13th April | 2021 | Tuesday | 8:16:28 PM

नेपालमा वर्षभर पर्यटकीय सिजन : खेमराज लकाई (प्रमुख कार्यकारी अधिकृत गेट कलेज)

लेखनाथ पोखरेल   POSTED ON : पुष १०, २०७६ (१०:५४ AM)

नेपालमा वर्षभर पर्यटकीय सिजन : खेमराज लकाई (प्रमुख कार्यकारी अधिकृत  गेट कलेज)

खेमराज लकाई ग्लोबल एकेडमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनी पाटा नेपालका कोषाध्यक्ष पनि हुन् । उनी अन्तर्राष्ट्रिय होटल स्कूल एसोसिएशन (इयुहोफा) का बोर्ड सदस्य हुन् । नेपाल भ्रमण वर्षबारे लकाईसँगको कुराकानी ः 

नेपाल भ्रमण वर्ष २०२० को तयारी कस्तो लागिरहेको छ ?

नेपाल भ्रमण २०२० को तयारीका लागि सम्बद्ध सरकारी निकायले स्वदेश तथा विदेशमा विविध प्रवद्र्धनात्मक कार्य सञ्चाल गर्दै आएका छन् । खासगरी सरोकारवाला निकायसँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको छ । पाटा नेपाल च्याप्टरले पनि स्वदेश तथा विदेशमा प्रवद्र्धनात्मक काम गर्दै आएको छ । 

पर्यटकहरूलाई नेपाल चुनौतीपूर्ण डेस्टिनेशन भन्ने थाहा छ । जो एड्भेन्चरका लागि आएको हुन्छ, त्यो चुनौतीकै लागि आउने हो तर हामीले एड्भेन्चर, माउण्टेनरिङ र टे«किङ टुरिजममा मात्रै सीमित हुने हो भने कहिल्यै टुरिजमको विकास गर्न सक्दैनौं । नेपाल त सबै खालको टुरिजमको डेस्टिनेशन हो, यहाँ कला, संस्कृति, प्रकृति हरेक चिज छन् ।

भ्रमण वर्षका लागि भौतिक पूर्वाधारको तयारी कस्तो छ ?

तयारीका लागि नेपाल भ्रमण वर्षको सचिवालय छ । भ्रमण वर्षको संयोजक निजी क्षेत्रबाट हुनुहुन्छ भने उपसंयोजक सरकारी निकायबाट हुनुहुन्छ । सचिवालयले तयारीको काम धेरै ढिला सुरु ग¥यो, के कारण ढिला भयो, थाहा भएन । वास्तवमा नेपालको डेस्टिनेशन मार्केटिङ गर्दा पर्यटकको सिजन भन्ने कुरा छाडिदिनुपर्छ ।  नेपाल सधंँ पर्यटन सिजनको देश हो । 

सिजन कसलाई भन्ने ? युरोपियन पर्यटकलाई वर्षात् मन पर्दैन तर मिडिल इष्टको पर्यटकलाई वर्षात् राम्रो लाग्छ । यो देशमा हरेक महिना केही न केही गतिविधि भइरहेको हुन्छ । हाम्रो देश कला संस्कृतिमा धनी छ । पर्यटन प्रवद्र्धनका लागि स्ट्राटेजिकरूपले मार्केटिङ गर्नुपर्छ । अर्को पूर्वाधार, पर्यटनको पूर्वशर्त भनेकै पूर्वाधार हो । 

सरकारले पूर्वाधारको सानो कुरामा पनि ध्यान दिन सकेको छैन । सडकको गुणस्तर कस्तो छ, थाहै छ । कुनै व्यक्ति दरबारमार्गबाट ठमेल जान लाग्यो भने जेव्रा क्रसिङमा क्रस गर्ने आँट गर्न सक्दैन । फुटपाथ पैदलयात्रीको हो । फुटपाथ अवरोध गर्नेमाथि कडा कारबाही गर्नु पर्ने हो । सरकारको इच्छाशक्ति भएमा नहुने केही छैन । मापसेमा शून्य सहनशीलता कायम भयो, हर्न निधेष पनि सफलरूपमा कार्यान्वयन भएको छ । गर्नसक्ने कुरा पनि किन नगरेको भन्ने मेरो प्रश्न हो । नेपालमा फुटपाथको अस्तव्यस्ताले पर्यटक इरिटेड हुने गरेका छन् । जहाँसुकै लैजाउ, रोडक्रस गर्ने ठाउँमा चाहिँ नलैजाउ भन्छन् । यो मैले अनुभव गरेको कुरा हो । 

होटल र लजहरूको अवस्था चाहिँ कस्तो छ ?

होटल र लजहरूको अवस्था पनि त्यस्तै देखिएको छ । होटलहरू समयानुसार परिवर्तन हुनुपर्ने हो । अनुगमन, नियमन छैन । मैले पाँचतारे होटल भनेर बुकिङ गरँे, पैसा पाँचतारे कै तिरेँ तर सेवासुविधा भने दुई तारेको पनि पाइनँ भने चिटिङको महसुस हुन्छ । यस्ता कुुराले देशको इमेज बिगार्छ । यस्ता कुरामा सुधार गर्न सरकारले पैसा खर्च गर्नुपर्दैन, खाली नियम कडा बनाएर  कार्यान्यन गरे पुग्छ । भ्रमण वर्षको टार्गेट पुग्नसक्ला । चामत्कारिकरूपमा पर्यटक आउन पनि सक्छन् । हामीले सोहीअनुसारको तयारी गर्नुपर्ने हुन्छ ।

विमानस्थलको अवस्थाले पर्यटकमा कस्तो प्रभाव पर्ला ?

विमानस्थल त पहिलो पूर्वाधार हो । अराइभलमा सुखद् अनुभव हुनुपर्छ । एयरपोर्टबाट बाहिर आउने बेला सहजरूपमा ट्याक्सी पाइँदैन, मिटरमा चल्दैनन्, भनेको ठाउँमा जाँदैनन् । पर्यटनमा लागि ट्याक्सी सेवा महŒवपूर्ण हुन्छ । भ्रमण वर्षमा पर्यटकको सहजीकरण गर्न विमानस्थलमा विद्यार्थी स्वयंसेवक राख्ने कुरा आएको छ, जुन राम्रो पक्ष हो ।

पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरमा पर्याप्त भयो भन्ने लाग्छ ? 

यसमा दुईवटा कुरा गर्नुपर्छ भन्ने लाग्छ । नेपाललाई टुरिजम डेस्टिनेशन भनेर प्रचारप्रसार गरेरमात्र पुग्दैन । देशमा महŒवपूर्ण राजनीतिक परिवर्तन भएको छ स्थायी सरकार बनेको छ भन्ने कुरा प्रचारमा लैजानुपर्छ । यसमा ठूलो लगानी गर्नुपर्दैन । नेपालले मानव विकास सूचकांकमा प्रगति ग¥यो, डुइङ विजनेस इन्डेक्स राम्रो छ, लगानीमैत्री वातावरण छ, नयाँ संविधान बन्यो, निर्वाचन भयो, मानवअधिकारको अवस्था सुध्रिएको छ इत्यादि । 

केही महिनाअघि बीबीसीमा गढीमाई मेलाको न्यूज आयो, जुन हिंसासँग सम्बन्धित थियो । यस्ता कुराले मुलुकको इमेजमा नकारात्मक असर पर्नसक्छ । म होलिडे जान्छु भने शान्ति खोज्न जाने हो नि ,। नेपालले शान्ति बेच्नुप¥यो, नेपालको व्राण्डिङ नै शान्ति हुनु¥यो । नेपाल धार्मिक सहिष्णुता भएको मुलुक हो । आएको मान्छेलाई खुशी पार्न सकियो भने पछि आउने मान्छेको त चिन्तै गर्नुपर्दैन । मानवीय संशाधन पनि पर्यटनको पूर्वशर्त हो । पर्यटनसँग सम्बिन्धित जनशक्तिलाई अभिमुखीकरणको व्यवस्था हुनुपर्छ ।

फेक रेस्क्युले पनि नेपालको पर्यटन क्षेत्र बदनाम भएको छ, होइन ?

फेक रेक्स्यु नेपालको पर्यटनका लगि दुखद् पक्ष हो । टुरिष्टप्रति गरिने व्यवहार एकदमै संवेदनशील हुनुपर्छ । म एउटा वास्तविक घटना भनौँ । चाइनाबाट ठूलो नाम चलेको विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी नेपाल आएछन् । त्यसमध्ये केही विद्यार्थीले सुनको मोटो चेन लगाएका रहेछन् । उनीहरू गलत मनसायले सुनको चेन लगाएर आएका थिएनन्, नेपालको ऐनकानुनको जानकारी नभएर त्यस्तो गरेका थिए तर उनीहरू तीन दिनसम्म थुनिए । आर्थिक चलखेलसम्मको हर्कत देखियो । उनीहरूले नेपाल भ्रमणका बारेमा कुनै आर्टिकल लेखे भने के लेख्लान ? त्यसैले, पर्यटन प्रवद्र्धनका लागि देशका सबै सयन्त्रले इमानदारीपूर्वक काम गर्नुपर्छ । 

अर्को कुरा, नेपालमा विदेशी पर्यटक र नेपालीका लागि सेवा शुल्क फरकफरक छ । हरेक वस्तु तथा सेवामा नेपालीलाई भन्दा विदेशीलाई लिने शुल्क बढी छ । हवाई भाडामा पनि त्यस्तै विभेद छ । यस्तो हुनुहुँदैन ।

पर्यटन वर्षमा विभिन्न मुलुकका राष्ट्र प्रमुखको भ्रमण गराउने चर्चा छ ।  भ्रमण वर्षको चर्चाकै बीच चिनियाँ राष्ट्रपति आए । राष्ट्र प्रमुखहरू भ्रमणबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ नि ?

यसका पनि दुईवटा पाटा, चिनियाँ राष्ट्रपतिको भ्रमणबाट एकदमै सकारात्मक सन्देश गएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमणबाट अझै लाभ लिन सकिन्थ्यो । चीनमा मिडियाले एकदमै प्रभावित बनाउन सक्छ । चिनियाँ राष्ट्रपतिको औपचारिक डिनरमा आक्वा प्लाष्टिक बोटलको पानी राखिएको थियो, सिसाको बोटलमा पनि होइन, जुन हस्पिटालिटीका हिसाबले नराम्रो मानिन्छ । भ्रमण ट्राफिक म्यानेजमेण्टमा एकदमै ध्यान दिनुपर्छ । पर्यटकलाई अनावश्यक दुःख दिनु हुँदैन । 

तपार्इं पाटा नेपालमा पनि आबद्ध हुनुहुन्छ, पाटाले चाहिँ के गर्दैछ ?

पाटाले पर्यटन क्षेत्र धेरै काम गर्न सक्छ र गरिरहेको छ । विगत दुई वर्षमा पाटाले मानवीय संशाधन क्षेत्रमा दुईवटा अवार्ड प्राप्त गरिसकेको छ । वल्र्डवाइड पाटासँग एक से एक पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय विज्ञहरू छन् । पाटा नन पोलिटिकल अर्गनाइजेसन पनि हो । सरकारले सहजकर्ता हुने हो भने पाटाले नेपालको पर्यटन क्षेत्रमा धेरै काम गर्नसक्छ । नेपालमा पाटाले दुई पटक हिमालयन ट्राभल मार्ट गरेको थियो,जो एकदमै सफल भएको थियो । पाटाले आगामी फेब्रुवरीमा नेपाल–इण्डिया–चाइना त्रिदेशीय एक्स्पो (नाइस) समेत आयोजना गर्दैछ । सरकारले पर्यटनको त्रिदेशीय प्रोडक्ट बनाउन सक्यो भने तीनवटै मुलुक लाभान्वित हुनसक्छन् ।

अन्त्यमा, गेट कलेजका बारेमा बताइदिनुस् न ?

गेट कलेज आजभन्दा १३ वर्षअघि स्थापना भएको हो, जसले पर्यटनसँग सम्बन्धित पर्यटन हस्पिटालिटी सम्बन्धित जनशक्ति उत्पादन गर्दै आएको छ । लर्निङ वाइ डुइङ प्रणालीमार्फत विद्यार्थीलाई शिक्षा दिइन्छ । यहाँ स्विट्रल्याण्डका स्विस होटल एसोसिएसनको एजुकेसन इन्ष्टिच्युटअन्तर्गत एसियामै पहिलोपटक सम्बन्ध प्राप्त गर्ने पहिलो गेट कलेज हो, जसको एजुकेसन स्टाण्र्डड ज्युरिक युभिर्सिटी र स्विट्जरल्याण्डको फेडरल गभरमेण्ट बनाउँछ । हाल हाम्रो कलेजमा नेपाललगायत विश्वका १९ वटा मुलुकका विद्यार्थी यहाँ अध्ययनरत छन् । हाम्रो कलेजमा रेष्टँुरा बारहरू विद्यार्थीले नै सञ्चालन गर्छन् । 

प्रस्तुतिः लेखनाथ पोखरेल



Views: 388