13th April | 2021 | Tuesday | 7:34:12 PM

‘अहिलेको मिडियामा आएको प्रवृत्ति गलत’

गोपिकृष्ण चापागाईं   POSTED ON : श्रावण १२, २०७७ (१२:५१ PM)

‘अहिलेको मिडियामा आएको प्रवृत्ति गलत’

काठमाडौं । अहिले लोक तथा दोहोरी गीतको क्षेत्रमा लागेका कलाकारहरूलाई भ्याइनभ्याइ छ । कलाकारहरू लकडाउन खुलेसँगै तीज गीत रेकर्ड तथा छायांकनमा व्यस्त देखिनुहुन्छ । पुरुष तथा महिला कलाकार दुवैलाई उत्तिकै तीज लागिरहेको देखिन्छ । कलाकारलाई एकतिर तीजको चटारो भइरहँदा कलाकारकै अभिव्यक्तिको यतिखेर सामाजिक सञ्जालमा खुवै चर्चा छ । 

केही समयअघि कलाकार दुर्गेश थापाले एक टेलिभिजनको अन्तर्वार्तामा स्वर सम्राट नारायण गोपालको गीत भन्दै भजनशिरोमणी भक्तराजको गीत गाएपछि उक्त भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ । गीतसंगीतकै क्षेत्रमा लागेको एक कलाकारले अग्रज श्रष्टाको विषयमा ज्ञान नराख्ने भन्दै विभिन्न टिकाटिप्पणी चलिरहेका छन् । 

यसैबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा लोकप्रिय लोकगायक बद्री पंगेनीसँग तीजको तयारी, पछिल्लो समय गीतसंगीतमा देखिएका विकृतिसँगै सामाजिक सञ्जालमा चर्चा पाइरहेका विषयबारे केही प्रश्न गरेका छौं । 

तीज कत्तिको लागिरहेको छ ?

विशेषगरी त महिला दिदीबहिनीहरूको चाड भएकाले तीज हामीलाई भन्दा महिलाहरूलाई बढी लागिरहेको छ । तर समय परिस्थितिले यस्तो बनाइदियो कि अहिले हामीलाई पनि तीज लाग्ने भएको छ । जब तीज आउँछ, तीज गीत रेकर्डिङ, छायांकनमै समय बित्ने गरेको छ । 

यो वर्ष तपाइँको तीज विशेष कोसेली के आउँदैछ ? 

यो वर्षको तीजको कोसेलीको रूपमा मेरो संगीत, रविन लामिछानेको शब्दसँगै मेरो र कविता अर्यालको स्वरमा रहेको ‘सेनिटाइजर घसेर’ बोलको गीत युट्युवमार्फत सार्वजनिक भइसकेको छ । यस्तै गायिका राधिमा हमाल, बबिता बाँनिया ‘जेरी’ र जमुना रानाले गाएको ‘घरबेटी’ बोलको तीज गीत आउनेक्रममा छ । यस्तै हालै ‘हाँस हाँस’ बोलको गीतको सुटिङ सकिएको छ । यो गीत पनि केही दिनमा सार्वजनिक हुनेछ ।

पछिल्लो समय युट्युवको ट्रेन्डिङकै लागि भिडियो केन्द्रित गीत सार्वजनिक भइरहेका छन् । अश्लीलता उस्तै छ, यो विषयमा तपाइँको धारणा के छ ?

अहिले संगीत क्षेत्रमा भित्रिएको प्रवृत्ति नराम्रो हो । व्यक्तिगत तरिकाले कसैलाई भन्न त चाहन्न तर म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निवर्तमान अध्यक्ष भएको नाताले त्यस्तो नगर्नुस् भन्न चाहन्छु । कारबाहीका लागि म लाई वा संस्थालाई नै कुनै अधिकार छैन, हामीले आग्रहमात्र गर्नेहौं तर हामी गछौं तैले के गर्छस् भनेर नटेर्नेका लागि त के लाग्छ र ? 

मेरो कार्यकालमा धेरै कलाकारलाई कार्यालयमै बोलाएर शब्द परिवर्तन गर्न लगाएको छु । अब गीतसंगीतमा सेल्फ सेन्सर लगाउनु आवश्यक छ, कलाकार आफूले यो विषयमा ध्यान दिऔं । 

पछिल्लो समय कलाकारहरूले अन्तर्वार्तामा बोलको कुरा विवाद वा चर्चामा आइरहेका छन् । कलाकारहरू अन्तर्वार्तामा कसरी प्रस्तुत हुनुपर्छ जस्तो लाग्छ ?

अहिले पछिल्लो समय कलाकारहरूले अन्तर्वार्ता दिइरहँदा धेरैको गाली खाएको देखिरहेको छ । कतिपय कुरा नजान्दा वा बढी बोल्दा सामाजिक सञ्जालमा गाली खाइरहनु भएको छ । केही समयअघि नायिका पूजा शर्माको अन्तर्वार्ता हेरेको थिएँ, सामान्य ज्ञान नहुँदा उहाँलाई निकै गाली गरियो । यो विषयमा मेरो टिप्पणी केही रहँदैन, उहाँ राम्रो नाँच्नुहुन्छ, राम्रो अभिनय गर्नुहुन्छ । तर यति भनिरहँदा कलाकारले सामान्य कुरामा आफूले पनि ध्यान पु¥याउनुपर्छ । 

कलाकारसँगै मिडियाकर्मीका साथीहरूले पनि यी कुरामा बुझिदिनुपर्छ । अन्तर्वार्ता लिँदै गर्दा कलाकारले कतातिर जिब्रो चिप्लाउँछ, कहाँ गल्ती गर्छ र त्यो कुरालाई हाइलाइट गरौंला भनेर बसेको देखिन्छ । त्यसैले यस्तो प्रवृत्ति मिडियाकर्मीबाट जबसम्म हट्दैन तबसम्म कलाक्षेत्र विवादमा परिरहन्छ । कलाकारसँगै मिडियाकर्मीले ध्यान पु¥याउनुपर्ने देखिन्छ । कलाकारले कहिलेकाँही गल्ती गर्दा त्यसलाई हाइलाइट होइन मिडियाकर्मीले जोगाइदिनुपर्छ । नराम्रा कुरालाई होइन राम्रा कुरालाई हाइलाइट गरिदिनुस् ।

अहिले कलाकार दुर्गेश थापाले स्वरसम्राट नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गीतसंगीतकै स्रष्टा भइसकेपछि त्यत्ति कुरामा ध्यान पु-याउनुपर्ने होइन ? 

दुर्गेश जीले त्यसो नगरेको भए राम्रो हुन्थ्यो तर गर्नुभयो । यो विषयमा सम्बन्धित व्यक्तिकै राय लिँदा ठीक होला । मैले राम्रो र नराम्रो भन्न चाहन्न । 

कलाकारहरूको लापरबाहीले दर्शकप्रतिको विश्वास त घट्यो नि ? दर्शकले हेर्ने नजर कस्तो होला ? 

हो मिडियोमा अन्तर्वार्ता दिन जाँदै गर्दा आफ्नो क्षेत्रको ज्ञान राख्नुपर्छ तर कलाकार भन्दैमा सबैकुरा जानेको बुझेको हुन्छ भन्ने हुँदैन । त्यसैले यो कुरामा मिडियाले बचाइदिनुपर्छ । अहिले चर्चामा आइरहेको दुर्गेश थापाको अन्तर्वार्ताकै कुरामा पनि प्रस्तोताले सोधेको उत्तरमा दुर्गेशले गलत गर्दैगर्दा यस्तो होइन नि यो होनी भन्नसक्नुपथ्र्यो । त्यसो गरेको भए दुर्गेशजीले त्यतिखेरै म झुक्किएछु, माफी चाहन्छु भन्नुहुन्थ्यो होल । यो कुरामा मिडियाकर्मी साथीहरूको पनि महŒवपूर्ण भूमिका रहन्छ जस्तो लाग्छ ।

पछिल्लो चारमहिनाको लकडाउनको समय कसरी बित्यो ? 

लकडाउनले केही अप्ठ्यारो बनाएपछि कतिपय कुरामा राम्रो पनि ग¥यो । जस्तो कि गीतसंगीत सिर्जना गर्ने कुरामा गाउँघरतिर भएँ, नयाँ विषयवस्तुमा रमाउन पाइयो । लामो समय घरपरिवारसँग बिताउन पाइयो । 

यो समयमा मेरो व्यक्तिगत रूपमा धेरै असर त परेन तर निम्न वर्ग जो ज्याला मजदुरी गर्नुहुन्छ उहाँलाई धेरै असर ग¥यो । मैले मेरोतर्फबाट गर्नसक्ने कुरा गरेँ । सरकार चलाउने केही सम्बन्धित मन्त्रीसँग पहल गरेको छु । आशा छ कदम चलाउनु हुन्छ । 


Views: 316