17th April | 2021 | Saturday | 10:58:56 PM

हिजोआज पहिरनमा विविधता आएको छ, फेशनप्रति सचेतना बढेको छ : इनु थापा, फेशन डिजाइनर

  POSTED ON : मंसिर २२, २०७७ (७:४९ AM)

हिजोआज पहिरनमा विविधता आएको छ, फेशनप्रति सचेतना बढेको छ : इनु थापा, फेशन डिजाइनर

पछिल्लो समय नेपालमा पनि फेशनसम्बन्धी सचेतता बढ्दै गएको बताउनुहुन्छ फेशन डिजाइनर इनु थापा । उहाँले यो क्षेत्रमा रहेर आफ्नो नाम जति अग्लायाउनु भएको छ त्यति नै आर्थिक रूपमा समृद्धि प्राप्त गर्नु भएको छ । नेपालमा हुने विभिन्न फेशनसम्बन्धी कार्यक्रममा निर्णयकको रूपमा प्रायःजसो देखिने उहाँ आफ्ना नयाँ नयाँ क्रियशन प्रस्तुत गर्दै आउनु भएको छ । उहाँले २०१२ देखि लगातार मिस टिन नेपालका लागि डिजाइन गर्दै आइरहुनु भएको छ यो प्रतियोगिता काठमाडौं जेसिसले गर्दै आइरहेको छ । यस्तै नेपालमा हुने अन्य प्रतियोगितामा पनि उहाँका डिजाइन प्रस्तुत हुने गर्दछन् । समाजसेवमा अग्रणी रूपमा आफूलाई स्थापित गर्नुभएकी इनुले डिजाइन गरेका फेशनले चर्चा पाइरहँदा विभिन्न पुरस्कारबाट सम्मानित हुनुहुन्छ । नेपालको फेशन डिजाइनमा उल्लेखनीय योगदान पु-याउनु भएकी इनुसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नु भएको कुराकानी :

यतिबेला के गरिरहनु भएको छ ?

तपाइँ हामी सबै यतिबेला कोरोना कहरमा छांै। विश्व नै यसको संक्रमणको सिकार भएको छ । हामी कहाँ कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन गरियो । बीचमा केही खुकुलो भए पनि फेरि निषेधाज्ञा भयो । देशैभर कतै लकडाउन त कतै निषेधाज्ञा र सिलका कारण जनजीवन प्रभावित हुन पुग्यो । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । अहिले स्वास्थ्य सर्तकता अपनाउँदै केही खुकुलो गरिएको छ । फेरि डर त्रासका बीचमा जनजीवन चलिरहेको छ । म पनि यही परिस्थितिसँग जुझँदै अगाडि बढिरहेकी छु । यो बीचमा कोरोनाका कारण अप्ठ्यारोमा पर्नु भएकालाई केही सहयोगको हात बढाए । यस्तै यस्तैबीच चलिरहेको छ अहिलेको दिनचर्या । 

कस्तो छ फेशनको अवस्था ?

यतिबेला सबै कार्यक्रम ठप्प छन् कोरोना कहरबाट । यस क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ । विगत ८ महिनादेखि फेशन क्षेत्रका गतिविधि ठप्प छन् । पछिल्लो समय केही हुने तयारीमा छन् । यो बीचमा केही भर्चुअल कार्यक्रम भएका भए पनि प्रत्यक्ष सहभागी भएर हुने कार्यक्रम हुन सकेका छैनन् । आशा गरौ छिट्टै सहज परिस्थिति आउने छ । हामी पुरानै अवस्थामा फर्किने छांै । फेरि यही अवस्थामा आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै केही कार्यक्रममा जुटेका छांै । भर्चुअल कार्यक्रममा पनि आफूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएकी छु । कोरोनाको असर पूर्ण निराकरण नहुँदासम्म यो सँगसँगै हिँड्नुपर्ने बाध्यता छ । पूर्णरूपमा स्वास्थ्यका मापदण्ड पालना गर्दै अबका दिनमा अघि बढनु आजको आवश्यकता हो ।

हामीकहाँ कस्तो रहेको पाउनु हुन्छ फेशनको अवस्था ?

मलाई के लाग्छ भने हरेक मान्छे आफूलाई राम्रो नै देखाउन चाहन्छ । सबै नै राम्रो हुन चाहन्छन् । प्रत्येक मान्छे स्टाइलिस हुन चाहन्छ । तर, कतिलाई कसरी के कस्तो भन्ने थाह नहुन सक्छ । पछिल्लो समयमा यसतर्फ धेरैको रुचि बढेको छ । आफूलाई सुहाउँदो फेशनतर्फ मानिसहरू सचेत हुन थालेका छन् । गाँस, बाँस कपासको स्थायित्वपछि मानिस स्टाइलिस हुन चाहेको मैले पाएकी छु । पछिल्लो समय वेष्ट्रन फेशनजस्तो आयो यहाँ पनि त्यसलाई फलो गर्ने बढेका छन् । पछिल्लो पुस्ता फेशनप्रति धेरै सचेत र लगाव राख्ने गर्दछ । 

पहिलेको र अहिलेको अवस्था कस्तो छ फेशनप्रति ?

हामी कहाँ फेशनको सुरुवात ढिलो भए पनि यसले गुणात्मक विकास गरेको छ । रेडिमेड पहिरन लगाउन बाध्य थियो अघिल्लो पुस्ता । अहिले समय बदलिएको छ । पहिला बुटिक नभएकाले मन हुँदाहुँदै आफ्नो शैलीको पहिरन लगाउन पाइँदैन्थ्यो । हिजोआज पहिरनमा विविधता आएको छ । आधुनिक मानिसबीच पछिल्लो फेशन अपनाउने होड नै चलेको छ । उनीहरूको धेरैजसो कुराकानी फेशनकै विषयमा हुन्छ । सबैजसो मानिस सकेसम्म समयानुरूपको फेशन अँगालेर हिँड्ने भएकाले पार्टी, कार्यालय, बजार वा कुनै पनि औपचारिक एवं अनौपचारिक कार्यक्रममा वस्त्राभूषणको चमकदमक देख्न सकिन्छ । फेशनको दुनियाँमा आएको यस प्रकारको परिवर्तनले पहिरनको महŒवलाई उजागर गर्छ ।

पछिल्लो समय ड्रेस सेन्समा परिवर्तन आएको हो ?

फेशनको विकास क्रमले हामी कहाँ पनि ड्रेस सेन्समा परिवर्तन ल्याएको छ । पछिल्लो समय हरेक उमेर, वर्ग तथा मौसम सुहाउँदो पहिरनमा देखिनुलाई मानिसहरू स्ट्याटस सिम्बोल पनि मान्न थालेका छन् । मौसम तथा उत्सवअनुरूप बुटिक तथा रेडिमेड वेयरका शोरूममा जाने चलन छ यतिबेला । 

पुरुषभन्दा महिला बढी सौन्दर्यप्रति सचेत हुन्छन् भनिन्छ, तपाइँ लामो समयदेखि यही क्षेत्रमा हुनुहुन्छ हामी कहाँ यस्को अवस्था कस्तो रहेको पाउनुहुन्छ । 

मलाई के लाग्छ भने महिला पुरुष दुवै नै राम्रो देखिन चाहन्छन् । एक अर्काप्रति आकर्षण होस् भन्न चाहन्छन् । के कुरा पक्का हो भने महिला आफ्नो सुन्दरतालाई अझ निखार र आकर्षक बनाउन चाहन्छन् । जानी नजानी आफूले जे जति जानिन्छ त्यसैमा अझ राम्रो गर्ने प्रयासमा हुन्छन् सबैजना । पछिल्लो समयमा विभिन्न माध्यमबाट सिकेर यसमा फलो गर्ने गर्छन धेरै । ग्रामीण भेकको त म यसै भन्न सक्दैन तर अहिले काठमाडौं, पोखरालगायत शहरका महिलाहरूको फेशनप्रति रुचि अत्यधिक रहेको पाउँछु म । नेपाली महिलाहरू दक्षिण एसियामै फेशनेबल भएको पनि बताइन्छ । नेपाली महिलाहरूमा छोटो अवधिमै ड्रेस सेन्स विकसित भएको छ । पार्टीमा जाँदा महिलाहरू चिटिक्क परेर आउँछन्, डिस्को पार्टीमा निलेन्थ प्रकमा कम्मर मर्काउँछन् भने अफिस जाँदा उनीहरू र्फमल वेयरमा देखिन्छन् । फेशन कन्सियस भएको पाउछु म नेपाली महिला । 

फेशनलाई शारीरिक सौन्दर्य तथा व्यक्तित्वसँग पनि जोडेर हेर्ने गरिन्छ होइन ?

हो नि । यसलाई शारीरिक सौन्दर्य तथा व्यक्तित्वसँग पनि जोडेर हेर्ने गरिन्छ । अहिले बजारमा पहिरन र फेशनका हिसाबले विभिन्न थरीका पहिरन पाइन्छन् । पहिरन नसुहाएजस्तो लाग्दा त्यसले व्यक्तिको आत्मविश्वासमा कमी ल्याउँछ । अरूले केही भन्लान् कि भन्ने आशंकाले मनमा ग्लानि पैदा हुन्छ ।

अमिल्दो फेशनले व्यक्तिलाई कस्तो प्रभाव पार्छ ?

अप्ठ्यारो हुन्छ नि । आफूलाई नसुहाउने पहिरनले जो–कोहीलाई मानसिक तनाव दिन्छ । मिल्दो फेशनले आत्मविश्वास बढछ भने अमिल्दो फेशनले तनाव उत्पन्न हुन्छ ।

म यो डिजाइनमा अझ बढी परफेक्ट गर्न सक्छु भन्ने त्यस्तो केही छ तपाइँमा ?

मलाई के लाग्छ भने म सबै प्रकारका डिजाइन गर्र्छु । मैले सिकेको र विगत लामो समयको अनुभवले म सबै प्रकारमा राम्रो गर्नसक्छु भन्ने विश्वास राख्दछु । फेरि नयाँनयाँ के आइरहेको छ भन्नेमा म अध्ययन गरिरहेकी हुन्छु भने आफू पनि नयाँ के पस्किन सकिन्छ भनेर सोच मग्न रहेकी हुन्छु हरसमय । हरेक कुरालाई कसरी नयाँ तरिकाबाट प्रस्ततुत गर्न सकिन्छ भन्ने विषमै रही रहेकी हुन्छु म । 

व्यक्तिका हिसाबले कस्ता व्यक्तिलाई डिजाइन गर्न मन पराउनुहुन्छ ?

सबै प्रकारका व्यक्तिमा डिजाइन गर्न मन पर्छ । अझ च्यालेन्जिङ काम गर्न मन पराउछु म । स्लिम तथा मोटा मानिसका लागि डिजाइन गर्न मन लाग्छ । परफेक्ट फिगरलाई त जसले पनि डिजाइन गर्न सक्छ तर मोटा मानिसलाई आकर्षक देखाउनु अर्को चुनौती हो । मलाई चुनौतीका काम गर्दा रमाइलो लाग्छ । यो व्यसाय अन्य व्यवसायभन्दा चुनौती छ । यो व्यसायमा क्रिएटिभिटी हुन जरुरी छ । सानोसानो कुरामा कसरी प्रस्तुत गर्ने भन्ने हुनुपर्छ आफूमा ।

फेशनप्रति तपाइँको आकर्षणको कारण, कत्ति सन्तुष्ट हुनुहुन्छ ?

म अरूभन्दा आफूलाई अलिक फरक रूपमा प्रस्तुत गर्ने गर्थे सानैदेखि । केही क्रिएटिभ काम गरौं भन्ने नै हुन्थ्यो सधैं भरी । म खासमा पेशाकै रूपमा अंगाल्छु भनेर यो विषय अध्ययन गरेको भने चाहिँ होइन । म ट्राभल व्यवसायीसँग सम्बन्धित थिए । तर, पछि यससम्बन्धी अध्ययनपछि आफूले जानेका कुरा किन नपस्किने भनेर यो पेशातर्फ आए । अहिले आएर हेर्दा राम्रो गरेछु भन्ने लाग्छ । यो पेशप्रति सन्तुष्ट छु । आफूले गरेका कामले तारिफ पाइरहदा अझ हौसला बढने गरेको छ ।

यहाँ समाजसेवामा पनि त्यतिकै रूपमा सक्रिय भएर लाग्ने गर्नु हुन्छ, कसरी गर्नु हुन्छ समयको व्यवस्थापन ?

आफूले मनले चाहेको कुरा गर्न पाउँदा एकदम आनन्दको अनुभूतित हुने गर्दछ । समाज सेवाबाट मलाई अलौकिक आनन्द प्राप्त हुन्छ । हामी यो धर्तीमा आइसकेको पछि बुझ्ने भइसकेपछि हाम्रो समाजप्रतिको दायित्व पनि हुन्छ । त्यो दायित्वलाई हामीले पूरा गर्नुपर्छ भन्ने लाग्छ मलाई । त्यसैले समाजसेवाप्रति हरेक समाजिक कार्यमा सक्रिय भएर लागिरहेकी हुन्छु । म जेसिआईको पहिलो नेपाली महिला पनि हुँ । यसमार्फत धेरै समाजसेवाका काम गरिएको छ । 

हामी कहाँ हुने प्रायः फेशनसम्बन्धी कार्यक्रममा यहाँलाई निर्णयकका रूपमा पनि देखिने गर्छ, यस क्षेत्रमा यहाँले पु¥याउनु भएको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाबाट थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित हुनुभएको छ, कस्तो लाग्छ अहिले फर्किएर हेर्दा ? 

आफूले गरेका कामले तारिफ पाउँदै गर्दा सुखानुभूति हुने गर्दछ । तपाइँले भनेजस्तै यस क्षेत्रमा पु-याएको योगदानस्वरूप भन्दै विभिन्न पुरस्कार र सम्मान प्राप्त भएका छन् । यसले मलाई अझ बढी हौसला प्रदान गर्दो रहेछ । यस्तै फेशनसम्बन्धी विभिन्न आयोजनामा निर्णयकको भूमिकामा पनि आफूलाई प्रस्तुत गर्दै आइरहेकी छु । खुशी लाग्छ फर्केर हेर्दा । राम्रो गरिरहेकी छु भन्ने नै लाग्छ । सबैको साथ सहयोगले गर्दा नै यो सम्भव भएको हो भन्ने लाग्छ । 


Views: 118