8th March | 2021 | Monday | 9:13:13 PM

शान्ति सुरक्षा कायम गर्न सबैले सहयोग गर्नुपर्छ : प्रहरी नायब उपरीक्षक कार्की

पुरुषोत्तम घिमिरे   POSTED ON : मंसिर २९, २०७७ (९:२९ AM)

शान्ति सुरक्षा कायम गर्न सबैले सहयोग गर्नुपर्छ : प्रहरी नायब  उपरीक्षक कार्की

कुनै स्थानको शान्ति सुरक्षाको स्थितिमा सुरक्षा नेतृत्वको महत्वपूर्ण हात रहने गर्दछ । आपराधिक गतिविधि नियन्त्रण गर्न र त्यस्ता क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही गर्नेसम्मका काममा प्रहरी प्रशासनको जिम्मेवारी प्रमुख रहन्छ । त्यसमा पनि त्यसको कुशल व्यवस्थापनका लागि त्यस ठाउँको नेतृत्वदायी भूमिकामा रहेको पात्रमा निर्भर गर्दछ ।  यसै क्रममा शान्ति सुरक्षासँग सम्बन्धित विषयमा केन्द्रित रहेर महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नवीन कार्कीसँग हिमालय टाइम्सका संवाददाता पुरुषोत्तम घिमिरेले गर्नुभएको संक्षिप्त कुराकानी ।  

तपाईँले महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यभार कहिलेदेखि सम्हालिरहनुभएको छ ?

म यहाँ आएको नौ-दश महिना भयो ।

तपाईले यहाँ काम सुरु गरेपछि के–कस्ता समस्या  र चुनौतीहरूको सामना गर्नुप-यो ?

म आउनेबित्तिक कोरोना महामारी सुरु भयो । चैत्र ११ गतेबाट लकडाउन सुरु भएकाले अन्य कामभन्दा पनि कोरोनाबाट मानिसलार्ई कसरी सुरक्षित बनाउने भन्ने विषयमै ध्यान केन्द्रित गर्नुप¥यो । संगठनको काम सामूहिक प्रयासले संभव भएकाले एउटाले मात्र पूरा गर्न सक्दैन । हामी सबै मिलेर अघि बढ्याँै । सुरुसुरुमा त दुई÷चारजनामा संक्रमण देखिनेबित्तिकै धेरै नै त्रास फैलिएको थियो । लकडाउनको पालना गराउने, शान्ति सुरक्षा कायम गर्नुपर्ने र संक्रमणबाट बचाउनुपर्ने काममा केन्द्रित भयौँ । सुरुमा लकडाउन के हो ? कसैलाई थाहा थिएन । हामीले माइक गरेर जनमानसमा जनचेतना जगाउने काम ग¥याँै । गोकर्णश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे तथा अन्य जनप्रतिनिधिहरूबाट पनि अपेक्षित सहयोग प्राप्त भयो । सुरुका तीन महिनासम्म त जनताले पनि लकडाउनको पालनामा पूर्ण सहयोग गरे । चुनौती त थियो तर हाम्रो सामूहिक प्रयासबाट त्यसको व्यवस्थापनमा सकेको ध्यान दियौँ । 

लकडाउनका बेलामा आपराधिक घटनाहरू कुन मात्रामा देखिए ?

तुलनात्मक रूपमा  हेर्दा लकडाउन समयमा आपराधिक घटनामा न्यूनीकरण नै भयो । हत्या, हिंसा, झै–झगडा तथा सवारी दुर्घटनाजस्ता घटनामा पनि अत्यन्तै कमी देखियो । यद्यपि घरेलु हिंसा, चोरी र जवरजस्ती करणीका घटना भने केही बढेको पाइयो । जघन्य आपराधिक घटनामा भने कमी नै आएको थियो । समग्रमा हेर्दा गत वर्षको तुलनामा आपराधिक घटनामा ५० प्रतिशतले न्यूनीकरण भएको तथ्यांकले देखाउँछ । यसलाई अझै न्यूनीकरण गर्नेतर्फ नै हामी निरन्तर प्रयत्नरत छाँै । 

अब अलिकति प्रसंग बदलाँ। तपाईँलाई  अन्यत्रको तुलनामा यहाँ काम गर्दा के–कस्तो  अनुभूति भयो ?

जुन ठाउँमा काम गरे पनि हामी राष्ट्र र जनताको लागि काम गर्ने हो । सत्यं, सेवा, सुरक्षणंको मूल मन्त्रलाई आत्मसात् गरेर अघि बढेका हामीलाई जहाँ गए पनि खासै फरक पर्दैन । निर्दोर्षीले सजाय नपाओस् र दोषीले कुनै हालतमा उन्मुक्ति नपाओस् भन्नेतर्फ नै मेरो उद्देश्य केन्द्रित छ । यसमा आफ्नो तर्फबाट सकेको पहल गर्दै जाने हो । मेरो कामका बारेमा कसैले औँला उठाउन नसकोस् भन्ने नै मेरो चाहना हो । त्यसका लागि म आफूलाई हर किसिमले प्रयत्नशील राखिरहनेछु ।

पहिले त स्थानीय तहमा जनप्रतिनिधि पनि थिएनन् । झन्डै साढे तीन वर्षदेखि त स्थानीय तहमा जनप्रतिनिधिको पनि बहाली भएको छ । जनप्रतिनिधि हुँदा र नहुँदाको फरक के लाग्यो ?

जनप्रतिनिधि नहुँदा सम्पूर्ण जिम्मेवारी आफैँ लिएर काम गर्नुपथ्र्यो । तर जनप्रतिनिधि भएपछि उहाँहरूसँग सल्लाह तथा परामर्श गरेर कार्यसम्पादन गर्न सहज भएको छ । जनप्रतिनिधिका कारण हामीलाई कतिपय घटनामा सोध, अनुसन्धान गर्न पनि केही सजिलो भएको छ । त्यसैले जनप्रतिनिधि भएकै सजिलो हो मेरो अनुभवमा ।

राजनीतिक क्षेत्रबाट प्रहरी प्रशासनमा अनावश्यक हस्तक्षेप हुँदा स्वतन्त्र ढंगले काम गर्न नसकिएको गुनासो पनि आइरहेका सुनिन्छन् । यस सम्बन्धमा तपाईँको अनुभव चाहिँ के छ ?

हरेक ठाउँको अवस्थालाई त मेरो जवाफले प्रतिनिधित्व गर्दैन होला । तर, मलाई के लाग्छ भने स्पष्ट कार्ययोजना र निष्पक्ष भएर काम गर्ने दृढ आत्मविश्वास भयो अरु चुनौतीलाई पार गर्न सकिन्छ । त्यसमा पनि मेरो आफ्नो क्षेत्रको कुरा गर्ने हो भने चाहिँ मलाई अहिलेसम्म त्यस्तो हस्तक्षेप आएको छैन । बरु जनप्रतिनिधिले अझै बढी सहयोग गरिरहनुभएको मैले महसुस गरेको छु । 

तपाईँको मातहतमा कुन–कुन क्षेत्रहरू पर्छन् र त्यहाँको शान्तिसुरक्षाको अवस्था कस्तो छ ?

काठमाडौ महानगरपालिका वडा नं.६, कपन १०, ११, १२ नम्बर वडाहरू, गोकर्णेश्वर नगरपालिका सबै, कागेश्वरी मनोहरा नगर पालिका १– ६ वडासम्म र शंखरापुरा नगरपालिका सबै हामीले हेर्नुपर्छ । यस क्षेत्रको शान्तिसुरक्षा तथा अमनचयन कायम राख्नका लागि हामीले चोकचोकमा सिआरबी राखेका छौँ । घटना हुनेबित्तिकै प्रहरी घटनास्थल पुगिहाल्ने व्यवस्था छ । यसमा हामी कत्तिको सफल भएका छाँै त्यो त नागरिकले पनि महसुस गर्ने कुरा भयो । शहरी क्षेत्रमा त  घटना भएको थाहा पाउनासाथ १०÷१५ मिनेटमै प्रहरी घटनास्थल पुगिहाल्छ । तर  ग्रामीण क्षेत्रहरू जस्तै– मुलखर्क, चिसापानी तथा भोटेचौरसम्म पुग्न चाहिँ केही ढिला र अप्ठ्यारो हुने गरेको छ । 

तपाईँ आएपछि यस क्षेत्रको प्रहरी प्रशासन सुधारका लागि गर्नुभएका उल्लेखनीय प्रयासहरू के–के छन् ?

सबैभन्दा पहिला त मैले थुनुवा कक्ष मर्मत गरेँ जुन एकदमै अव्यवस्थित र जीर्ण भइसकेको थियो । स्थानीय र जनप्रतिनिधिहरूको सहयोगमा ग्रिन हिल सिटिअगाडि एउटा प्रहरीको कक्ष तयार पारियो । अहिले खेलकुद मन्त्रालयसँग समन्वय गरेर मुलपानी किक्रेट मैदानमा तीन रोपनी जग्गामा प्रहरी कार्यालय बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले हामी बसेको भवन बाटामा परेकाले ठाउँको अभाव थियो । बौद्ध कार्यालयलाई मूलपानी स्थानान्तरण गर्न काममा लागेका छौँ ।

अबैध बालुवा खानीले भूक्षय तथा पहिरो जाने समस्या देखिएको भन्दै जनगुनासो आइरहेको सुनिन्छ । यस विषयलाई तपाईँहरू कसरी सोचिरहनुभएको छ ?

सबैभन्दा पहिले त मैले स्पष्ट पारिहालौँ यसलाइ रोक्ने अधिकार हाम्रो छैन । हामी त नगरपालिकाले सहयोग मागेको खण्डमा सहयोग गर्ने मात्र हो । हामीले अहिले हाम्रो क्षेत्रमा सञ्चालन भइरहेका वासीङहरू बन्द गराएका छौँ । मापदण्डविपरीत वासीङ चलाउन नदिने भन्ने नगरपालिकाको योजना छ । तपाईँले उठाएको विषयको व्यवस्थापनमा पनि नगरपालिकाको कार्ययोजना नै आकर्षित हुन्छ ।

फुटपाथमा व्यापार र अव्यवस्थित पार्किङ पनि ठूलै समस्याका रूपमा रहेको छ । यसको व्यवस्थापनमा तपाईँहरूको केही तयारी छ कि ?

नगरपालिकासँग सहकार्य गरेर  एउटा खुल्ला ठाउमा पार्किङ स्थल बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । सडकको दाया“–बाया“मध्ये एउटा ठाउँमा व्यवस्थित तरिकाले पार्किङ एरिया छुट्याउने तयारी छ । फुटपाथको विषयमा केही समयपछि हामी बौद्ध जोरपाटीलाई फुटपाथरहित बनाउँछौ भन्ने छ । सबैको साथ पाए सफल पनि भइएला ।

बाटोमै पार्किङ गर्ने हो भने बाटो बढाएको फाइदा चाहिँ के भयो त ?

तपाईँको कुरा ठिक हो तर, के गर्नु तत्कालका लागि समस्या पनि छ । कि ठाउँ दिन सक्नुप¥यो नत्र त चुप लाग्नुको विकल्प पनि भएन नि । तर, पनि हामी यो पार्किङलाई व्यवस्थित गरेरै छाड्छाँै । 

नेपाल प्रहरीलाई अझ प्रभावकारी र सुदृढ बनाउन कुन–कुन पक्षले ध्यान दिनुपर्ला ?

नगरपालिकाले हाम्रो लागि भन्दा पनि आफ्ना नागरिकको शान्ति सुरक्षाका लागि बजेट छुट्याउन प¥यो । यस बिषयमा मैले गोकर्णश्वर नगरप्रमुख, कागेश्वरी मनोहराका प्रमुख र शंखरपुर नगरका प्रमुखसँग पनि कुरा गरेको छु । यसप्रति उहाँहरू सकारात्मक नै देखिनुभएको छ ।


Views: 190

सम्बन्धित सामग्री:

नारीशक्तिकै कारण यो संसार चलेको छ

: फाल्गुन २४, २०७७ (९:५४ AM)