13th April | 2021 | Tuesday | 6:29:20 PM

पूर्वाधार नै प्रमुख चुनौती : दीपकराज जोशी, प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

लेखनाथ पोखरेल   POSTED ON : पुष १०, २०७६ (१०:३३ AM)

पूर्वाधार नै प्रमुख चुनौती : दीपकराज जोशी, प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

पर्यटन प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डको भूमिका महत्वपूर्ण छ तर बोर्डको एक्लो प्रयासबाट मात्रै सम्भव छैन । सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीचको समन्वयविना बोर्डको प्रयास सार्थक बन्न सक्दैन । पर्यटनको प्रमुख आधार पूर्वाधार नै भएकाले पूर्वाधार निर्माणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रभावकारिता, सहयोग र समन्वय आवश्यक पर्छ । 

बोर्डले पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि सार्ने तर सरोकारवाला मन्त्रालयले बेवास्ता वा कार्यान्वयनमा ढिलासुस्ता गर्ने प्रवृत्ति देखिएको छ, जसका कारण पनि नेपालको पर्यटन क्षेत्रल अपेक्षाअनुसार गति लिन नसकेको गुनासो सुनिन्छ । यी विविध विषयमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग हिमालय टाइम्सका लेखनाथ पोरखेलले गरेको कुराकानी :

नेपाल भ्रमण वर्षको तयारी कस्तो छ ?

भ्रमण वर्षको मुख्य स्रोत बजारहरूमा व्यापक प्रवद्र्धन काम भइरहेको छ । खासगरी बोर्ड थुपै्र ट्राभल ट्रेड फेयर, एक्स्पो मार्टलगायत प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुँदै आएको छ । भ्रमण वर्ष २०२० को थिमसहित पूर्वतयारीको काम सकिएको छ । कन्जुमर फोकस पब्लिसिटीमा पनि काम भइहरेको छ । विभिन्न अनलाइन प्लेटफर्महरू जस्तै चाइनाको सिटी डटममा पनि सहभागिता जनाएका छौँ । भारत, बेलायतलगायत थुप्रै मुलुकमा काम भइरहेको छ । विभिन्न मुुलुकबाट सेलिब्रटी, मिडियाकर्मीलगायतको नेपाल भ्रमण गराउने काम भइरहेको छ । प्रवद्र्धनको पाटोमा हामी जोडतोडले लागेका छौँ । आन्तरिकरूपमा प्रवद्र्धन जनचेता जगाउन बढीभन्द बढी डिजिटल प्लेटफर्मको उपयोग गरिएको छ ।

जनशक्तिका लागि तालिमको व्यवस्था कस्तो छ ?

पर्यटन सेवामुखी व्यवसाय भएकाले सम्बन्धित क्षेत्रको जनशक्तिलाई तामिल दिने काम पनि भइरहेको छ । गतवर्ष १० हजार जनशक्तिलाई तालिम प्रदान गरिएको थियो । यसवर्ष २० हजार जनशक्तिलाई तालिम दिने लक्ष्य छ । सरकारी र निजी क्षेत्र मिलेर तालिम कार्यक्रम सञ्चालन हुनेछ ।

पर्यटक लागि प्याकेजको व्यवस्था कस्तो छ ?

निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संंघसंस्थाले डिस्काउन्ट अफरको घोषणा गरेका छन् । खासगरी होटल एसोसिएसन, नाटा, होम स्टे, टानलगायतले डिस्काउन्ट अफरको घोषणा गरेका छन् । प्याकेज भ्रमणहरू छन् । 

पूर्वाधारको तयारी चाहिँ कस्तो छ ?

पूर्वाधारको तयारी भने चुनौतीपूर्ण छ । पूर्वाधार भनेको आजको भोलि तयार हुने होइन । विगतदेखि नेपालमा पूर्वाधारको अवस्था राम्रो रहेन । तत्कालका लागि पूर्वाधारतर्फ हामीले दुईवटा कुरामा विशेष जोड दिएका छौँ, एउटा एभिएसन र अर्को मुख्य गन्तव्यमा जोडिने बाटोको अवस्थामा सुधार गर्ने । अहिले रहेको काठमाडौं एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउने र सुधार गर्ने काम भइरहेको छ, जुन केही हस्ताभित्रै सकिँदैछ । त्यसैगरी लुम्बिनीमा निर्माणाधीन विमानस्थल पनि सन् २०२० को मार्चदेखि सञ्चालनमा आउने कुरा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थ पनि सञ्चालनको तयारी छ । यी दुईवटा विमानस्थल सञ्चालनमा आएछि भने लक्ष्य प्राप्तिका लागि ठूलो आधार तय हुन्छ । सन् २०२१ को मध्यसम्ममा पोखराको विमानस्थल पनि सम्पन्न भइसक्नेछ । 

होटल, टान्सर्पोटलगायत पूर्वाधारको अवस्था चाहिँ कस्तो छ ?

होटल, ट्रान्सपोर्ट, डेस्टिनेशनको क्यापेसिटी त २५ लाखभन्दा बढी पर्यटकको माग धान्ने अवस्थामा छ । 

बोर्डले आन्तरिक र बाहृय पर्यटन प्रवद्र्धनका लागि लगानी गर्दै आएको छ, उपलब्धि चाहिँ कस्तो छ ?

धेरै राम्रो छ । खासगरी विनाशकारी भूकम्पपछि नेपालको पर्यटन क्षेत्र छिटोभन्दा छिटो पुनरुत्थान गर्नुपर्छ भन्ने लाइनमा हामीले दुईवटा कुरामा जोड दिएका थियौँ । अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने । भूकम्पले १०–१२ वटा जिल्लामात्रै प्रभावित भएका थिए तर नकारात्मक हल्लाका कारण पोखरा, चितवन, लुम्बिनी, पूर्व–पश्चिम कतै पनि पर्यटक जान चाहँदैन थिए । 

आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न सकियो भने सो क्षेत्रको आर्थिक गतिविधि चलायमान हुन्छ भन्ने सोचका साथ हामीले सन् २०७३ मा घुमफिर वर्ष अभियान सञ्चालन ग¥यौँ, जसको निकै राम्रो प्रभाव प¥यो । आन्तरिक पर्यटनको प्रवद्र्धनविना समग्र पर्यटनको आधार पनि बलियो हुनसक्दैन । आन्तरिक पर्यटन बढेसँगै नयाँ गन्तव्य विस्तार र नयाँ गन्तव्यमा लगानी बढेको हो ।

पर्यटन प्रवद्र्धनका लागि प्रदेश र स्थानीय सरकार चाहिँ के गर्दैछन् ?

दुवै निकायको चाहना छ । स्थानीयस्तरका गन्तव्य पर्यटकीय गन्तव्य बनून् भन्ने चाहना छ । रिसोर्स छ, चाहना छ तर ज्ञानको अलि कमी छ । पर्यटन भनेको व्यावसायिक क्षेत्र हो, यो प्राविधिक पनि छ । पर्यटनको विज्ञता काठमाडौंमा बढी छ । त्यस्तो विज्ञता प्रदेश र स्थानीय तहमा लिंक गर्न सकियो भने अझै प्रभावकारी हुनसक्छ । 

पर्यटन प्रवद्र्धनका लागि हस्पिटालिटी महŒवपूर्ण मानिन्छ र त्यो एयरपोर्टबाट सुरु हुन्छ भनिन्छ नि ?

त्यही भएर हामीले तालिमलाई विशेष जोड दिएका छौँ । खासगरी ट्याक्सी, सार्वजनिक सवारीसाधनका चालक, होम स्टे र होटलमा कार्यरत जनशक्तिलाई तालिम दिने काम भइरहेको छ । बढी भाडा असुल्ने ट्याक्सीका सन्दर्भमा गृहमन्त्रालय र ट्राफिक प्रहरीसँग समन्वयमा एउटा सन्यन्त्र बनाउँदैछौँ ।

नेपालको पर्यटनको मुख्य बजार छिमेकी मुलुकहरू चीन र भारत मानिन्छन्, दुई छिमेकी मुलुकबाट बढीभन्दा बढी पर्यटक भिœयाउन तयारी कस्तो छ ?

हामीले छिमेकी मुलुकहरू चीन र भारतलाई बढी केन्द्रित गरेका छौँ । हामीले मात्र संसारले नै यी दुई मुलुकलाई हेरिरहेको छ । त्यही भएर विगत सम्बन्धित मुलुकमा एक वर्षमा पर्यटन प्रवद्र्धनका एक दुईवटा मात्रै कार्यक्रम गरिन्थ्यो भने अहिले झण्डै एक दर्जन कार्यक्रम सञ्चालन भइरहेका छन् । यी मुलुकबाट मिडियाकर्मी नै बोलाएर प्रचारप्रसारको काम भइरहेको छ ।

फेक रेस्क्युको समस्या पनि देखिएको छ नि ?

वास्तवमा नेपालमा फेक रेस्क्युको जति प्रचारित भएको छ, त्यति बढी समस्या भए जस्तो लाग्दैन । हाम्रोमा २ हजारभन्दा बढी ट्राभल तथा टे«किङ एजेन्सी सञ्चालनमा छन्, दुई–चारवटाले गरे होलान् तर फेक रेस्क्यु सबैले गर्छन् भन्ने खालको प्रचारबाजी गरियो । यसमा सत्यता छैन । फेक रेस्क्यु निरुत्साहित गर्नेगरी आवश्य सयन्त्रणसमेत निर्माण भइसकेको छ । 

सरकारले पर्यटन विकासका लागि एक सय गन्तव्य घोषणा गरेको छ, गन्तव्यहरूको अवस्था चाहिँ कस्तो छ ?

सरकारले एक सयवटा नयाँ गन्तव्य घोषणा गरेर प्रतिगन्तव्यका लागि यसवर्ष पनि ५० लाख बजेट विनियोजन गरेको छ । वास्तवमा विगतमा हाम्रा गन्तव्यहरूमा बजेट छरिने विगतको अवस्था न्यूनीकरणका लागि नयाँ गन्तव्य छनौट गरी पूर्वाधार निर्माणमा जोड दिइएको हो । केन्द्र, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रको लगानी पनि घोषित गन्तव्यस्थलमै केन्द्रित होस् भन्ने सोचका साथ सरकारले नयाँ गन्तव्य घोषणा गरेको हो । आगामी केही वर्षभित्रै केही गन्तव्यको पूर्वाधारको तयारी पूरा हुनेमा हामी आशावादी छौं ।

पर्यटन प्रवद्र्धनका समस्या र चुनौती चाहिँ के छन् ?

सबैभन्दा ठूलो चुनौती त पूर्वाधार विकास नै हो, अझ म त पूर्वाधारलाई एकमात्र चुनौती भन्छु । पूर्वाधारको तयारीसँगै क्रमिकरूपमा पर्यटनले गति लिन्छ । 


 


Views: 150