राजनीतिक विवाद समाधानसँगै विकासका काम गरिरहेका छौं

  POSTED ON : कार्तिक १, २०७७ (९:११ AM)

राजनीतिक विवाद समाधानसँगै विकासका काम गरिरहेका छौं

साविक सुन्दरीजल, नया“पाटी, बालुवा, गोकर्ण र जोरपाटी गाविसलाई समायोजन गरेर गोकर्णेश्वर नगरपालिका वनेको छ । काठमाडौंको पूर्वी भेगमा रहेको यो नगरपालिका काठमाडौं महानगरसँग जोडिएको छ । अन्य नगरपालिकाभन्दा आम्दानीको हिसाबले पनि यो नगरपालिका धेरै कारणले समृद्ध मानिन्छ । पालिका निर्वाचनका तीन वर्ष पूरा भएको छ । नगरपालिकामा विकासका पूर्वाधारहरू के छन् र के कस्ता योजना छन् भन्ने चासो स्थानीय नागरिकमा हुनु स्वाभाविक हो । हिमालय टाइम्सले स्थानीय सरकारका जनप्रतिनिधिहरू, प्रशासनिक प्रमुखहरूसँग सम्वादको क्रम थालेको छ । अब स्थानीय सरकारको मूल्यांकन आवश्यक भएको हुनाले पहिले हामी प्रतिनिधि वा प्रशासनिक व्यक्तित्वहरूका विचारलाई स्थान दिने छौं ।

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित सन्तोष चासलिसे लोकतान्त्रिक आन्दोलनमा कुनै नयाँ नाम होयन । काठमाडौंको पूर्र्वी–उत्तर क्षेत्रबाट सन्तोषले निरन्तर लोकतान्त्रिक आन्दोलनलाई गति दिने प्रयास गर्नुभयो । अरू साथीहरूसँग काँधमा काँध मिलाएर । मेयर सन्तोष चालिसे आफ्नो कार्यकालको सम्पन्न अवधिको मूल्यांकन कसरी गर्नु हुन्छ त ? हिमालय टाइम्सका त्यस क्षेत्रका संवाददाता पुरुषोत्तम घिमिरेले यो प्रश्नका साथ उत्तर खोज्नुभयो । मेयर चालिसेसँगको सम्वाद संक्षेपमा–  

तपाइँले निर्वाचन जितेको ३ वर्ष ६ महिना भयो । गोकर्णेश्वर नगरपालिकाका जनताका लागि उल्लेखनीय काम के गरे जस्तो लाग्छ ?

हामीले धेरै काम गरेका छौं । पाँचवटा गाविस मिलेर बनेको हाम्रो नगरपालिकामा अनगिन्ती समस्याहरू थिए । लामो समयदेखि स्थानीय निर्वाचन नहुँदा जनप्रनिधिविहीन थियो । नयाँ बनेको नगरपालिकामा बसेर काम गर्न सहज थिएन । जब म नगरप्रमुखमा जनताको विश्वास पाएर आएँ मलाई स्थानीय निकायको गतिविधि बुझ्नै १ वर्ष लाग्यो । बाँकी समयमा विकासका धेरै कामहरू गरेका छांै । पूर्वाधार विकासका लागि प्रत्येक वडालाई ५÷५ करोड रकम विनियोजन गरेका छौं । पहिलो वर्ष विकास खर्चका लागि ४५ करोड विनियोजन गरेका थियौं । वार्षिक ७ करोड उठेको कर म आएपछि ४४ करोड उठ्यो । १७ वर्षसम्म जनप्रतिनिधि नभएर दिक्क भएका जनतालाई जनप्रतिनिधि आएपछि काम गर्न सजिलो भएको अनुभूति हामीले दिलायौं । कर्मचारीको भरमा छोडिएको स्थानीय निकायका काम लठिवद्र थिए । त्यसलाई व्यवस्थित गर्नु सामान्य काम होेइन । हाम्रो नगरपालिकाले महिलालाई लक्षित गरी सीपमूलक तालिमहरू दियोे । ज्येष्ठ नागरिक तथा ५ वर्षभन्दा मुनिका बालबालिकाको डाटा कलेक्सन गरेर त्यसको तथ्यांक राख्यौं । गोकर्णेश्वर नगरपालिकामा कति विदेशिएका छन्, कति डाक्टर छन्, कति इन्जिनियर छन् कति अरू पेशामा व्यवसायमा छन् तिनीहरूको अभिलेख राख्ने काम भयो । खेलकुदमा पनि लगानी गर्दै छौं । अब्बल खेलाडीहरूलाई सम्मान गरेर हौसला बढाउने काम निरन्तर भइरहेको छ ।

खेलकुदमा विकास गरे भन्नुहुन्छ । सुन्दा अचम्म लाग्यो । यहाँका जनताले त बारम्बार भनिरहेका छन् एउटा खेल मैदान पनि छैन । एउटा खेल मैदान पनि नभएको नगरपालिकाले खेलकुदको कुरा गर्नु अस्वाभाविक भएन र ?

जनताले भनेको कुरा सही हो । तर खेल मैदान भएन भनेर खेलकुदमा लागानी नै नगर्नु भन्ने पनि त भएन नि । तपाइँले कुरा त राम्रो उठाउनुभयो । मैले नगरपालिकाका जनतालाई भन्नुपर्छ । हामीले खेल मैदानका लागि ठाउँ हेरिरहेका छांै । चाँडोभन्दा चाँडो यो काम सम्पन्न गर्छौं । यो हाम्रो चासोको विषय पनि यही हो ।

तपाइँले भन्नुभयो, प्रत्येक वडालाई ५÷५ करोड रुपैयाँ विनियोजन गरेका छांै । विनियोजन गरेको रकम वडाहरूमा सही ठाउँमा उपयोग भएको छ वा छैन ? अनुगमन भएको छ ?

हामीले यसको राम्र्रो अनुगमन गरेका छौं । बजेटको कही पनि दुरुपयोग भएको छैन । हाम्रो वडा अध्यक्ष तथा सदस्यहरू सारै मिहिनेती र इमानदार हुनुहुन्छ । नगरपालिका भनेको टिमवर्क हो । सबै मिल्यो भने काम गर्न सजिलो हुन्छ । सबै जनप्रतिनिधिले आफ्नो वडामा केही गर्नुपर्छ भनेर अहोरात्र खटिनु भएको छ । उहाँहरूलाई धन्यवाद दिन्छु ।

प्रसंग अलि कति बदलौं । यस नगरपालिकाले व्यवस्थित बस्ती बसाल्न कस्तो योजना बनाएको छ ?

 हामीले जग्गा प्लटिङ गर्दा ८ आनाभन्दा कम गर्न नपाउने भनेका छांै । जग्गा प्लटिङ गर्दा २२ मिटरको बाटो हुनपर्ने, अनिवार्य ढल तथा बिजुलीका पोलहरू चाहिनेछ । यो नभएका जग्गाहरूमा नक्सा पास नै नगर्न भनेका छांै । त्यहीअनुसार काम भएको छ । अर्काे कुरा गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिका मिलेर एउटा स्मार्ट सिटी बनाउने अवधारणा ल्याएका छांै । त्यसका लागि २४ हजार रोपनी जग्गा अधिग्रहण गर्ने योजना छ । २४ हजार रोपनी जग्गामध्ये १८ हजार रोपनीमा त खासै समस्या छैन । किनभने त्यो जग्गा खाली नै छ । तर बाँकी ६ हजार रोपनी जग्गामा भने समस्या छ । ती जग्गामा घर बनेका छन् । त्यसलाई पनि व्यवस्थित गर्ने योजना हाम्रो नगर पालिकाले गरिसकेको छ ।

सबैलाई समस्या परेको कुरातर्फ लागौं । वर्षौंदेखि भत्किएको जोरपाटी–सुन्दरीजल बाटो कहिलेसम्म तयार होला ? जनताले सोधिरहेका छन् ?

यो बाटोका कारण हामीलाई अप्ठ्यारो परेको छ । हामीले भनेको समयमा काम गर्न सकेनांै त्यसका लागि माफी माग्नै पर्छ । तर हाम्रो कारणले बाटो बन्न ढिला भएको होइन भनेर जनतालाई थाहा दिनुपर्छ । बाटो बन्न ढिला हुनुको प्रमुख कारण राजनीतिक अवरोध हो । विभिन्न राजनीतिक स्वार्थ हावी भएकाले बाटो बन्न ढिला भयो । अहिले सबै अवरोध पाखा लगाएका छांै । अब जतिसक्दो चाँडो हामी बाटो बनाउँछांै । कुनै दैविक प्रकोप नआएमा अबको दुई महिनाभित्र जोरपाटी–सुन्दरीजल बाटो पिच हुन्छ भन्ने अवगत गराउँछु । काम हामीले द्रूतगतिमा गरेकै छांै, जनताले पनि यो कुरा बुझिसक्नु भएको छ । अब काम चाँडो हुन्छ ।

अबको २ महिनामा बाटो बन्छ भनेर जनताले विश्वास दिलाउने आधार तपाइँसँग के छ ?

सबभन्दा पहिला त विश्वास गर्नु प-यो । विश्वासले नै संसार चलेको छ । विश्वास नगर्ने हो भने त केही पनि हुँदैन । हामीले जनतालाई विश्वास दिलाउने एउटै आधार भनेको बाटोको दया“बायाँ पर्खाल लगाउने काम सकिएको छ । ढल हाल्ने काम सकियो । बिजुलीको पोल सार्नेदेखि लाइन सार्नेसम्मको काम भइसक्यो । अब बाँकी काम भनेको बाटोमा ग्रावेल हालेर पिच गर्नमात्र हो । लगभग ७५ प्रतिशत काम सकिएको छ । २५ प्रतिशत काम २ महिनाभित्र हुन्छ भनेर जनतालाई विश्वास दिलाएका हौं । 

अब बाटो कति मिटर कायम हुने भयो ?

बाटो नबन्नुको प्रमुख कारण नै बाटो कति चौडा गर्ने भन्ने हो । अनावश्य विवाद बढाएर राजनीतिक दलहरूले हलो अड्काएर गोरु पिट्ने काम गर्नुभयो । विवादकै लागि विवाद गरेर के फाइदा । जनताको समस्या सबै दलका नेताहरूले बुझनुपर्ने होइन र ? यहाँ त मेयरको जिम्मा हो गरेन भने यही असफल हुन्छ भनेर केही मानिसहरू लागे । तर हामीले त्यसलाई परास्त गरेर अघि बढ्यांै । विकासका लागि राजनीति अवरोध खडा गर्छन् । राजनीति उद्देश्य जे भए पनि विकास कार्यमा त एकमत हुनपर्ने होइन ? कोही भन्नुहुन्छ–२२ मिटर नभई बाटो बनाउन दिन्न, कोही साथीहरू भन्नु हुन्छ– १४ मिटर कायम गरांै । हामीले कसको कुरा सुन्ने, कसको नसुन्ने ? व्यक्तिको सम्पत्ति क्षतिपूर्ति नदिई लिन नपाउने सर्वोच्चको आदेश छ । हामीसँग क्षतिपूर्ति दिने बजेट पनि छैन । यस्तो अवस्थामा हामीले सबै नागरिकलाई भेला गराएर मध्यमार्गी बाटोे रोज्यौं र १४ मिटरमा सबै सहमत भए । त्यसैले हाल जोरपाटी–सुन्दरीजल बाटो १४ मिटर हुने भयो ।

समस्याको रूपमा देखिएको कोभिड १९ को संक्रमणको व्यवस्थापनमा नगरपालिकाले कस्तो कार्य गरेको छ ?

सबभन्दा पहिला नै कोभिड १९ को व्यावस्थान गोकर्णेश्वर नगरपालिकाले गरेको हो । जब सरकारले चैतमा लकडाउन ग¥यो । त्यति नै बेला हामीले ११ जना विशेषज्ञ डाक्टरको टोली बनाएर कसरी अघि बढ्न सकिन्छ भनेर छलफलमा लाग्यांै । कसैलाई समस्या प¥यो भने खबर गर्न भनेर डाक्टरहरूको नम्बर नै सार्वजनिक गरियो । चारवटा अस्पतालले गोकर्णेश्वर नगरपालिका संग समन्वय गरेर अघि बढ्ने भन्ने सम्झौता गरियो । नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, खाग्री इन्टरनेसन्ल अस्पताल तथा अर्थोपेडिक अस्पताल । हाइलेवलको आइसोलेसन वार्ड भनेर गोकर्णेश्वर नगरपालिकाले सञ्चालन गरेको छ । ७५ वटा आइसोलन वार्ड तयार गरिएकोमा अहिले ५१ वटा सञ्चालनमा छन् । बाँकी छिटै सञ्चालनमा आउनेछन् । ५ करोड कोभिड उपचारका लागि छुट्टाइएका छांै । कोभिड बिरामीलाई खाना निःशुल्क खुवाइरहेका छौं । दुइटा एम्बुलेन्स सञ्चालनमा छन् । एउटा त कोभिड कै लागि मात्र भनेर राखेका छौं । कोभिडका लागि नेपाल प्रहरी र नेपाल आर्मीका गरेर ११ जनाको रेसक्यु टिम तयार पारेका छौं । राज्यले गर्न नसकेको काम हाम्रो नगरपालिकाले गरेको छ । कसरी गरिरहेको होला सोच्नुहोस त । ५ सयजनाको स्वयंसेवक दस्ता पनि बनाइएको छ ।

गोकर्णेश्वर नगरपालिकामा कोभिड बिरामी तथ्यांक राख्ने गर्नु भएको छ ?

अहिलेसम्म ९ सयजना कोभिड बिरामी गोकर्णेश्वर नगरपालिकाको तथ्यांकमा छ । ठीक भएका ५ सयजना र उपचारमा ४ सयजना हुनुहुन्छ । सामान्यहरू होम आइसोलेसनमा बसिरहनु भएको छ भने गाह्रो भएकाहरू आइसोलेसनमा राखेका छौं । केभिडकै लागि भनेर हामी अहोरात्र खटिएका छौं, प्रतिदिन तथ्यांक संकलन गर्छौं र उचित व्यवस्थापन गछौं ।

नगरपालिकाको भवन बनाउने कुरो कहाँ पुगेर अड्कियो ? भवन नबन्नुको कारण ?

नगरपालिकाको भवनका लागि डिपिआर तयार पार्नै ढिला भएकाले भवन बनाउने काम केही ढिला भएको हो । अब छिटै हामीले नगर पालिकाको भवन बनाउन ३५ करोड रुपैयाँको टेन्डर आवाहृन गर्न लागेका छौं । यसै महिनाभित्र टेन्डर आवाहृन गर्छौं । हामीले एक वर्षभित्र भवन बनाउने सम्झौता गर्छौैं । 

जापानबाट ल्याएको फोहोर जलाउने मेसिनको बारेमा एकताक निकै चर्चा चलेको थियो । अहिले चर्चा भएको पाइँदैन । कहाँ छ त्यो मेसिन ? 

कुरा गरे धेर बसे बेर भनेजस्तो कुरा नगरे पनि भएको छैन । गर्दा पनि कति अरूलाई भन्छ भनेजस्तो । फोहोर जलाउने मेसिन राख्न भनेर धेरै ठाउँमा तयार पा¥यो त्यहाँ पनि राजनीतिक अवरोध नै आयो । राजनीतिक अवरोध आएकाले हालसम्म मेसिन राख्न सकेका छैनांै । मेसिन राख्ने काम लगभग टुंगोमा पुगिसकेको छ ।

फुटपाथ व्यवस्थापनका बारेमा नगरपालिकाले नसोचेको भन्ने जन गुनासो व्यापक नि ? 

अहिले बाटो फराकिलो पार्न भनेर जताततै भत्काइएको छ । त्यसकारण पनि फुटपाथ व्यवस्थापन गर्न गाह्रो भएको छ । बाटोको काम सकिएपछि हामी यसलाई व्यवस्थित गर्छाैंै । फुटपाथको समस्या अब केही समयपछि हल हुन्छ ।

मेलम्चीको पानी जोरपाटी, आरुबारी, बेंशीगाउँलगायत ठाउँमा वितरण हुँदैन ? यदि हुन्छ भने सबैतिर पानीको पाइप बिच्छाउँदा यहा“ बिच्छाउने काम भएन ?

जोरपाटी, बेंशीगाउँ आरुबारीलगायत ठाउँमा मेलम्ची खाने पानी विस्तारका लागि २ अर्ब १७ करोड रुपैयाँ छुट्याएका छौं । हामीले पाइप बिच्छाउने काम केही समयपछि गर्छौं । पाइप सडक खनेरभन्दा पनि बाटोको साइडमा राख्न खोजेका छांै ।

तपाइँ आफ्ना नगरवासीलाई अरू केही भन्न चाहनुहुन्छ ?

सबै नगरवासीहरूलाई एउटै अनुरोध गर्न चाहान्छु । भ्रम र कसैको लहलहैमा भन्दा आफ्नो विवेक पु¥याएर सत्य के हो भनेर खोज्ने प्रयास गर्नुहोला । मेयरले यसो ग¥यो भनेर पछाडि भन्नुभन्दा पनि मलाई नै भेटेर नै भन्नुहोस् । तपाइँहरूलाई परेको समस्या हल गर्न हरहमेसा म तयार छु । तपाइँहरूले मलाई विश्वास गरेर मेयर जस्तो गरिमामय पदमा विजयी गराउनुभयो । म तपाइाहरूसँग गरेको वाचा पूरा गर्न हरसम्भव प्रयासमा छु । नगरपालिका भित्रका समस्या भनेको तपाइँ हाम्रो साझा समस्या हो । यसलाई हामी मिलेर समाधान गर्नुपर्छ । हामी एकअर्कामा हातेमालो गरेर अघि बढ्नुपर्छ । तपाइँहरूको राय सुझाव नै मेरा लागि अघि बढ्ने मार्ग निर्देश हो ।


Top