति वैदेशिक रोजगारमा गएकाले समस्या भएको हो । अर्को कुरा, हस्तकलाको कच्चा पदार्थ मेटल तथा सुनचाँदीको बजार भाउमा एकरूपता छैन, घटबढ भइरहेको हुन्छ, जसका कारण उत्पादित सामानमा सन्तुलित मूल्य कायम गर्नु चुनौतीपूर्ण रहेको छ ।

अहिले हस्तकलाको सबैभन्दा बढी माग चिनियाँ बजार हो ?

मूर्तिको माग चाहिँ चीनमा बढी हो तर अन्य वस्तु यूरोप, अमेरिकातिर बढी छ । फेल्टजन्य सामग्रीको माग यूरोप, अमेरिकातिर बढ्दो क्रममा छ ।

विगत केही वर्षयता हाते कागजको निर्यात खस्कियो ?

विगतमा हाते कागजको प्रवद्र्धनमा धेरै एनजीओ, आइएनजीओहरू लागेका थिए । जर्मन प्राजेक्टले पनि काम गरेको थियो । तर अहिले एनजीओहरूले पनि काम गर्न छाडे । मुख्य कुरा त हाते कागजको गुणस्तर कायम गर्न नसक्नु सबैभन्दा कमजोरी रहृयो । निर्यातका लागि हाते कगजको गुणस्तरमा एकरूपमा हुनुपर्छ, कुनै बाक्लो, कुनै पातलो हुनुहुँदैन । 

हस्तकला प्रवद्र्धनका लागि महासंघले के गरिरहेको छ ?

विगतमा हस्तकला काठमाडौंमामात्रै सीमित थियो तर अहिले सातवटै प्रदेशमा विस्तार भएको छ । महासंघले विभिन्न जिल्ला संघमार्फत तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले स्थानीयस्तरमा हस्तकला व्यवसायको प्रवद्र्धन सहयोग पुगेको छ । सातवटै प्रदेशमा काठमाडौंकै जस्तो हस्तकला उत्पादन र बजारीकरण गर्न सकेमा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने देखिन्छ । किनभने नेपाललाई चिनाउन काठमाडौं उपत्याकालाई मात्रै देखाएर पुग्दैन । 

त्यसैले काठमाडौंको हस्तकला उपत्याकाबाहिर लैजानुपर्छ र उपत्याबाहिरको हस्तकलालाई पनि काठमाडौंमा ल्याउनुपर्छ । हस्तकला मेलामार्फत उपत्याबाहिरको हस्तकला प्रवद्र्धन गर्ने काम भइरहेको छ ।

अन्तर्राष्ट्रियस्तरमा हुने व्यापारमेला कतिको उपलब्धिपूर्ण छ ?

विभिन्न मुलुकमा हुने हस्तकला व्यापारमा नेपालका सहभागिताले नेपाली हस्तकला प्रवद्र्धन धेरै सहयोग पुगेको छ । तर सम्बन्धित मुलुकमा कस्तो हस्तकलाको माग छ, सोहीअनुसारको हस्तकलाको स्टल राख्नुपर्ने हुन्छ । कुनै मुलुकमा देवी देउता भन्ने नै थाहा हुँदैन, त्यस्तो देवी देउता, बुद्धको मूर्ति देखाउनुको कुनै अर्थ रहँदैन । चाइना भन्दै बुद्ध मूर्ति नै बिक्री हुन्छ भन्ने हुँदैन । चाइनाको सबै ठाउँमा बुद्ध धर्म नै मान्छन् भने हुँदैन, धर्मै नमान्नेहरू पनि हुन्छन् ।

हिन्दू, बुद्धको मात्रै नभएर अन्य धर्म संस्कृतिका मूर्ति बनाउन सकिँदैन र ? 

देशअनुसारको उत्पादनको बजारीकरणको अवस्था कस्तो छ ?

बनाउन सकिन्छ, बनिरहेको छ । नेपालमा बनेको छ भने सम्बन्धित मुलुकले यतैका कालीगढ लगेर उत्तै बनाइरहेको अवस्था पनि छ ।

हस्तकलाको उत्पादन र निर्यात बढाउन सरकारले के गर्नुपर्छ ?

प्रविधि र पुँजी परिचालनमै जोड दिनुपर्छ । अहिले बैंक तथा वित्तीय संस्थाहरूले उद्यमभन्दा पनि व्यापारमा सुलभ कर्जा दिने गरेका छन् । गाडी किन्न सस्तो कर्जा पाइन्छ तर उद्योग सञ्चालन गर्न चर्को व्याजदर छ । त्यसो महिला उद्यमीलाई सहुलियत कर्जाको व्यवस्था छ, महिला उद्यमीमात्र नभई सरकारले सबै उद्यमीका लागि सहुलियत कर्जाको व्यवस्था गर्न सकेमा उत्पादन र निर्यातसमेत बढाउन सकिन्छ । 

हस्तकलाको अपेक्षाअनुसार व्यवसायीकरण हुन सकेको छैन नि ?

मलाई त्यस्तो लाग्दैन, विगतमा यो परम्परागतरूपमा सञ्चालन हुँदै आएको थियो । हस्तकला व्यवसायीमा काम गरेर खाए हुन्छ, पढ्नु पर्दैन भन्ने सोच थियो तर अहिलेको युवा जमातमा त्यस्तो सोचाइ छैन, पढेलेखेका युवाहरू पनि हस्तकला व्यवसायमा लाग्ने क्रम बढेर गएको छ । उनीहरूले हस्तकलालाई व्यावसायीकरण गरेका छन् । 

मेसिनरी प्रयोग गरी बढीभन्दा बढी उत्पादन गर्न सकिन्छ नि ?

हस्तकला भनेपछि हातैबाट निर्मित हुनुपर्छ, हातैबाट बनेका सामान मात्रै अन्तर्राष्ट्रिय बजारमा माग बढी छ । मेसिनबाट बनेको हस्तकला र हातैले बनाएको हस्तकलाको मूल्य फरकफरक हुन्छ । अन्तर्राष्ट्रिय बजारमा हातबाट निर्मित हस्तकलाको मूल्य पाँच गुणा बढी हुन्छ । त्यसो त मास प्रोडक्सनका लागि नेपालमा मेसिनरीबाट पनि उत्पादन भइरहेको छ ।

आवश्यक जनशक्ति आपूर्ति अवस्था कस्तो छ ?

परम्परागत हस्तकलामा धेरैजसो यहीको जनशक्तिबाट काम भइरहेको छ । सुनचाँदीको गरगहनामार्फत भने केही बंगाली कालीगढले काम गरिरहेका छन् । यो क्षेत्रमा नेपाली युवालाई नै आकर्षित गर्ने प्रयास भइरहेको छ ।

हस्तकलामा पुस्तान्तरणको अवस्था कस्तो छ ?

पुस्तान्तरणको अवस्था चुनौतीपूर्ण नै छ । अधिकांश युवा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको छ । विदेश गएपछि स्वदेश फर्किएर यही काम गर्ने संभावना कम रहन्छ तर पनि भूकम्पपछि भने शिक्षित युवामा पनि हस्तकला व्यवसायप्रति आकर्षण देखिएका

छन् । युवाहरूलाई राम्रोसँग कुरा बुझाउन सकेमा उनीहरू स्वदेशमै बसेर काम गर्न तयार हुन सक्छन् भन्ने लाग्छ । मैले आफैं पनि विगत लामो समयदेखि युवाहरूलाई हस्तकलासम्बन्धी प्रशिक्षण प्रदान गर्दै आएको छु । 

महासंघले हरेक वर्ष हस्तकला व्यापारमेला गर्दै आएको छ, मेलाले हस्तकलाको प्रवद्र्धनमा सहयोग पुगेको छ ?

हस्तकला व्यापारमेलाले व्यवसाय प्रवद्र्धनमा धेरै सहयोग पुगेको छ, मेलामा प्रत्यक्ष कारोबार कम भए पनि अप्रत्यक्ष कारोबार राम्रो हुन्छ । मेलामा हस्तकलाको धेरै अर्डर आउने गरेको छ । विगत वर्षजस्तै यसवर्ष पनि हस्तकला मंसिर १२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हस्तकला व्यापारमेला हुँदैछ । मेला आठवटा प्याभिलियनसहित करिब २ सय स्टल रहनेछन् । मेलामा भारत, श्रीलंका, बंगलादेशलगायत करिब २० वटा स्टल रहनेछन् । 

मेलामा रहने प्याभिलियनमध्येबाट उत्कृष्ट एक प्याभिलियन र एक स्टललाई आकर्षक नगद पुरस्कारको व्यवस्था छ । मेलामा विदेशी आयातकर्ता चीन, भारत, जापान, अमेरिका, बेलायत र ताइवानलगायतबाट विदेशी आयातकर्ता आउने अपेक्षा गरिएको छ । मेलाकै अवसरमा हस्तकला प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजाररुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने व्यवस्था छ । परम्परागत विधातर्फ धातुका भाँडाकुँडा बनाउने कम्तीमा १५ जना कलाकार, कालीगढ सहभागी हुनेछन् भने समसामयिक विधातर्फ चित्रकलामा फरक क्षमता भएका १५ जना कलाकार, कालीगढको सहभागिता रहनेछ ।

अन्त्यमा, तपाइँ आफैंले सञ्चालन गर्नुभएको नेपाल परम्परागत हस्तकला प्रशिक्षण केन्द्रमा आकर्षण कस्तो छ ?

पछिल्लो समय युवा आकर्षण बढेको छ । काठमाडांैभन्दा पनि बाहिरको सहभागिता बढी छ । विदेशीहरू अध्ययन अनुसन्धानमा आउने गरेका छन् । पौवा, मूर्तिकला, धातुपत्रमा कुँध्नेलगायतका प्रशिक्षण दिइन्छ ।


Views: 782