व्यक्तिगत चर्चाको पछि नलाग्ने शीतल

हिमालय टाइम्स   POSTED ON : कार्तिक २३, २०७७ (९:३४ AM)

व्यक्तिगत चर्चाको पछि नलाग्ने शीतल

काठमाडौं । नायक शीतल केसी डेढ दशकदेखि नेपाली चलचित्र जगतमा सक्रिय रूपमा लाग्नुभएको छ । नेगेटिभबाट खिचिने नेपाली सिनेमाको प्रविधिबाट डिजिटल प्रविधिसम्म आउँदा नेपालमा पहिलो पटक डिजिटल प्रविधि भिœयाउँदै अभिनय गरेको ‘जाल’ दर्शकलाई लोभ्याउन सफल रहृयो उहाँको । 

चलचित्र व्यावसायिक दृष्टिकोणलेसमेत सफल भयो । जसबाट प्रेरितभई रिल स्टमको प्रविधि अन्त्य भई पूरा नेपाली सिनेमा जगत नै डिजिटलमय भयो । जुन प्रविधि अहिले संसार भरि नै अग्रपंत्तिमा अगाडि बढिरहेको छ । रिलदेखि डिजिटलसम्म निरन्तर काम गरिरहनुभएका र आगामी प्रोजेक्ट ‘अधुरो प्रेम कहानी’को तयारीमा रहनुभएका नायक केसीसँग समसामयिक विषयमा हिमालय टाइम्सका लागि गोपीकृष्ण चापागाईंले गर्नुभएकोे कुराकारीः

-आजभोलि कहाँ के गर्दै हुनुहुन्छ ?

तपाइँलाई थाहा नै छ अहिले संसार कोरोना कहरमा परेको छ । हरेक क्षेत्रमा यसको प्रभाव परिरहेको छ, जसले गर्दा नेपाली सिनेमा क्षेत्र अछुतो रहन सकिरहेको छैन । जसले गर्दा धेरैमात्रमा प्रविधिक, कलाकार जसले सिनेमालाई आफ्नो मुख्य पेशा बनाएर जीविकोपार्जन गर्दै आउनु भएको छ । उहाँहरूलाई ठूलो मर्का परेको छ भने राज्यलाई समेत राजस्व नोक्सान भइरहेको छ । जसले गर्दा म र मेरो जीवन पनि सिनेमासँग जोडिएका कारण केही प्रभाव परेको महसुस गरिरहेको छु । मैले यसलाई एक अवसरको रूपमा पनि लिएको छु । दिनहुँजसो सुटिङ, डबिङ तथा सामाजिक संघ, संस्थाको काममा व्यस्त रहने जीवन केही समयको लागि भए पनि म र मेरो व्यक्तित्वलाई अझ निखार गर्ने समय भएको छ । यसलाई भरपुर फाइदा लिरहेको छु । जहाँ मेरो नयाँ प्रोजेक्टका लागि आवश्यक काम गर्ने समय मिलेको छ । टिममा छलफल गरिरहेका छौं, गीत संगीतमा अझ निखारपन ल्याउन समय भइरहेको छ । लोकेशन पहिलेको निर्धारितभन्दा परिवर्तन गरिएको छ । यही सेरोफेरो र कोभिडबाट पीडित केही प्राविधिकहरूलाई राहत बाँड्ने र कसरी हुन्छ सिनेमासँग सम्बन्धित सबैलाई बचाइराख्ने किसिमको गतिविधिमा व्यस्त छु ।

-नेपाली सिनेमा पनि अन्तर्राष्ट्रिय स्तरमा अथवा उचाइमा पुग्न सफल भइरहेको थियो अब कोभिडले गर्दा पछिको स्थितिमा पनि त्यही उचाइ लिन्छ त ?

निकै राम्रो समसामयिक प्रश्न गर्नु भो, हामी र हाम्रो लागि र नेपाली सिनेमाका लागि एक ठूलो चुनौती आएको छ । अब फेरि हाम्रो सिनेमा त्यही अवस्थामा फर्किन्छ वा फर्किँदैन सबै यससँग सम्बन्धित निकायमा ठूलो बहस हुन थालेको छ । कसरी पहिलेको अवस्थामा नेपाली सिनेमा सहज स्थितिमा ल्याउन सकिन्छ, ती दर्शकलाई कसरी विश्वास दिलाउन सकिन्छ, हलसम्म ल्याउने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषय अव चुनौती छ । हामीले पनि राज्यलाई कसरी हुन्छ ठूलो लगानीमा निर्माण भएर प्रदर्शनको तयारीमा रहेका सिनेमाको निर्मातालाई कसरी सहज बनाउन सकिन्छ र आर्थिक रूपले पनि कसरी बचाउन सकिन्छ भन्नेप्रति पहल भइरहेको छ । निर्माता बचेमा सिनेमा उद्योग बच्छ र राज्यले ठूलो मात्रामा राजस्व असुल्न सक्छ त्यसैले हामी र हाम्रो संस्थाले राज्यको सम्बन्धित निकायलाई घचघचाइ रहेका छौं । हो, नेपाली सिनेमा उद्योगको रूपमा आगाडि बढिरहेको र ठूलो संख्यामा रोजगार दिइरहेको र कलाकारदेखि प्राविधिकसम्मलाई समाजमा छुट्टै प्रतिष्ठा प्रदान गरेको छ । नेपाली सिनेमा विदेशमा विशेष प्रदर्शन गरेर निर्माताले राम्रै आर्थिक लाभ लिइरहेका थिए, अब के फेरि त्यहीस्तरमा नेपाली सिनेमाले उचाइ लिन्छ त भन्ने ठूलो चुनौती त छँदैछ । त्यसैले यससँग सम्बन्धित सबै निकाय, संस्था र राज्यस्तरबाट गहन रूपले सोच्ने बेला आएको छ ।

- यो स्थितिमा सिनेमा प्रदर्शन, प्रबद्र्धन हुन्छ त ?

नेपाली सिनेमासँग सम्बन्धित सबै पक्षबीच बहस चलिरहेको छ । कसरी निर्माण, प्रदर्शन र प्रबद्र्धन गर्ने भनेर । हामीले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिरहेका छांै, जस्तै बलिउडमा भर्खरमात्र सिनेमा हल खोलिएका छन् । परिणाम कस्तो आउँछ हेर्दैछौं र अन्य कुनै माध्येमबाट सिनेमा प्रदर्शन गर्न सकिन्छ कि भन्नेमा बहस जारी छ । कुनै इलोक्ट्रोनिक साइड वा युट्युब, टिभीलगायत विकल्पहरूको खोजी भइरहेको छ । जसले हात, हातमा र घरघरमा बसेर सहजै नयाँनयाँ सिनेमा हेर्न सकिने वातावरण बनाउन प्रयासरत छांै । जसले नेपाली सिनेमाको बजार विस्तारमा मद्दत पुगोस् ।

- तपाइँ नेपाली सिनेमाको एक्शन नायकको रूपमा दर्शकहरूले चिन्दै आएका छन् । केही महिनाबाट तपाइँ अभिनित सिनेमा प्रदर्शन हुन सकिरहेको छैन के यसबाट तपाइँ र तपाइँको कलाकारिता ओझेलमा पर्ने त होइन ?

मैले र मेरो कलाकारिताको जीवनमा कहिले पनि आफ्नो व्यक्तिगत तारिफ कहिलै गरिन । तपाइँहरूलाई थाहा छ म मेरो व्यक्तिगत चर्चा परिचर्चाको विषयमा कहिलै अगाडि आएन धेरै मिडियाले पच्छाउँदा पनि म यदाकदाबाहेक पछि नै बसे । यो मेरो व्यक्तिगत व्यस्तता पनि थियो र यो मेरो नेचर पनि हो । त्यसैले मेरो बारेमा बजारमा के कस्ता चर्चा परिचर्चा हुन्छ त्यता कहिलेनी जान चाहिन, चाहेत केवल मेरो काम एक पछि अर्को काम कसरी राम्रो दिन सकिन्छ भन्नेमै दिन बित्यो । धेरैभन्दा पनि राम्रो सिनेमा दिनेमा मेरो सम्पूर्ण ध्यान केन्द्रित भयो । त्यसैले व्यक्तिगत चर्चाभन्दा पनि मेरो राम्रो सिनेमाको चर्चा हुँदा मेरो नाम पनि जोडिनु स्वभाविक हो । संख्याको हिसाबलेभन्दा गुणात्मक सिनेमालाई मेरो जीवनसँग जोड्दै आएको छु । त्यसैले दर्शकहरूले मेरो सिनेमालाई पर्खिएर बसेको पाएको छु । त्यसैले मेरो व्यक्तिगत चर्चा र महŒव दर्शकबाट कम हुन्छजस्तो लाग्दैन । अर्को कुरा मैले भनिसके मेरो कलाकारिता ओझेलमा पर्दैन, यही वर्ष मेरो चलचित्र प्रदर्शनमा आएको थियो ‘सम्हाली राख है’ जुन चलचित्र व्यावसायिक दृष्टिकोणले सफल मानिएको थियो । प्रदर्शनको तयारीमा दुई चलचित्र छन् परिस्थिति सहज हुनासाथ प्रदर्शनमा आउनेछ । जसले मेरो कलाकारिता जीवनलाई ओझेलमा पर्न दिँदैन ।

- विगत हेर्दा तपाइँले नेपालमै पहिलो पटक डिजिटल प्रविधिको सिनेमामा अभिनय गर्नुभयो । नयाँ प्रविधिमा, तपाइँको पहिलो एक्शन सिनेमा बजार, दर्शक तथा प्रविधिलाई लिएर कस्तो अनुभव गर्नु भएको थियो ? 

हो, त्यो बेला ठूलो चुनौतीको सामना गर्नुप¥यो । विश्वमै उदयमान प्रविधि डिजिटल एनलकको स्थितिलाई विशेषतः हामी, हाम्रो टिमले अध्यायन ग¥यो, हलिउडदेखि बलिउडसम्म डिजिटल प्रविधिबाट सिनेमा निर्माण भइरहेको थियो । ती सिनेमाहरूलाई अध्यान गरियो र अब नेपालमा हामी डिजिटल प्रविधिका सिनेमा निर्माण गर्नुपर्छ भन्नेमा पुगांै । अझ हाम्रो जस्तो विविध भौगोलिक बनौट भएको देशमा यो प्रविधि उत्तम लाग्यो । क्यामरा, लाइटिङ सबै पक्षबाट राम्रो प्रविधि र संसारभरको प्रयोगलाई मध्येनजर गरी भविष्य डिजिटलमय हुने भएकाले यो प्रविधिलाई छनौट गरियो । यो समयको माग, विज्ञानको पछिल्लो उपलब्धि पनि हो । त्यही प्रविधिबाट खिचिएको चलचित्रले मलाई नवनायकको अवार्ड दिलाउन सफल रहृयो भने एक्शन नायकको उपाधि दिलायो । दर्शकले यो प्रविधिलाई रुचाए सिनेमा जगत नै डिजिटलमय भयो । परिवर्तित हुँदै अहिलेसम्म यथावत् छ जुन प्रविधि संसारभरै प्रयोमा छ ।

- जाल चलचित्रबाट नेपली सिनेमा जगतमा नायकको रूपमा स्थापित हुँदै गर्दा र यहाँसम्म पुग्दा तपाईको कलाकारिताको व्यावसायिक जीवनदेखि व्यक्तिगत जीवन कस्तो रहृयो, के फरक पाउनुभयो ?

ज्व मेरो जाल चलचित्रले सिनेमा बजारमा एक किसिमको हलचल मच्चाई दियो अँध्यारो पर्दामा देखिने ३५ एमएमको सिनेमा एकाएक सिनेमास्कोप र फुल पर्दामा जस्ताको त्यस्तै हुवहु लोकेशन देखिने डिजिटल प्रविधिको सिनेमा हेर्दा दर्शकलाई भरपुर मनोरञ्ज भयो । डिजिटलमा एक्शनका दृश्यहरूलाई अझ सशक्त बनाउन सकिने भएकाले दर्शकले मन पराउन थाल्नुयो । जसले मलाई एक्शन नायकका रूपमा स्थापित गरायो । नेपाली सिने जगतलाई नै एक उचाइमा पु¥याउनसक्ने नायकको रूपमा हेरिन लाग्यो र अनि मलाई सिनेमाको अफर धेरै आउन थाले । मैले संख्यात्मक रूपमा भन्दा गुणात्मक सिनेमा गर्नुपर्छ भन्ने मान्यता राखे स्क्रिप, कथावस्तु, युनिट हेरेर काम गर्न थाले । एउटा सिनेमा सक्काएरमात्र अर्को सिनेमामा काम गर्थे । यसै क्रममा मलाई चलचित्र ‘मेरो राजेश दाइ’ले मलाई उत्कृष्ट नायकको अवार्ड दिलाउन सफल रहृयो । ‘हाम्री चेली’ नामक चेतनामूलक चलचित्रलगायत थुरै अन्य चलचित्रले मलाई यस क्षेत्रमा टिकिरहन मद्धत पुराएको छ । हाम्री चेली राज्यबाट छनौट पक्रिया उत्कृष्ट ठहरिएको थियो भने सोही चलचित्रले दुबाईमा सम्पन्न छायाँछवि अवार्डमा वेष्ट एक्टरको उपाधिबाट सम्मानित गराएको थियो । एकपछि अर्को चलचित्रमा व्यस्त हुन थालेपछि सिनेभन्दा अरू केही सोच्न सकिन । जसले मलाई नाम, दाम दियो र यसै क्षेत्रलाई मुख्य पेशा बनाउँदै आए र नेपाली सिनेमाका एक व्यस्त आर्टिष्टको पंत्तिमा आफूलाई उभ्याउन सफल भए । र, सँगसँगै सामाजिक गतिविधिहरूमा पनि सक्रियरूपले लागियो जसबाट म अति नै सन्तुष्ट छु । जतिबेला कामको तालिका मिलाउन कठिन हुन्थ्यो भने अहिले त्यो अवस्था भने छैन । आफ्ना चाहनालाई कुल्चेर काम, आफ्नो जिम्बेवारीलाई महŒव दिँदै अगाडि बढिरहे जसले गर्दा मेरो जीवन र कलाकारितालाई सफल बनायो, अरू सोच्नसम्म फुर्सद छैन ।

- कलाकारिता र जीवनमा धेरै हनुभव संगाल्नु भएको छ । सिनेमा क्षेत्रमा आउन चाहनेहरूलाई के सल्लाह दिनु हुन्छ ?

जति पनि हामीले बाहिरबाट सिनेमा जगतलाई देखेका छांै त्यो स्वर्ग जस्तो लाग्छ । वास्तविकता देखेभन्दा फरक छ । यहाँ ठूलो प्रतिस्पर्धा छ । यस क्षेत्रमा आउनु पहिले आवश्यक सीप व्यक्तित्व विकास र दृढसंकल्प संयमित हुन सिक्नु र अनिमात्र आउनुस् । जसले कलाकारिता क्षेत्रमा स्थापित गराउन सकोस् ।


Top