17th April | 2021 | Saturday | 11:36:01 PM

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनै तहको सरकारको संयुक्त प्रयास जारी छ : प्रजिअ पौडेल

गोकर्णप्रसाद भण्डारी   POSTED ON : भदौ १४, २०७७ (१०:१९ PM)

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनै तहको सरकारको संयुक्त प्रयास जारी छ : प्रजिअ पौडेल

 दोलखा । कोरोना भाइरस (कोभीड–१८) को संक्रमण देशभर फैलिएको छ । दोलखामा अन्य जिल्लाका तुलनामा केही कम जस्तो देखिएपनि राजधानीसँग नजिक रहेको जिल्ला तथा तराईसँगको दुरी कम भएका कारण दोलखा कोरोनाको उच्च जोखिममा रहेको छ । कोरोनाका कारण दोलखामा हालसम्म २४ जनामा संक्रमण देखिएको छ । कोरोना माहामारीकै बिचमा फेरि दोलखामा प्राकृतिक विपक्तिका कारण एक जनाले ज्यान गुमाएका छन् भने धेरै परिवार बिस्थापित छन् । जिल्लामा संघीय सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समिति (डिसीसीएमसी) ले कोरोना नियन्त्रण र रोकथामका लागि खेलेको भूमिका तथा प्राकृतिक विपक्ति विस्थापितलाई उद्धार र राहतको काम कसरी भैरहेको छ । हाल दोलखामा निषेधाज्ञा रहेको छ । यी सबै सन्दर्भमा गृहप्रशासनमा लामो अनुभव रहेका दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलसँग हिमालय टाइम्सकर्मी गोकर्णप्रसाद भण्डारीले गरेको संक्षिप्त कुराकानी:-

देशव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएको छ, दोलखाको पछिल्लो अवस्था  कस्तो छ ?

दोलखाको पछिल्लो अवस्था भन्नुपर्दा सुरुमा यस जिल्लाको गौरीशंकर गाउँपालिकामा दुई जनामा पिसिआर गर्दा पोजेटिभ देखिएपछि कन्ट्रयाक टेसिङमा गयौं परीक्षणको दायरा फराकिलो गराउँदा थप पाँच जना संक्रमित भएको नतिजा आयो । त्यसपछि पनि हामीले परीक्षणको दायरा बढाउँदै लगेका छौं । यसकारण पनि समुदायमा नै कोरोना भाइरस नफैलियोस् भनेर गएको साउन ३१ गते देखिनै लकडाउन गरि पुरै जिल्लालाई निषेधाज्ञा लगाईयौं । त्यसपछि कालिन्चोक गाउँपालिका र भिमेश्वर नगरपालिकामा पनि पिसिआर पोजेटिभको संख्या थपिदै गएकाले कन्ट्रयाक टेसिङ गर्दै स्वाब संकलन गरि परीक्षण कार्य जारी छ । लकडाउनको अवधिमा तत्कालिन महिला विकास कार्यालयको भवनमा २० बेड र नयाँ भवनमा २० बेडको आईसोलेसन कक्ष तयार गर्ने कार्य सुरु गरियो । हाल जिरिमा पाँच बेड र किर्नेटारमा पाँच बेडको आईसोलेसन तयारी अबस्थामा नै रहेको छ । यदि पिसिआर गर्दा संक्रमितहरुको संख्या बढ्दै गएमा च्छोरोल्पा अस्पतालको नर्सिङ कलेजलाई प्रयोग गर्न डिसिएमसीबाट निर्णय भएको अवस्था रहेको छ ।

लक डाउनको अवधीमा स्थानीयको सचेतता कस्तो पाउनु भयो ?

सुरुमा नागरिकहरुमा कोरोनासँगको डर थियो र मास्क लगाउने, दुरी कायम गर्ने स्यानिटाईजर लगाउने गरेका पाईदैन्थ्यो  । लगाउनु परे प्रहरी कारवाहीको डरले लगाउने गरिन्थ्यो । तर आजकाल मास्क लगाउने लगायत उच्च सर्तकता अपनाएको बढी सजक होसियार भएको पाउन सकिन्छ । स्थानीय पत्रिका, एफएम लगायत संचारमाध्यमबाट सचेतनामुलक सामाग्रीहरु प्रकाशनप्रशारण भएका छन् । संक्रमितहरुको संख्या पनि दिनाँनु दिन बढिरहेकाले अझ गम्भीर हुन सहयोग पुगेको पाईन्छ । अहिले लगाएको निषेधाज्ञामा त नागरिकहरुको ब्यापक सहयोग र सर्मथन भएको र आफू सुरक्षित हुनका लागि हो भन्ने नागरिकको बुझाई  रहेकाले नागरिकले उच्च सर्तकता अपनाएको महसुस गरेको छु । 

 लक डाउनको बिचमा स्थानीय सरकार र संघीय सरकार बिचको तालमेल कस्तो पाउनु भइरहेको छ ?

कोभिड- १९ रोगको रोगथाम नियन्त्रण गर्न स्थानीय तहहरुले प्रभावकारी भूमिका खेलेको महसुस गरेँ । खासगरि ठुलो संख्यामा भारतबाट  आएका र तेस्रो देशबाट आएका नागरिकहरुलाई क्वारेन्टाईन बनाई खाने बस्ने बन्दोबस्त मिलाईयो । त्यसरी कार्य गर्दा स्थानीय सरकार चाहिने रहेछ भन्ने सकारात्मक जनमानसमा प्रभाब परेको छ । अप्रत्यासित अवस्थामा आईपरेको यो समयमा गर्दै सिक्दै गरेको अवस्था रह्यो केन्द्रियस्तरबाट आएका नितिनिर्देशन बमोजिम डिसिएमसिको बैठक एजेण्डा सहित योजनाबद्ध ढङ्गले कार्य गर्ने परिपाटी बसालियो । हामीले एकल प्रयासको कार्य गरेनौं । स्थानीयतहका प्रमुखहरुसँग रहेर हरेक हप्ता बैठक बसि सल्लाहमा कार्यहरु अगाडि बढायौं । हामीलाई पुरै सहयोग सर्मथन रह्यो र समन्वय र सहकार्य गरि अगाडि बढ्दा अफ्ठ्यारो महसुस गर्नु परेन । स्थानीय तहको प्रभावकै कारण सहज महसुस भएको छ । 

संक्रमण नियन्त्रण र रोकथाममा तीन सरकारको भुमिका कुन बढी पाउनु भयो  ? स्थानीय सरकारको काम प्रति तपाँइहरु सन्तुष्ट हुनुहुन्छ ?

कोरोना भाईरसको रोकथाम र नियन्त्रणमा तीन वटा सरकार मध्ये स्थानीय सरकार बढी खटेको पाईयो । संघीय सरकारले निती निर्देशन र बजेट ब्यवस्थापनको कुरा रह्यो भने देखिने गरि कार्य गर्नु पर्ने बाध्यता स्थानीयतहलाई पर्याे । हामीले बिचमा रहेर पुलको काम गर्याैं । समन्वय सहजिकरण गरेर कार्य अगाडि बढाएको र स्थानीयतहहरुको प्रमुखहरुबाट पहिलो प्राथमिकतामा यो समस्यालाई  बजेट तथा खर्च ब्यवस्थापन गरेको पाईयो । यो माहामारीको अफ्ठ्यारो अबस्थामा यसप्रकारको कार्य हुनुलाई सकारात्मक रुपले लिनु पर्छ ।

पिसिआर  परीक्षणको दायरा बढाउन पर्ने नपर्ने के देख्नु भएको छ ? यसका लागि केही योजनाहरु बनाउनु भएको छ ?

पिसिआर परीक्षण कोरोनाको उपचार विधि हैन यो संक्रमित कति छन् उनिहरुबाट भए अरुअरुमा नपरोस र समुदायमा नफैलियोस भन्ने मुख्य उदेश्य हो । नागरिकहरुले उच्च सतर्ककता अपनाई आफैले दैनिक जीवन संञ्चालन गर्ने अबस्था रहेको छ । एक पटक टेष्ट गरेपछि पुन चौध पन्द्र दिन पछि कोरोना नसर्ने भन्ने होईन । तसर्थ हरहमेसा सर्तकता अपनाउन छाड्नु हुँदैन । स्वास्थ्य प्रोटोकल अनुसार पिसिआरको परीक्षण गर्नु पर्ने हुन्छ । संक्रमितहरुसँगको कन्ट्रयाक टेसिङ अनिबार्य छ । जवसम्म नजिकका ब्यक्तिहरुसँगको परीक्षण गर्दा पोजेटिभ आईरहन्छ तवसम्म नजिकका ब्यक्तिहरुको पिसिआर परीक्षणको दायरा बढाउनुको बिकल्प छैन । तर सबैको नेगेटिभ आयो भने यो सँधै गरिरहनु पर्छ भन्ने हुँदैन । समय समयमा बढी घुलमिल भएका ट्राभल हिस्ट्री भएकाहरुलाई पिसिआर टेष्ट गर्दै रहनु पर्छ ।

 यो महामारीको अबस्थामा फेरि बढी पहिरो जस्ता  प्राकृतिक विपक्ति पनि आईपरे दोलखामा,पछिल्लो अवस्था के छ ?

यो मनसुन जन्य बिपद्को समय पनि भएकाले र भूकम्पले पनि जरजर भएको पहाडी भुभागका कारण पहिरो जाने सम्भावना बढी रहन्छ । यस बर्ष धेरै पानी पनि पर्याे । गौरीशंकर गाउँपालिका बिभिन्न स्थानहरुमा पहिरो आई धनजनको क्षति भयो । जिल्लास्तरको टोली दुई पटकसम्म गई स्थलगत निरीक्षण गरि तोकिए बमोजिमको राहत सामाग्री बितरण गरियो । मृतकलाई दिने दुई लाख रुपैया पनि दिने प्रक्रिया पूरा भएको छ । केही परिवार बिस्थापित भएका छन् । यो सबै बिवरण केन्द्र सरकारमा पठाएका छौं । पहिरोको  जोखिम बढी छ । त्यहाँ जोखिम स्थानहरुमा नागरिकहरुलाई नबस्न अनुरोध गरेका छौँ । 


Views: 336