13th April | 2021 | Tuesday | 7:36:19 PM

२० लाख पर्यटक धान्ने जनशक्ति छ : खुमबहादुर सुवेदी, अध्यक्ष, टान

लेखनाथ पोखरेल   POSTED ON : पुष १०, २०७६ (१०:५८ AM)

२० लाख पर्यटक धान्ने जनशक्ति छ : खुमबहादुर सुवेदी, अध्यक्ष, टान

भ्रमण वर्ष प्रवद्र्धनका लागि टानले के गर्दैछ ?

टानले पर्वतीय पर्यटनअन्तर्गत आफ्ना गतिविधि अगाडि बढाइरहेको छ । पहिल्यै प्रवद्र्धन भएका क्षेत्रबाहेक खासगरी नयाँ टे«किङ रुट सुदूरपश्चिम र कर्णालीलगायतका क्षेत्र र पूर्वको इलाम, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ र सिन्धुपाल्चोकमा पनि टानले आफ्नो गतिविधि बढाइरहेको छ ।

नयाँ ट्रेकिङ रूट खासै प्रवद्र्धन भएको देखिँदैन नि ? 

समग्र नेपाल पर्यटकीय गन्तव्य भएकोले त्यस्तो लागेको हुनसक्छ किनभने नेपालका हरेक डाँडाकाँडा पर्यटकीय हिसाव महŒवपूर्ण छन् र विगतभन्दा गतिविधि बढेको पनि छ ।

दाहो-याएर आउने विदेशी पर्यटकको संख्या बढी छ कि एकपटकमात्रै आउनेको ?

दुबै थरी हुन्छन्, माउन्टेन लवर पटक पटक आउने गरेका छन् । अन्य पर्यटक भने कममात्रै दोहो¥याएर आउछन् । त्यसो त कतिपय पर्यटक विश्व भ्रमणमा निस्किने क्रममा नेपाललाई पनि भ्रमण रूट राख्नेहरू भने एकपटकमात्रै आउने पनि हुन्छन् । एउटै पर्यटक २२–२५ पटक पनि आएको तथ्यांक हामीसँग छ । 

ट्रेकिङ क्षेत्रमा फेक रेस्क्यूको पनि समस्या देखिन्छ, फेक रेस्क्यूमा कसको संलग्नता बढी हुन्छ ? 

फेक रेस्क्यू अब करिब करिब हराइसक्यो । अब फेक रेस्क्यूको चर्चा नगर्दा राम्रो हुन्छ भन्ने लाग्छ । अब हामीले राम्रो मात्रै कुरा गर्नुपर्छ । यसलाई जति उचाल्यो उति समस्या आउनसक्छ । यसमा को संलग्न छन् भन्ने कुरा हामीले भन्न पनि मिल्दैन । यसको उजगाार गर्ने काम सरकारको हो । नेपालको पर्यटन उद्योगलाई स्वच्छ, सभ्य बनाउन बनाउनुपर्छ । सरकार, व्यवसायी र सरोकारवाला निकायबीचको सहकार्यबाट गुणस्तर मात्रै सम्भव छ ।

भ्रमण वर्षमा टानको प्याकेज अफर पनि छ कि ?

नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र टानबीच ८ लाखभन्दा बढी पर्यटक भिœयाउने समझदारी भएको छ । अर्थात टानले आफ्ना एजेन्सीहरूमार्फत ८ लाखभन्दा बढी पर्यटक भिœयाउने पहल गर्ने विषयमा नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्य र टानबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । साथै पर्यटकका लागि आफ्ना प्याकेजहरूमा २० प्रतिशतसम्म छुटको व्यवस्था गर्न आहृवानसमेत गरेका छौँ । 

जनवरी १ मा आउने आउने विदेशी पर्यटकका लागि काठमाडौंमा नेवारी भोज आयोजना गर्ने र भोजकै क्रममा नयाँ टे«किङ ट्रायल्सहरूको घोषणा गर्ने तयारीसमेत रहेको छ । पर्यटन प्रवद्र्धनकै लागि टान र भिजिट नेपाल सचिवालयबीच ११ बुँदे समझदारी भएको हो । वास्तवमा नेपाल भ्रमण वर्ष सरकारकोमात्रै अभियान होइन, पर्यटन व्यवसायीको मात्र पनि होइन, हामी सबैको अभियान हो ।

व्यक्तिगतरूपमा व्यवसायीहरू नै विदेशमा गएर पर्यटन प्रवद्र्धनको पहल चाहिँ कत्तिको हुने गरेको छ ?

त्यस्तो त धेरै भएको छ । भ्रमण वर्षकै क्रममा टानले एडभेन्चर ट्रालभ मार्ट पनि गर्दैछ । मार्टमा एकसयभन्दा बढी मुलुकको सहभागिता रहनेछ । विगतमा हामी झोला बोकेर विदेशमात्रै जान्थ्यौ तर अब समय परिवर्तन भइसक्यो ।

हाल टे«किङ एजेन्सीजहरू कति छन् र कति रोजगारी सिर्जना भएको छ ?

करिब १८ सय टे«किङ एजेन्सीजहरू रहेका छन् । टान पर्यटकीय गतिविधि गर्ने नेपालकै सबैभन्दा ठूलो संस्था हो । यो क्षेत्रमा करिब १२ लाखले रोजगारी पाएका छन् । गतवर्ष करिब १२ लाख पर्यटक नेपाल भ्रमण आएको तथ्यांक छ । भ्रमण वर्ष २० लाख पर्यटक आएमा २२–२३ लाख जतिले रोजगारी पाउने अनुमान गरिएको छ ।

ट्रेकिङ सिजनमा मात्रै हुने गरेको छ नि ?

विगतमा सिजन हुन्थ्यो तर अव वर्षैभरि सिजन हुन्छ । वर्र्षातको समयमा मुस्ताङ, डोल्पा टे«किङ सञ्चालन हुनसक्छ । तिव्वततर्फ टे«किङ हुनसक्छ । त्यतिमात्र होइन, वर्षातको सयममा खोलानालाको वहाव, झरनाको मनोरन्जन लिने पर्यटक पनि आउनसक्छन् ।

यो क्षेत्रमा जनशक्तिको अवस्था कस्तो छ ?

जनशक्तिको अभाव छैन, पर्यटन क्षेत्रमा तालिमप्राप्त दक्ष जनशक्ति हामीसँग छ । विभिन्न भाषागत टुर गाइडको पनि व्यवस्था गरेका छौँ । बीस लाख पर्यटक आए पनि गाइडको समस्या हुँदैन । होटलहरू पनि पर्याप्त छन् । आन्तरिक उडान भने बढाउनुपर्ने अवस्था छ ।

यो क्षेत्रका समस्या र चुनौती चाहिँ के छन् ?

समस्या र चुनाती त धेरै छन्, समस्या र चुनौतीलाई म्यानेज गरेर अघि बढ्नुपर्छ । अनलाइन भिसा सिस्टल छिटो लागू गर्नुप¥यो, एयरपोर्टमा हकरहरूको असुविधा हुनुभएन, सजजरूपमा आफ्ना गेष्टहरू पिकअप गर्न पाउने व्यवस्था हुनुप¥यो । गेष्टहरू गन्तव्यस्थलसम्म पुग्ने क्रममा धुवा, धुलोको प्रदूषण हुनु भएन । त्यस्तै कतिपय टे«किङ रुट होटलहरूको संख्या न्यून रहेकोले टेन्टटेड क्याम्पको व्यवस्था पनि गर्नुपर्ने हुनसक्छ । सेफ्टी एण्ड सेक्युरिटीका लागि हेलिकप्टरहरूको संख्या थपिनुप¥यो ।

प्रस्तुति : लेखनाथ पोखरेल


 


Views: 434