17th April | 2021 | Saturday | 11:18:03 PM

विमानस्थल सुधार पहिलो एजेण्डा हुनुपर्छ : डा. राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श

हिमालय टाइम्स   POSTED ON : पुष १०, २०७६ (११:०३ AM)

विमानस्थल सुधार पहिलो एजेण्डा हुनुपर्छ  : डा. राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन लाग्दैछ । भ्रमण वर्ष सफल बनाउन के के गर्नुपर्ला ?

नेपाल भौगोलिक विविधता भएको देश हो । बुद्धको जन्मथलो, हिन्दू धर्मावलम्बीहरूका पशुपतिनाथ, विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देश हो । पूरै नेपाल पर्यटकीयस्थल हो । नेपालमा त हरेक वर्ष भ्रमण वर्ष हुनुपर्ने हो । ठीकै छ, सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा अघि सारेको छ, यो राम्रो हो ।

भ्रमण वर्ष सफल बनाउन गर्नुपर्ने काम त धेरै छ । यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुपर्छ । पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विमानस्थलको सुधार हुनुप¥यो । अहिले जहाज आकाशमै होल्ड हुने समस्या छ, झण्डै एक डेढ घण्टासम्म होल्ड हुने गरेको छ । ल्याण्डिङ कष्ट त्यस्तै चर्को छ, जसका कारण नेपालको हवाई सेवा एकदमै महँगो छ । अध्यागमन काउण्टर बढाउनु¥यो । चेकजाँच प्रणाली चुस्त दुरुस्त हुनुप¥यो । मैले धेरै देशमा देखेको छु, सम्बन्धित मुलुकबाट बाहिर जाँदामात्रै सेक्युरिटी चेक हुन्छ तर हाम्रोमा बाहिर आउँदा सेक्युरिटी चेक हुन्छ, यस्तो हुनुभएन ।

सेक्युटिरी चेक नै नगर्ने ?

अहिले अधिकांश व्यक्ति सुन बोकेर आउने गरेको देखिएको छ, जसका कारण सुन नलिई आउनेहरू मारमा पर्ने गरेका छन् । मेरा एकजना इण्डियन साथी आफन्तको बिहेमा सहभागी हुन नेपाल आएका थिए, उनी सुनका गहना लगाएर आएका थिए तर सेक्युरिटी चेकले बढी सुन राखिदियो । त्यो सुन फिर्ता लिन उनी कयौंपटक नेपाल आइसके, यस्तो दुःख दिनुभएन । त्यस्तै व्यक्तिगत उपयोगका लागि मदिरा ल्याउँदा पनि अनेक झमेला व्यहोर्नुपर्ने अवस्था छ । यस्ता कुराहरूमा सुधार गर्नुप¥यो ।

नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि नेपाल चेम्बर अफ कमर्शले चाहिँ के गरिहरहेको छ ?

हामीले विदेशमा भिजिट नेपालको लोगोमार्फत यसको प्रवद्र्धन गरिरहेका छौँ । चेम्बरको लेटर हेटमा भिजिट नेपालको लोगो राखिएको छ । जहाँ गए, जो भेटे पनि सबैभन्दा पहिले भिजिट नेपालको प्रसंगबाट कुरा सुरु हुन्छ । कुनै सभा समारोहमा गरिने भाषण नै भिजिट नेपालबाट सुरु हुन्छ । नेपालमा आउने विदेशी सरकारी अधिकारी र व्यवसायीसँगको भेटवार्ताका क्रममा पनि हाम्रोतर्फबाट भिजिट नेपालको प्रसंग छुट्दैन । 

नेपाल चेम्बरले विभिन्न मुलुकका ७० वटा इन्टरनेशनल चेम्बरसँग सहकार्य गरेको छ, ती सबै चेम्बरलाई नेपाल चेम्बरले भिजिट नेपालका बारेमा जानकारी गराएको छ । चेम्बरसँग प्रचारप्रसारसँगै होटलहरूले छुट प्याकेज दिएजस्तै सरकारले पनि छुट प्याकेजको व्यवस्था गर्नुपर्छ । यसपटक भिसादेखि सबै प्रकारका सेवामा सरकारले छुट प्याकेजको व्यवस्था गरेमा आगामी वर्षदेखि आफैं पर्यटनको प्रवद्र्धन हुँदै जान्छ ।

पर्यटनसँगै लगानी पनि जोडिन्छ, लगानी प्रवद्र्धनका लागि चेम्बरको पहल कत्तिको प्रभावकारी देखिएको छ ?

पहिलेभन्दा यसवर्ष स्वदेशी र विदेश दुवैको उद्योग दर्ता घटेको छ रे । दर्ता घटेको छ भनेपछि कुरा बुझिहाल्नुभयो होला । 

चेम्बरले विदेशी राजदूत र लगानीकर्तासँग लगानीसम्बन्धी अन्तक्र्रिया गर्छ तर लगानी चाहिँ किन नआएको ?

भनाइ र गराइ कहाँ एउटै हुन्छ र ? भाषण त सरकारलेभन्दा हामी बढी गर्छौ नि । 

तपाईंहरूले विदेशी लगानीकर्तालाई कन्भिन्स गर्न नसकेर हो कि ?

हामीले गर्ने होइन, त्यो त सरकारले गर्ने हो नि । 

निजी क्षेत्रले पनि सरकारसँग सहकार्य गरेको छ नि ?

यो निजी क्षेत्र भनेको केही पनि होइन । सरकारले जबसम्म केही गर्दैन, अरू कसैको केही लाग्दैन ।

सरकारले के गर्नुप-यो ?

सबै गर्ने नै सरकारले हो । लगानी ल्याउने पनि सरकारले हो । पर्यटक ल्याउने पनि सरकारले हो । निजी क्षेत्र त एउटा माध्यममात्रै हो । माहोल त सरकारले बनाउनुप¥यो नि ?

तुलनात्मकरूपमा नेपालका ऐन कानुनहरू लगानीमैत्री छन् भनिन्छ नि ?

ऐन कानुनहरू धेरै राम्रा छन् । कार्यान्वयन पनि सोहीअनुसार भइदिए अझै राम्रो हुन्थ्यो भन्ने हो ।

तपाईंहरू सरकारसँग सधैँ यो भएन, ऊ भएन भनेर गुनासोमात्रै गर्नुहुन्छ होइन ?

अहिले त दुई तिहाइको सरकार छ । सबै आनन्द भइरहेको छ । तारिफमात्रै भइरहेको छ । क्रयशक्ति बढेको छ, राजस्व पनि बढेको छ, महँगी भए पनि क्रयशक्ति बढेकाले सबै जनताले अफोर्ड गर्न सकेका छन् । योभन्दा राम्रो के हुन्छ ? सरकारले अबदेखि म्यानवापर विदेश नपठाउने भन्यो तर स्वदेशमै रोजगारी दिन सकेन । सबै रेमिट्यान्स पनि खतम भयो, पछि फेरि पठाउनुप¥यो । विस्तारै रेमिट्यान्समा फेरि सुधार हुँदैछ । सरकारले मलेसिया एक वर्षसम्म बन्द गरेर फेरि खुलाएको छ ।

महँगी त निजी क्षेत्रले गरेको भन्छन् नि ?

सरकारले भन्सार बढाइदिएपछि महँगी हुँदैन ? पहिले ३० प्रतिशतमा झिकाएको सामानमा ५० भन्सार लगाइदियो भने महँगो हुँदैन ? घरबाट तिर्ने ? औद्योगिकीकरण हुन्छ, उद्योग धन्दाको प्रवद्र्धन हुन्छ भनेर सरकारले भन्सार बढाइदियो तर औद्योगिकीकरण भएको छैन । उद्योग धन्दाको पनि प्रवद्र्धन भएको छैन ।

हाम्रोमा उद्योग गर्ने भनेकै जलविद्युत्, पर्यटन र कृषि हो, अरू आयात नै हो । न हाम्रोमा सि पोर्ट छ, न र मेटेरियल्स नै छ । सिंगापुर इम्पोर्टबाटै कहाँ पुगिसक्यो ।  

म्यानपावरलाई स्वदेशमै रोक्ने काम त निजी क्षेत्रको पनि हो नि ।  निजी क्षेत्रले रोजगारी सिर्जना गरे त जनशक्ति रोकिन्छ नि ?

निजी क्षेत्रले रोजगारी सिर्जना गर्न व्यवसाय गर्ने वातावरण हुनुप-यो । औद्योगिकीकरणका लागि सरकारले वातावरण बनाउनुप¥यो ।

वातावरण भएकै कारण एनसेल, युनिलिभर, डावर नेपाललगायतले राम्रो कमाएका होइनन् र ? 

तपाईंले भनेजस्तै एनसेल, युनिलिभर, स्टयाण्डर्ड चाटर्ड, डाबर नेपाल, सूर्य नेपालपछि अरू कत्ति आए त ? 

यी बहुराष्ट्रिय कम्पनीले नेपालमा मुनाफा गर्न सक्छन् भने नेपालको निजी क्षेत्रले पनि गर्न सक्छ भनेको नि ?

त्यो त हो तर किन हुन सकेन । लोडसेडिङ पनि छैन, ऐन कानुनमा सुधार भएको छ । मजदुर हड्ताल छैन तर पनि किन लगानी बढ्न सकेन । म पनि सोचिरहेको छु । यो तपाईंहरूले पनि पत्ता लगाउनुप¥यो ।

प्रस्तुति : लेखनाथ पोखरेल


Views: 512