काठमाडौं । राजनीतिक विश्लेषक डा. राजेश अहिराजले मुलूकमा अहिलेसम्म जनता र देशका लागि राजनीति नभएका कारण जनता दुखी भएको बताउनु भएको छ । सबै पार्टीका नेताहरुले जनताका लागि नभएर आफ्नै स्वार्थका लागि राजनीति गरेको उहाँले बताउनु भयो । उहाँले जनता ठग्नु र जनता फोर्नु राजनीति नभएको बताउनु भयो ।
हिमालय टाइम्स राष्ट्रिय दैनिकको ’हिटा विमर्श’ मा कुरागर्दै डा. अहिराजले अब सरकार विरुद्ध अवज्ञा आन्दोलन सुरु हुने बताउनु भयो । विभिन्न दलका नाउँमा नेपालका नेताहरुले जनतालाई दुविधामा पुर्याएर एउटै टेबलमा बसेर भाग बाँढ्ने गरेको उहाँको आरोप थियो । देखिँदा विभिन्न पार्टी भएको जस्तो देखिएपनि यहाँका राजनीतिक दलको एकै चरीत्र रहेको उहाँको भनाइ थियो ।
व्यवस्था आफैमा गलत नभएको बताउँदै डा. अहिराजले दलका नेताहरुको व्यवहारका कारण जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउनु भयो । साथै नेताहरु कै कारण व्यवस्था असुरक्षित भएको उहाँको आरोप थियो । अब अवज्ञा आन्दोलन सुरु हुने र यसले विस्तारै देशलाई गृहयुद्ध तिर लाने उहाँको भनाइ थियो ।
अब पनि नेता परिवर्तन नभए देशमा गृहयुद्ध सुरु हुने उहाँले बताउनु भयो ।
भिडियोमा हेर्नुहोस्
Views: 623