उत्कृष्ट प्रदान गर्नु चुनौती : हरिकिशोर यादव, डिजाइनर

  POSTED ON : पुष ४, २०७७ (८:३३ AM)

उत्कृष्ट प्रदान गर्नु चुनौती : हरिकिशोर यादव, डिजाइनर

डिजाइनिङ के हो ?

डिजाइनिङ भनेको कला र प्रविधिको संयोजन हो । डिजाइनिङ सुन्दर बनाउने कला हो । कागजमा आउने अक्षरलाई वाचाल बनाउने कर्म हो ।

ग्राफिक डिजाइनर भनेको चाहिँ ?

ग्राफिक डिजाइनर भनेको डिजाइन पेशेवरहरू हुन्, जसले दृश्य अवधारणाहरू सिर्जना गर्छन्, कम्प्युटर सफ्टवेयरको प्रयोग गरेर वा हातले विचारहरू सञ्चार गर्न जुन प्रेरणा, सूचना, साथै उपभोक्तालाई मोहित पार्दछन्, तिनीहरूलाई ग्राफिक कलाकार वा सञ्चार डिजाइनरको रूपमा पनि चिनिने गर्छ । सारमा, ग्राफिक डिजाइन भनेको विज्ञापन, म्यागजिन वा पुस्तकहरूमा पाठ र चित्रहरू संयोजन गर्ने कला वा कौशल नै हो । 

यसमा के कुरा आवश्यकता पर्दछ ?

२१औं शताब्दी दृश्य सञ्चार, सञ्चार डिजाइन र व्यावसायिक डिजाइनको रूपमा पनि जानिन्छ । ग्राफिक डिजाइनमा पहिला जानकारी, एक सन्देश या एक संक्षिप्त र फिर अनुसन्धान, कल्पना गर्नु र यसलाई विकसित गर्नुपर्ने हुन्छ । के गर्न लागेको हो, कस्तो सामग्री तयार गर्ने हो त्यसको अवधारणा स्पष्ट हुनु जरुरी हुन्छ । यो तयार भएपछि संप्रेषित गर्दा एउटा कथा, सन्देश या विचार केही दिन सकियो दृश्यका माध्यमबाट । यसका लागि लेआउट, रंग, टाइपोग्राफी र रचनात्मक उपकरणसँग आफ्नो कौशललाई उपयोग गर्न सक्नुपर्छ । 

कस्ता चुनौतीहरू छन् ?

उत्कृष्ट प्रदान गर्नु हरेक पेशाका चुनौती हुन्  । लटरपटर गर्न त जहाँ पनि सजिलो छ । तर, उत्कृष्टता प्रदान गर्नु नै मुख्य कुरा हो  । यो पेशमा त झन् हरेक पटक नयाँ पस्किन सक्नुपर्छ । त्यस हिसाबले चुनौतीपूर्ण छ  । बुकको म्याटर सँगसँगै त्यसलाई कभरमार्फत् न्याय दिन सक्नु चुनौतीपूर्ण हुन्छ  । नयाँ–नयाँ क्रियशन दिन सक्नुपर्छ हरेकपटक । राम्रो डिजाइनिङ गर्नु चानचुने काम भने होइन । सानो गल्ती भयो भने लाखौंको सामग्री बिग्रन सक्छ । केन्द्रीकृत भएर गरिने काम हो यो ।

यसमा कस्तो छ करिअर ?

हरेक क्षेत्रमा आफूले उत्कृष्ट पस्किन सक्नुपर्छ राम्रो हुन्छ । यसमा पनि राम्रो छ भरपर्छ आफैंमा । हामीले के दिन सक्छौं भन्ने कुरामा । यसमा हरेक क्षण रचनात्मक हुन जरुरी छ । हरेक कामा प्यासन हुनुपर्छ । तपाइँमा यससम्बन्धी प्यासन छ भने यसमा निक्कै राम्रो करिअर छ । 


Top