17th April | 2021 | Saturday | 11:13:12 PM

अबको आवश्यकता गुणस्तरीय पर्यटन : सुरज वैद्य, संयोजक नेपाल भ्रमण वर्ष २०२०

लेखनाथ पोखरेल   POSTED ON : पुष १०, २०७६ (१०:२५ AM)

अबको आवश्यकता गुणस्तरीय पर्यटन : सुरज वैद्य, संयोजक नेपाल भ्रमण वर्ष २०२०

सुरज वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । अहिले उनी नेपाल भ्रमण वर्ष २०२० का संयोजक छन् । फरक क्षेत्रबाट संयोजक राखिएको भन्दै सुरुमा आलोचना भए पनि वैद्य नेपाल भ्रमण वर्ष सफल पार्न कम्मर कसेर लागेका छन् । भ्रमण वर्षको नेतृत्व गर्न पाउँदा रमाइलो महसुस भएको उनको भनाइ छ । उनले यसमा बढी जिम्मेवारीबोध पनि गरेका छन् । उनका अनुसार भ्रमण वर्ष सफल बनाउन कम समयमा बढी गर्नु प¥यो । गुणस्तरीय पर्यटन प्रवद्र्धनमा जोड दिएर नेपालको पर्यटनलाई नयाँ गति दिनुपर्ने वैद्यको मान्यता छ । प्रस्तुत छ, वैद्यसँग हिमालय टाइम्सका लेखनाथ पोरखरेलले गरेको कुराकानी : 

नेपाल भ्रमणको तयारी कस्तो छ ?

सबैभन्दा पहिले त नेपाल भ्रमण वर्ष उद्घाटनको तयारीमा हामी लागिरहेका छौँ । दिउँसो ३ः३० सुरु भई साँझ ७ बजे सम्पन्न गर्नेगरी आवश्यक तयारी भइरहेको छ । उद्घाटन कार्यक्रममा नेपालका सातवटै प्रदेशको कल्चरल हेरिटेजहरू देखाइनेछ । समय कम छ, गर्नुपर्ने धेरै छ तर पनि उद्घाटन कार्यक्रम सभ्य र भव्य बनाउने हाम्रो प्रयास छ ।

अन्य तयारी चाहिँ कस्तो छ ?

नेपाल भ्रमण वर्ष विशेष बनाउन हामीले १२ महिनामा १२ वटै लाइफ टाइम इक्स्पिरियन्सका कार्यक्रम तय गरेका छौँ । जनवरी १ मा नेपालमा भ्रमण वर्षको उद्घाटन हुनेछ । जनवरी ७ मा विदेशस्थित सबै नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटनको कार्यक्रम छ । दूतावासका हुने उद्घाटन कार्यक्रममा ती मुुलुकमा रहेका टुर अपरेटर र सम्भव भएसम्म मन्त्रीसमेत सहभागिताको प्रयास भइरहेको छ । धेरैजसो मुलुकमा क्रिसमस र नयाँ वर्ष मनाइने भएकाले ७ तारिकमा कार्यक्रम राखिएको हो ।

महाशिवरात्रीमा विशेष कार्यक्रम हुनेछ । कालीगण्डकीमा माउण्टेन वाइकिङ, कर्णालीमा लङ ¥याफ्टिङ हुन्छ । नेपालमा यसअघि कहिल्यै नभएको आइस स्कटिङ आयोजना हुँदैछ । त्यस्तै प्रदेश १ को सहकार्यमा समिटर्स समिटको आयोजना हुँदैछ । जलवायु परिवर्तनको बढ्दो जोखिमलाई ध्यानमा राखी दिगो पर्यटनका बारेमा समिटमा व्यापक छलफल हुनेछ । बाह्रै महिना पर्यटनसँग सम्बन्धित फरकफरक गतिविधि हुनेछन् ।

उद्घाटनमा विदेशी अधिकारीलाई पनि निम्ता गरिएको छ कि ?

आमन्त्रण गरेका छौं । सन् २०१९ मा जति पनि अन्तर्राष्ट्रिय व्यापारमेला भएका छन्, सबैमा भ्रमण वर्षको प्रचारप्रसार गरेका छौँ । विदेशस्थित नेपाली दूतावासमार्फत प्रचारप्रसारको काम भइरहेको छ । पहिलोपटक रोममा सबै देशमा राजदूतलाई आमन्त्रण गरी दुई दिनको कार्यक्रम ग¥यौँ । बैंककमा पनि एशियाका सबै राजदूतको सहभागितामा कार्यक्रम ग¥यौँ । मिडल इष्टका सबै राजदूतको सहभागितामा कार्यक्रम भएको छ । कमसेकम सम्बन्धित मुलुकका विशेष व्यक्तित्व, नेपाललाई माया गर्ने र नेपालको पर्यटनसँग जोडिएका व्यक्तिलाई नेपालको गुडबिल एम्बेस्डर पनि हामीले बनाएका छौँ । वहाँहरूले नेपालको प्रचारप्रचार गनए थाल्नुभएको छ । 

हालसम्म अष्ट्रेलियाका आठजनालाई बोलायौँ, भारतबाट पनि बोलाएका छौँ । टुर अपरेटरलाई बोलाएका छौँ । भारतबाट हालैमात्र हामीले भ्रमण वर्ष २०२० का लागि अवार्ड पाएका छौँ, हामीले भ्रमण वर्षको वेष्ट क्याम्पेन अवार्ड पाएका हौँ । प्रचारप्रसार सोसल मिडियाको महŒवपूर्ण भूमिका हुने रहेछ । 

हालै चीनका राष्ट्रपतिको भ्रमण भयो, भ्रमण वर्ष अवधिमा विशिष्ट पाहुना आउने योजना छ कि ?

छ । भ्रमण वर्षको उद्घाटनमा परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकका मन्त्रीहरूलाई निम्त्याएका छौँ । केही मन्त्रीहरूको कन्फर्मेसन आएको छ । बुद्ध जयन्तीमा सबै बुद्धिष्ट मुलुकका परराष्ट्रमन्त्री वा संस्कृति मन्त्रीलाई निम्त्याउँदै छौँ । शिवशक्तिको परिक्रममा भने भारतबाट निम्त्याउँदैछौँ । विवाह पञ्चमीका लागि मैले आफैँ भारतको यूपीमा गएर त्यहाँका चिफ मिनिस्टरलाई भेटेँ । अयोध्या र जनकपुरलाई जोडेर विशेष खालको कार्यक्रम गर्दैछौँ ।

पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको सहयोग र सहकार्य चाहिँ कस्तो छ ?

निजी क्षेत्रबाट उत्साहजनक सहयोग छ । टान, हान, नाटालगायत ठूला संस्थाहरूले सहकार्य गरेका छन् । यी संस्थासँग हामीले सहमति नै गरेका छौँ । टानले आफ्ना सेवाहरूमा पर्यटकलाई २० प्रतिशत छुट दिने भएको छ । त्यस्तै इन्स्योरेन्स एसोसिएसनमार्फत नेपालका पोर्टरलाई इन्स्योरेन्स सुविधा उपलब्ध गराउने सहमति भएको छ । नेपाली पोर्टरमात्र नभई विदेशी पर्यटकलाई पनि यस्तो सुविधा दिने बारेमा छफफल भइरहेको छ । 

त्यस्तै होटल एसोसिएसनले रूममा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने भएको छ । नाटाले पनि सहुलियत दिने भएको छ । वास्तवमा भ्रमण वर्षको नेतृत्व निजी क्षेत्रका यस्तै संस्थाबाट होस् भन्ने हाम्रो चाहना छ । भ्रमण वर्षका लागि बढीभन्दा बढी काम निजी क्षेत्रमार्फत भइरहेको छ ।

यसअघिका भ्रमण वर्ष र अहिलेकोमा के फरक छ ?

सन् २०११ पनि भ्रमण वर्षको आयोजना भएको थियो । त्यतिबेला टुगेदर फर टुरिजम् भन्ने नाराका साथ भ्रमण वर्ष मनाइएको थियो । त्यसबेला पर्यटन क्षेत्रको विकासका लागि सबै राजनीतिक दलको सहभागिता रहनुपर्छ भन्ने थियो । त्यसबेला मुलुकमा द्वन्द्वमा थियो, अन्यौल थियो । यसपटक हामीले फरकपन अपनाएका छौं । पर्यटकले नेपालमा आउँदा के सेवासुविधा चाहन्छन् भन्ने कुरा केन्द्रित छौँ । रवीन्द्र अधिकारी पर्यटन मन्त्री हुँदा हामीले एयरपोर्टको सुधार सुरु गरेका थियौँ, जुन द्रुत गतिमा अघि बढ्यो । त्रिभुवन विमानस्थल धेरै सुधार भइसकेको छ । तीनवटा पार्किङ वे थपिएको छ, पर्यटकको सहयोग सहजीकरणका लागि एयरपोर्टमा ३६ जना युवालाई परिचालन गर्दैछौँ । 

एक हजारजना ट्याक्सी ड्राइभरलाई तालिम दिएका छौँ । तीन महिनाका लागि ३ सयजना स्वयंसेवक परिचालन गर्दैछौँ । काठमाडौं, ललितपुर, भक्तपुर, बन्दीपुर, पोखरा र भरतपुरलगायतसँग पर्यटनका नयाँ प्रोडक्टका लागि कुराकानी भएको छ । वास्तवमा यो भ्रमण वर्ष भनेको एउटा इभेन्ट होइन, यो सन् २०२० मै सुरु गरेर २०२० मै सकिने होइन । अब सुरु भयो । 

भ्रमण वर्षकै अवसरमा हुने टुरिजम इन्भेष्टमेन्ट फोरमका बारेमा बताइदिनुस् न ?

टुरिजम इन्भेष्टमेन्ट फोरममा सातवटै प्रदेशका हुनसक्ने सम्भाव्य पर्यटन विकासका बारेमा छलफल हुनेछ । वल्र्ड बैंक र डिफिडसँग मिलेर हामीले काम सुरु गरेका छौँ । टुरिजम इन्भेष्टमेण्ट फोरम पर्यटन क्षेत्रको लगानीमात्रै केन्द्रित रहनेछ । जति पर्यटक नेपाल आउँछन्, एभरेष्ट, पोखरा, चितवन र काठमाडौंमा मात्रै सीमित रहने गरेका छन् । जबसम्म पर्यटकलाई सुदूरपश्चिम र पूर्वमा लैजान सक्दैनौँ, तबसम्म पर्यटन सबैको हुँदैन । 

क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल पूर्व र सुदूरपश्चिममा हुनुप¥यो । त्यसो भएमात्र पर्यटकलाई नेपालका सबै पर्यटकीयस्थल पुग्न सहज हुनेछ । हामी लुम्बिनीका लागि सातदिनको विशेष कार्यक्रम गर्दैछौँ । मक्कामा १२ मिलियन धार्मिक पर्यटक जान्छन् भने लुम्बिनीमा किन एक लाख पर्यटक पुग्दैनन्, आउने एक लाख पर्यटक पनि कि बस्दैनन् भन्ने सोचका साथ पर्यटकको बसाइ लम्ब्याउन हामी प्रदेश ५ सँगको सहकार्यमा काम गर्दैछौँ । लगानी भिœयाउनुप¥यो, मुलुक छाडेर विदेश गइरहेका नेपाली युवालाई यही रोजगारी सिर्जना गर्नुप¥यो भनेर हामी नयाँ इन्भेष्टमेण्ट, नयाँ डेस्टिनेसन र नयाँ रोजगारी केन्द्रित गरी काम गर्दैछौँ ।

पर्यटन प्रवद्र्धनका लागि हालम्म तपाईं कतिवटा मुलुक पुग्नु भयो ?  

समय छोटो भएकाले नेपालमा डाइरेक्ट फ्लाइट हुने मुलुकमै हामी केन्द्रित भएका छौँ । मलेसियाको दैनिक ५ वटा फ्लाइट हुन्छ तर मलेसियाबाट फ्लाइट अनुसार पर्यटक ल्याउन सकेका छैनौँ । हामीले मलेसियालाई पनि केन्द्रित गरेका छौँ । त्यस्तै छिमेकी मुलुक चीन र भारतका विभिन्न शहरलाई केन्द्रित गरेका छौँ । मिडिल इष्टमा पर्यटनको धेरै सम्भावना रहेकाले ती मुलुकलाई केन्द्रित गरेका छौँ । यसबाहेक अमेरिका, युरोप र अष्ट्रेलियालगायत मुलुकमा पनि केन्द्रित छौँ । 

पर्यटन प्रवद्र्धनकै क्रममा विभिन्न मुलुक पुग्दा कस्तो व्यवहार पाउनुभयो ? 

नेपाल भन्नेवित्तिकै माया गर्ने विदेशी धेरै छन् । नेपाललाई यति धेरै माया गर्दा पनि हामीले फाइदा लिन सकेका छैनौँ । हाम्रा केही समस्या छन् । हाम्रो हवाई भाडा बढी छ । एयरलाइन्सको इनधन खर्च बढी छ ।

फेक रस्क्यु नियन्त्रणका लागि तयारी के छ ?

नेपालको निजी क्षेत्र गुणस्तरीय सेवातर्फ केन्द्रित हुनुप¥यो । भूटानले प्रतिरातको ३ सय डलर लिन्छ भने हामी २०, ३० डलरमै अल्झिएका छौँ । नेपालको स्ट्यान्डराइजेसन, क्वालिटी सर्भिस र नेपालको नेपालीपन र नेपाली प्रोडक्टको प्रवद्र्धनका लागि सबै पर्यटन व्यवसायी लाग्नुप¥यो । फेक रेस्क्युको सन्दर्भमा सरकारले एउटा सन्यत्र नै बनाएको छ, केही न केही त होला । 

नेपालको पर्यटनको आधार हिमाल र कला संस्कृति हो भनिन्छ, जलवायु परिवर्तनका कारण हिमाल काला हुँदै गएका छन् । कला संस्कृतिको पुस्तान्तरण चुनौतीपूर्ण देखिएको छ, तपार्इं के भन्नुहुन्छ ? 

यो गम्भीर समस्या हो । सरकारले यसलाई राष्ट्रिय एजेण्डा बनाउनुपर्छ । भ्रमण वर्षमा पनि यस्ता विषय विशेष प्राथमिकतामा राखिएको छ । नेपालको आफ्नोपन छ तर त्यसलाई बुझ्न नसकेजस्तो लाग्छ । विदेशी कला संस्कृति अँगाल्ने र नेपाली कला संस्कृति बिर्सिंदै जाने, बेवास्ता गर्ने प्रवृत्ति देखापरेको छ । अहिले विश्वभरकै पर्यटकको चाहना स्पिरिसन टुरिजम रहेको छ । स्पिरिसन टुरिजमको अर्थ धार्मिकमात्रै होइन । नेपालमा गुरुद्वार बनाउन सकिन्छ, गुरुद्वार बन्यो भने शिख धर्मका मानिस आउँछन् । शिवशक्तिको परिक्रम सुरु गर्दैछौँ ।  रामायण सर्किट छ, बुद्धिष्ट सर्किट छ । हामी माइस टुरिजम पनि सुरु गर्दैछौँ । भारतमा धेरैै गर्मी हुने मौसममा भारतीय पर्यटकलाई बढीभन्दा बढी भिœयाउन सक्छौँ । गर्मी से वेहाल, चल्यो नेपाल भन्ने नाराका साथ बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपालमा ल्याउने प्रयास हुनेछ । 

अन्त्यमा, फरक क्षेत्रबाट आएर पर्यटनको नेतृत्व गर्दा कस्तो लागेको छ ? 

रमाइलो लागेको छ । हुन त उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा म नेपालका धेरै जिल्ला घुमेको थिएँ तर त्यतिबेलाको उद्देश्य अर्कै थियो । अहिलेको अवस्था फरक छ । पहलिो यो क्षेत्रमा नभए पनि मैले बढी काम गर्न पाएजस्तो लागेको छ । नेपालको सम्भावना र नेपालको भविष्य पनि पर्यटनमै छ । नयाँ डेस्टिनेशन, नयाँ लगानी र नयाँ रोजगारी सिर्जना गर्नु जरुरी छ । 


Views: 589