18th April | 2021 | Sunday | 12:20:17 AM

परिस्थिति जे जस्तो भए पनि सिनेमा बन्नुपर्छ

  POSTED ON : कार्तिक २८, २०७७ (९:१४ AM)

परिस्थिति जे जस्तो भए पनि सिनेमा बन्नुपर्छ

काठमाडौं । चलचित्रको पर्दामा देखिनेको जति मिहिनेत हुन्छ एउटा राम्रो दृश्य सामग्री बन्नका लागि पर्दा पछाडि रहेर काम गर्नेहरूको अझ बढी जिम्मेवारी रहन्छ । यस्तै एक दशकदेखि पर्दा बाहिर अर्थात् छायांकारको रूपमा काम गर्दै आइरहनु भएका जीवन पराजुली नेपाली सिने जगतका परिचित नाम हो । 

नेपाली चलचित्रमा बढ्दै गएको डिजिटल प्रविधिसँग खेल्दै स्क्रिप्ट र निर्देशकको सोचलाई पर्दामा उतार्ने छायांकार जीवन पराजुलीले चलचित्र ‘काले दाइ’, ‘निर्जला’, ‘किन रुन्छ मेरो मन’, ‘चियर्स’, ‘मेरो आफ्नो’, ‘झमक बहादुर’, ‘स्पर्श’, ‘खतरनाक’लगायत चलचित्रमा आप्mनो कार्य क्षमता पस्किसक्नु भएको छ । 

काभ्रे, मण्डन देउपुरका स्थानीय पराजुली काठमाडौंलाई कर्मलो बनाएर अघिबढिरहनु भएको छ । उहाँसँग हिमालय टाइम्सका लागि गोपिकृष्ण चापागाईंले गर्नुभएको संक्षिप्त कुराकानीः

अहिले के गर्दै हुनुहुन्छ ?

कोरोना भाइरस (कोभिड–१९) कहरका कारण केही समय चलचित्रको काम ठप्प भएसँगै हामी प्राविधिकहरू पनि त्यतिकै घरमा बस्नु प¥यो । केही म्युजिक भिडियोको छायांकन भए पनि ठूलो पर्दाको सिनेमाको खासै काम भएन । अब भने विस्तारै काम सुरु हुन थाले जस्तो छ । निर्माण घोषणा भएर फ्लोरमा जान नसकेका थुप्रै चलचित्र छन् । मेरो सन्दर्भमा भन्ने हो भने यसै साताबाट छायांकन हुने 

कोरोना कोभिड–१९ झन् बढिरहेको अवस्था छ । यो स्थितिमा सिनेमा निर्माण गर्दा उचित होला त ?

सधैं यस्तो अवस्था त नहोला नि । देशबाहिर बलिउड, हलिउडमा हलहरू खुल्न थालिसकेका छन् । नेपाली सिनेमासँग सम्बन्धित सबै कलाकार, प्राविधिक र पोष्टपोडक्शन हाउसहरू सात महिनादेखि कामविहीन छ । यस्तो अवस्थामा आफ्ना घर, परिवारको व्यवस्थापन गर्न कति कठिनाइ भइरहेको होला भन्नेतर्फ खासै कसैको चासो गएजस्तो मलाई लाग्दैन । चलचित्र विकास बोर्ड र प्राविधिक संघको पहलमा केही राहत वितरण भए पनि सधैं त्यसले पुग्ने त होइन । त्यसैले हामी जस्तो सिनेमामा काम गर्नेहरूका लागि चलचित्र बनिरहनुपर्छ भन्ने मेरो मान्यता छ । सिनेमाभन्दा अरू व्यवसाय गर्न हामी जस्तालाई कठिन हुन्छ । जहाँसम्म उचित होला कि नहोला भन्ने कुरामा सधैं यस्तो अवस्था त रहन्न होला नि । 

हामी कहाँ त सिनेमा घर खुलेको छैन नि ?

बलिउडमा सिनेमा हल खोलिन थालेका छन् । परिणाम कस्तो आउँछ हेर्दैछांै र अन्य कुनै माध्यमबाट सिनेमा प्रदर्शन गर्न सकिन्छ कि भन्नेमा पनि छलफल भइरहेको छ । कलिउड अर्थात् हामी कहाँ यतिबेला हल नखुलेको अवस्था छ । यस्तो अवस्थामा इलोक्ट्रोनिक साइड वा युट्युब, टिभीलगायतका विकल्पहरूको खोजी गर्ने हो कि । जसले हलको विकल्पको काम गरोस् र नेपाली सिनेमा हात, हातमा र घरघरमा बसेर सहजै नयाँ–नयाँ सिनेमा हेर्न सकिने वातावरण बनोस् जसले नेपाली सिनेमाको बजार विस्तारमा मद्धत पुगोस् । विकल्प नखोज्ने हो भनेत भोलि पाकिस्तानी फिल्म उद्योग जस्तो हाम्रो सिनेमा उद्योग नहोला भन्न सकिन्न । त्यसैले परिस्थिति जे जस्तो भए पनि सिनेमा बन्न छोड्नु हुन्न ।

नेपाली चलचित्र उद्योगमा डिजिल प्रविधिका क्यामेरा प्रयोगमा आएपछि के कस्ता फाइदा भए त ? 

डिजिटल प्रविधिको प्रवेशले नेपाली सिनेमाको क्षेत्रमात्रै होइन संसारभर नै यसको प्रयोग बढेको छ । रिलको झञ्जटबाट मुक्ति मिलेको छ । आर्थिक हिसाबले पनि केही सहज भएको छ । रिलले खिच्दा दुई, चार टेक बढ्ने बित्तिकै निर्माताहरू टाउको कनाउन थाल्थे, डिजिटलले सजिलो बनाइदिएको छ । छायांकन समय केही बढे पनि आर्थिक बढ्दैन । नेपाली सिनेमा उद्योगमा धेरै प्रकारको क्यामरा भित्रको छ । सबै क्यामराको आआफ्नै विषेशताहरू छन् । अध्यय गर्नु र हुनु जरुरी छ जसले सजिलै राम्रो काम लिन सकियोस् । क्यामरा क्वालिटीको भए पनि चलाउन जानिएन भने काम छैन । पिडी १५० नामकोे क्यामेरा थियो । डिजिटलमा आएको यो क्यामेरा बेटा क्यामपछिको पहिलो हो । सुरुमा आउदाताका नेपाली चलचित्रका लागि उपयुक्त भए पनि, यद्यपि हलहरू डिजिटल टेक्नोलोजीमा छिरिसकेका भने थिएनन् । अहिलेजस्तो हलमा सोझै देखाउन त मिल्दैनथ्यो । तर, पनि डिजिटल टेक्नोलोजीको प्रशिक्षण चाहिँ यसैले गराएको हो नेपाली सिनेकर्मीलाई ।

कुन ब्राण्डको क्यामरा चलाउँदा सजिलो र राम्रो हुन्छ ?

अहिले धेरै प्रकार र आकारका क्यामरा नेपाली सिने उद्योगमा भित्रेको छ । ती मध्ये सोनी सिक्स एक्स थ्री, यो फुल एचडी भर्सन क्यामेराको रेजुलेसन १९२० बाइ १०८० छ । यसबाट फेम साइज १०४ पिमा खिच्न सकिन्छ । चलाउँन सजिलो छ । कार्डमा रेकर्ड हुने भएकाले यसबाट खिचिएको चलचित्रलाई पोष्ट प्रोडक्सनमा सजिलो हुन्छ । अहिले यसको प्रयोग चुलिएको छ । फोके, रेड वान कम्पनीको यो क्यामेरामा लाइट सेन्सेटिभ बढी छ । कम लाइटमा पनि यसको प्रयोग गर्न सकिन्छ । एसआइटुकेभन्दा पनि चलाउन सजिलो भएकाले यसको प्रयोग बढ्दै गएको छ । नेपालमा प्रयोगमा आएका अन्य क्यामेराभन्दा धेरै रेजुलेसन र ठूलो हुने हँुदा परसम्मका वस्तु प्रष्ट देख्न सकिन्छ । सबै क्यामराको आ–आफ्नो विशेषता छ, सदुपयोग गर्न जान्नु प¥यो । 


Views: 145