13th April | 2021 | Tuesday | 8:25:51 PM

फेक रेस्क्यूमा गाइडको भूमिका हुँदैन : बद्री नेपाल, महासचिव, टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)

हिमालय टाइम्स   POSTED ON : पुष १०, २०७६ (१०:४३ AM)

फेक रेस्क्यूमा गाइडको भूमिका हुँदैन : बद्री नेपाल, महासचिव, टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)

पर्यटन प्रवद्र्धनमा टुर गाइडको भूमिका महŒवपूर्ण हुन्छ । पर्यटकको सबैभन्दा नजिकका साथी टुर गाइड नै हुने भएकोले उसको व्यवहारबाट पर्यटकले नेपाल र नेपालीप्रति धारणा बनाउने गरेको पाइन्छ । आर्थिक लाभका कारण कपितय गाइड फेक रेस्क्यूमा पनि सलग्न हुने गरेको सुनिन्छ । यिनै विविधि विषयमा टुर्गानका अध्यक्ष बद्री नेपालसँगको कुराकानी : 

पर्यटन प्रवद्र्धनमा टुर गाइडको भूमिका महŒवपूर्ण भूमिका हुन्छ, पर्यटकहरू के भन्छन् ? 

पर्यटकहरू सबैभन्दा पहिले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्छन् । एयरपोर्टबाट रिसिभ गर्दादेखि नै उनीहरूको गुनासोे हुन्छ । एयरपोर्टबाट निस्केदेखि नै यहाँको बाटोको अवस्था, यहाँको ट्राफिक व्यवस्थापन र अस्तव्यस्तताले नै उनीहरूमा नकारात्मक प्रभाव पर्न थालेको हुन्छ । यसका अतिरिक्त हामी ट्र«ेकिङका क्रममा साइट सिनमा जाँदा पनि शौचालयलगायतका समस्या र फोहोरले पनि पिरोल्ने गर्छ । हामीलाई पनि यस्ता कुरामा उनीहरूलाई कन्भिन्स गर्न समस्या परिरहेको हुन्छ ।

समस्याका कारण पर्यटकले फेरि दोहोरयाएर नेपाल भ्रमणमा आउँदिनँ त भन्दैनन् ?

त्यस्तो फेरि नेपाल आउँदै आउँदिनँ त भन्दैनन् । त्यस्तो भन्ने पर्यटक कमै हुन्छन् तर उनीहरूलाई जुन कुराले धेरै आकर्षण गर्नसक्थ्यो, त्यो चाहिँ कम भइरहेको हुन्छ । नेपालमा अस्तव्यस्ततामात्रै छैन, धेरै सुन्दर चिजहरू पनि छन्, सुन्दर पर्यटकीय स्थलहरू छन् । यहाँका हिमाल, कल्चरल हेरिटेज आदिले उनीहरूलाई आकर्षित गरिरहेको हुन्छ । त्यो आकर्षण गर्ने कुरा नै बढी हुने गरेका कारण पनि नकारात्मक पक्ष छायामा परेको हो । नकारात्मक पक्षकै कारण म आउँदिनँ भन्ने विदेशी त न्यून नै हुन्छन् । हामीले अस्तव्यस्तता हटाउने हो भने अझै बढी विदेशीहरू नेपाल भ्रमणमा आकर्षित हुन्थे भन्ने लाग्छ ,

दोहो-याएर आउने पर्यटकको संख्या कस्तो छ ?

समग्रमा दोहो¥याएर र कसैको फिसारिसमा आउने पर्यटकको संख्या नै बढी छ । अहिलेको अस्तव्यस्तता व्यवस्थित गर्न सक्यो भने एकपटक आउने पर्यटक पटक पटक आउने अवस्था सिर्जना हुन सक्छ । 

काकाठमाडांैमा उनीहरूले अस्तव्यस्तता महसुस गरे पनि टे«किङका लागि बाहिर निस्किएपछि त्यस्तै त्यस्तो महसुस गर्दैनन् होला नि ?

बाहिर त त्यस्तो महसुस गर्दैनन् तर कतिपय एरियाहरूमा अव्यवस्थित बाटो र धुलोका कारण विदेशी जाने क्रम घटेको छ । टे«किङ जाने भन्दैमा काठमाडांैदेखि हिँडने त होइन, केही दूरीसम्म त गाडीमै गइन्छ । गाडीमा जाँदा बाटोको दुरवस्थाले उनीहरूको यात्रा कष्टकर हुने गर्छ । 

काठमाडौं–नगरकोटकै कुरा गरौँ । पाँच वर्षदेखि नगरकोटको बाटो बन्न सकेको छैन, अस्तव्यस्त छ । यो त सानो उदाहरणमात्रै हो । अन्यत्र धेरै ठाउँको अवस्था यस्तै छ । अहिले म सिंगापुरको ग्रुपलाई घुमाइरहेको छु । उनीहरू काठमाडौंबाट लुम्बिनी जानुपर्ने थियो तर फ्लाइट क्यान्सिल भयो । गाडीमा लुम्बिनी जानुप¥यो । हामी लुम्बिनीको रोड असाध्यै राम्रो भन्छौँ तर उनीहरूले धेरै कष्टकर महसुस गरे । फर्किनका लागि फ्लाइट मिलाइदेऊ भने । 

अधिकांश पर्यटकहरू पुरानै रूटमा मात्रै गइरहेको देखिन्छ, नयाँ रूटहरूमा लैजान के गर्नुपर्ला ? 

धेरैजसो पर्यटकहरू चाहिँ पर्यटन उद्यमीहरूले जुन जुन क्षेत्र प्रमोट गरेका हुन्छन्, त्यही क्षेत्रमा आकर्षित हुने गर्छन् । पर्यटक आफैँ नयाँ ठाउँ खोेजेर जाने सम्भावना कम हुन्छ । पर्यटन उद्यमीले नयाँ नयाँ पदमार्ग खोल्दै जानुपर्ने हुन्छ । यो कुरा उद्यमीमै भर पर्छ । 

विदेशी पर्यटकहरू उतैबाट भ्रमण रूट तय गरेर आउँछन् कि यहीँ आएपछि हुन्छ ?

धेरैजसो पर्यटकहरू उतैबाट भ्रमण रूट तय गरेर आउँछन् । कतिपय भने यहाँ आएपछि कुन कुन ठाउँमा जाने र के के गतिविधि गर्ने भन्ने तय गर्छन् ।

फेक रेक्स्युमा टुर गाइडको पनि भूमि हुन्छ भन्ने पनि सुनिन्छ, वास्तविकता के हो ?

गाइडहरूकै कारणले फेक रेक्स्यु हुन्छ भन्न त म सक्दिनँ । सबै कन्ट्रोल टे«किङ कम्पनीबाटै भएको हुन्छ । तथापि यथाकदा गाइडै करण त्यस्तो नहोला भन्न चाहिँ सकिन्न तर सबै दोष गाइडको हुँदैन । एजेन्सी कम्पनीकै कन्ट्रोलमा गाइड चल्नुपर्ने हुन्छ । गाइडले मात्रै जहाँ पायो त्यही पर्यटकलाई घुमाउने, जे चाहृयो त्यही गर्ने हुन सक्दैन ।

भ्रमण वर्षका लागि टुर गाइडको योजना केही छ कि ?

सरकारसँगको सहकार्यमा भ्रमण वर्षमा सबै टुर गाइडलाई ड्रेस कोड लागू गर्ने योजना छ । टुर गाइड पेशा अझै मर्यादित बनाउने सोचका साथ जनवरी १ देखि डे«स कोड लागू गर्न लागिएको हो । सबै टुर गाइडहरूलाई ड्रेस कोड कार्यान्वयनका लागि आहृवानसेमत गर्दछु । त्यस्तै टुर गाइडलाई तामिल दिने कार्यक्रम पनि छ । भ्रमण वर्षमा पर्यटकहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

टुर गाइडका मुख्य समस्या चाहिँ के के छन् ?

कतिपय टुर गाइडले न्युनतम पारिश्रमिक पाएका छैनन् । कतिपय टे«किङ एजेन्सीहरूले सझौताअनुसारको पारिश्रमिक नदिने, बार्गेनिङ गर्ने समस्या पनि देखिएको छ । कतिपय टुर गाइड आफैँ पनि न्यून पारिश्रमिक काम गर्न राजी हुने समस्या पनि छ । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कुरामा पनि समस्या देखिएको छ । अधिकांश टुर गाइडरु स्वतन्त्र छन् । टुर गाइडहरू विभिन्न एजेन्सीअन्तर्गत काम गर्ने भएकोले कोषमा आबद्ध हुन समस्या देखिएको हो । बीमाको पनि समस्या छ । हाम्रो अझै बीमा हुनसकेको छैन । प्रस्तुति : लेखनाथ पोखरेल 




 


Views: 232